बिर्तामोड-१० मा गरियो सातसय जनाको निःशुल्क स्वास्थ्य परिक्षण


 ३ चैत्र,बिर्तामोड

बिर्तामोड-१० बिराटपोखरमा सातसय जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ। बिराटपोखर महिला समूह बिर्तामोड-१० बिराटपोखर, बिशाल कृषि सहकारी बिर्तामोड-१० सैनिक बजार र बिर्तामोड नगरपालिकाको आयोजनामा बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान क्यान्सर अस्पताल भरतपुर चितवनका चिकित्सकहरुको सहयोगमा बिराट आधारभूत विद्यालय बिर्तामोड-१० बिराटपोखरमा एक दिवशीय नि:शुल्क स्वास्थ्य परिक्षण शिविर आयोजना गरि उक्त परिक्षण गरिएको हो।

बिराटपोखर महिला समूह अध्यक्ष कृष्णा कुमारी प्रसाइको अध्यक्षतामा उद्घघाटन कार्यक्रम गरिएको शिविरमा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतरा प्रसाई, बिशिष्ट अतिथि बिर्तामोड नगरपालिका वडा न.-१० का वडा अध्यक्ष दुर्योधन गुरुङ्ग तथा अतिथिहरुमा बिर्तामोड-१० वडा सदस्य दिपिका शिवा,पूर्व प्रअ देबेन्द्र गौतम,बिराटपोखरी सरोबर बहुउद्देश्यीय बिकाश समिति अध्यक्ष इन्द्र प्रसाद प्रसाई,बिराटपोखर टोल बिकाश संस्था अध्यक्ष रघुनाथ पाठक,शिक्षासेवी भोलानाथ पौड्याल तथा समाजसेवी गौरी घिमिरे, रिमान ध्वज लोक्ताम लगायतको उपस्थिती रहेको हो।

प्रमुख अतिथिले ब्यानर बाचन गरेर उद्घाटन गरिएको कार्यक्रममा बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान भरतपुर क्यान्सर अस्पतालका नाक कान घाटी,स्त्रीरोग विशेषज्ञ तथा एनेसथेसिया डाक्टर हरु.द्वेज कुमार गौतम,बिजय न्यौपाने,राम कृष्ण यादव,सुबोध अधिकारी,सागर बस्नेत, संजय पौडेल नर्सहरु रिता घिमिरे, सबिता पन्थी,माया चौधरी,सिता चापागाई, अन्जना अधिकारी,प्रेचन थपलिया,समिक्षा काफ्ले, स्नेहा अधिकारी,फर्मासिस्ट रमन देवकोटा,सहयोगी राज कुमार बस्याल लगायतको टोलीले स्वास्थ्य परिक्षणमा सहयोग गरि करिब दुई लाख बराबरको औषधि नि:शुल्क बितरण समेत गरिएको जानकारी फर्मासिस्ट रमन देवकोटाले जानकारी गराए।

सातसय जनाको स्वास्थ्य परिक्षण गरिएकोमा तीनसय पैतालिस जना नाक कान घाटी र अन्यको स्रीरोग सम्बन्धि परिक्षण गरिएको हो । जसमा नाक कान घाटी तर्फ फलोअपमा तेरहजना क्यान्सरका बिरामी सहित शंकाशपद तीनजनामा नयाँ केश फेला परेको र अन्यालाई सामान्य रोग पुष्टि भएको साथै स्त्री रोग तर्फ पाठेघरको मुखको जाँच एकसय ब्यानब्बे जनामा गरिएको,  पाठेघरको मुखमा मासु पलाएको छ जना,क्यान्सर स्क्रिनिङ्ग पोजेटिभ दुईजना, पाठेघरको मुखमा संक्रमित सत्रजना,आङ्ग खस्ने समस्या तीनजना,गर्भपतन सम्बन्धि समस्या तीनजना, बाँझोपन सम्बन्धि समस्या तीनजना,स्तन क्यान्सर एक जना,स्तनमा सिस्ट एक जना नयाँ केश फेला परेको र फ्लोअप स्तन क्यान्सर चार जना,फलोअप पाठेघर मुखको क्यान्सर एक जना सहितले शिविरमा सेवा तथा नि:शुल्क परामर्श तथा औषधि लिएको शिबिरमा सहभागी डा.द्वेज कुमार गौतम र डा. सुबोध राज दवाडीले बताउनु भयो।

शिबिर संचालनार्थ बिर्तामोड निबासी रुपक खनालले रु. पचास हजार बराबरको औषधि र स्थानिय मुकेश थापा, हिमालय पाठक,जीवन मैनाली,सागर पाठक अनु प्रसाई लामाले भोजन तथा खानपानमा आर्थिक तथा भौतिक सहयोग गरिएको कार्यक्राममा जनाईएको हो। कार्यक्रममा बिशाल कृषिका पैतालिस र बिराटपोखर महिला समूहका सोरह जना स्वयंसेवक लगायत अन्यको सहयोग रहेको जनाईएको हो।

बिशाल कृषि सहकारीका अध्यक्ष सन्तोष कुमार राईले स्वागत गरिएको उद्धघाटन सत्रको कार्यक्रममा औचित्य माथि प्रकाश कार्यक्रमको अध्यक्ष कृष्णा कुमारी प्रसाई,प्रमुख अतिथि प्रसाई र पूर्व प्रअ देबेन्द्र गौतमले शुभकामना मन्त्बय,डा.द्वेज कुमार गौतमले क्यान्सर रोग सम्बन्धि धारणा र संचालन बिर्तामोड-१० वडा सदस्य पृथ्वी बस्नेतको रहेको हो भने समापन कार्यक्रममा बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका चिकित्सक सहयोगी टोलीलाई कदर पत्र समेत प्रदान गरिएको जनाईएको हो।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते