गरमकाली कृतन मण्डलीको तेरहौं साधारण सभा सम्पन्न



२४ फागुन,बिर्तामोड
गरमकाली कृतन मण्डली बिर्तामोड-९ बाटुबारीको तेरहौ साधारण सभा बिबिध कार्यक्रम सहित सम्पन्न भएको छ। बाटुबारी  स्थित गरमकाली मन्दिरमा कार्यक्रम सम्पन्न भएको हो।

२३ गते बुधबार बिहानी सत्रमा उक्त  मन्दिरमा सत्य नारायणको पूजा,शिव स्थापना,रुद्री चण्डी पाठ गरि एक लाख पच्चिस हजार दिप प्रज्वलन गरि सॉझ बिभिन्न स्थानिय कृतन मण्डली सहित भजन कृतन र  बिभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मान  सहित सम्पन्न गरिएको कार्यक्रमको अध्यक्षता मण्डलीका अध्यक्ष प्रजापति चूडालको अध्यक्षतामा भएको हो।

सनातन धर्म सेवा समिति झापा अध्यक्ष लक्ष्मी दंगालको प्रमुख आतिथ्यता रहेको साँझको कार्यक्रममा रामकृष्ण मन्दिर हल्दीबारी अध्यक्ष देव नारायण चूडाल, मनकामना काली मन्दिर तथा सत्संघ भवन समिति  बिर्तामोड-१० बिराटपोखरका उपाध्यक्ष युवराज पराजुली,सचिव मिलन आले सदस्यहरु दिपक संग्रौला,केशव पराजुली,पञ्चकन्या कृतन मण्डली बिर्तामोड-९ अध्यक्ष तुलसी राम काफ्ले, नवदुर्गा कृतन मण्डली बिर्तामोड-९ कोलाटोलीका कमल कार्की,सञ्चारकर्मी रत्न बहादुर बस्नेत,डम्बर दाहाल,नन्दराम दाहाल,हल्दीबारी-२ का देव नारायण चूडाल लगायतको आतिथ्यता रहेको हो।

गरमकाली कृतनमण्डलीको स्थापना कालका सचिव स्व.राजकुमार थापाको परिवार,स्व.नरेन्द्र भण्डारीको परिवार सहित हाल मण्डलीलाई विशेष सहयोग प्रदान गर्नुहुने साबित्रा कार्की र सुमित्रा अधिकारीलाई रुद्राक्षको माला सहित कार्यक्रमका अध्यक्ष चुडाल र प्रमूख अतिथि दंगालले सम्मान जनाउनु भएको कार्यक्रममा मनकामना काली मन्दिरका यूवराज पराजुली,अतिथि देव नारायण चुडाल, पण्डित लीलानाथ भट्टराई लगायतले शुभकामना मन्तब्य राखेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि दंगालले सनातन धर्म पुरानो बैदिक,बैज्ञानिक धर्म रहेको र यसको संरक्षण र सम्बर्द्धन गर्नु हामी सबैको कर्तव्य रहने बताउनु भयो त्यस्तै अध्यक्ष चूडालले आफ्नो क्षेत्रमा गरमकाली मन्दिर साथै काली माताको मूर्ति स्थापना गर्न सहयोग गर्नुहुने सबैलाई आभार प्रकट गर्नुभयो। उक्त कार्यक्रममा आगन्तुक अतिथिहरुलाई रुद्राक्ष मालाले स्वागत समेत जनाइएको हो।

उपस्थित कृतन मण्डली सहित गरमकाली कृतन मण्डलीले समेत भजन प्रश्तुत गरिएको सन्ध्याकालिन कार्यक्रमको स्वागत पूर्व सचिव कर्ण कार्की र संचालन सचिव यज्ञराज श्रेष्ठको रहेको हो।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते