बिराटपोखरीमा शिवरात्रीको सम्पूर्ण तयारी पूरा

  



२३ फागून,बिर्तामोड

आगामी  फागुन २५ गते पर्ने महाशिवरात्री पर्बको तयारी बिर्तामोड-३ बिराटपोखरीमा पूर्ण रूपमा समपन्न भएको छ । श्री बिराट पोखरी(सरोबर बहुउदेश्यीय) बिकाश समितिले सम्पूर्ण भक्तजनहरुलाई निमन्त्रणा गर्दै सो कुराको जानकारी गराएको हो। सो कार्यक्रमकै लागि पोखरी सजाउने र सफा गर्ने कार्यक्रम समेत यस अघि नै सम्पन्न भैसकेको छ।

कार्यक्रम अनुसार सरोबर बहुउद्धेश्यीय बिकास समितिले शिवरात्री पर्वलाई लक्षित गर्दै २०८० फाल्गुन २५ गते शुक्रबार बिहान पाँच बजे देखि साँझ साढे सात बजे सम्म पूजा पाठ पाती चढाउने र आरतीको कार्यक्रम तय गरेको हो भने साँझ सात तीस बजेदेखि रातको बारह बजे सम्म सन्ध्या कालिन भजन कृतन गरिने अध्यक्ष इन्द्र प्रसाद प्रसाई र सचिव जगनाथ भट्टराईले निमन्त्रणा पत्रमा उल्लेख गरेका हुन्।

सोही अवसरमा कतिपय सामाजिक व्यक्तित्वहरु लाई सम्मान समेत जनाईने कार्यक्रम तय गरिएको हो।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन