उघ्रिने भयो भूपू सैनिक स्मृति प्रतिष्ठान सैनिक प्रतिमाको घुम्टो



 
सुरेश आले "सर्जु"

६ चैत्र,बिर्तामोड
लामो समयको प्रतिक्षा पछि बिर्तामोड-१० सैनिक बजार सैनिक क्याम्प भूपू सैनिक स्मृति प्रतिष्ठानमा निर्मित सिसाको घेरा भित्र रहेको सैनिक स्तम्भको ढाकिएको घुम्टो अब भने उघ्रिने भएको छ। सानातिना निर्माण कार्य र बाँकि काम सकिए पछि यो स्तम्भको उद्घाटन गर्न प्रतिष्ठान समितिका पदाधिकारीहरु लागि परेका हुन्। आगामी एकासी साल बैशाख दुई गते  स्तम्भको उद्घाटन गर्ने कार्य सूची रहेको समितिका पदाधिकारीहरुद्वारा जनाईएको हो भने  स्तम्भ उद्घाटन गरिए सँगै बिर्तामोड-१० सैनिक बजारको एतिहासिक तथ्यमा समेत स्तम्भ थप कोशेढुङ्गो साबित हुने जनाईएको हो।

२०७३ साल देखि स्तम्भ निर्माणको कुरा चलेको हो भने २०७४-१०-२ गते प्रतिष्ठानको पहिलो भेलाले स्थानिय ज्ञान बहादुर गुरुङ्गको संयोजकत्वमा बैठक गरि २०७७-६-११ गते प्रतिष्ठानको बिधिवत दर्ता गरि २०७८-८-२५ गते देखि आर्थिक संकलन गरि स्तम्भको  निर्माण कार्यलाई अघि बढाईएको  जनाईएको स्तम्भ निर्माणमा स्थानिय सुनिल मुखियाले स्व.आमा सुनिता मुखियाको स्मृतिमा पाँच धूर जमिन सैनिक क्याम्पमा निःशुल्क उपलब्ध गराइएको र पछि उनैबाट थप एक धुर जग्गा थप खरिद गर्ने निर्णय गरि स्तम्भ निर्मित क्षेत्रफल ६ धुर जमिन रहने प्रतिष्ठानको सचिव चाम बहादुर लिम्बु र अवधारणाकार तथा प्रतिष्ठानका सदस्य रिमान ध्वज लोक्तामले जानकारी दिए।

कुल लागत सम्पूर्ण १९ लाख २० हजार ६३० रु. खर्च भैसकेको स्तम्भले आज भन्दा करिब ५८/६० बर्ष पहिले कसरी बिर्तामोड-१० त्यस क्षेत्रको नाम भूपू सैनिक हुदै सैनिक बजारको नाम रहन गयो भन्ने इतिहासलाई प्रष्ट पार्ने प्रतिष्ठानले  प्रकाशन गरेको स्मारिकामा समेत उल्लेख गरिएको छ भने निर्माण खर्च सम्पूर्ण दाता र संस्थागत रुपमा रहेको  जनाईएको हो।

२०१९ सालमा तत्कालिन राजा स्व. महेन्द्रको इलाम भ्रमण देखि सैनिक बजार लगायत क्षेत्रको इतिहास शुरू हुन्छ। राजा महेन्द्रले कुल २०० जना भूपू सैनिकहरुलाई १००० बिगाहा जंगल फडानी गरि बस्ती बसाउन हुकुम प्रमाणित भए देखि यस क्षेत्रमा बसोबास गर्ने गरि यस क्षेत्रको नाम सैनिक रहन गएको उल्लेख छ। उद्घाटन गरिए संगै निर्मित स्तम्भ र स्मारिकाले बिर्तामोड-१० सैनिकको थप  एतिहासिक तथ्यलाई अझ प्रष्ट पार्ने भनाई रहेको हो ।

दाताहरुको नामावली लेखन र प्रतिष्ठानका संस्थापक सचिव रूपनारायण मुखियाको २०७९ साल भदौ ४ गते भएको असमायिक निधनले सैनिक स्तम्भको उद्घाटन कार्य लक्ष्य भन्दा केही ढिलो भएको समेत अवधारणाकार लोक्ताम र सचिब लिम्बुले जानकारी गराए।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते