Posts

बिर्तामोड उद्योग वाणिज्य संघको राहत कोषमा सहयोग जारी

Image
   भदौ १९,बिर्तामोड   बिर्तामोड उद्योग वाणिज्य संघद्वारा स्थापना गरिएको व्यवसायी सदस्य राहत कोषमा सहयोग जुट्ने क्रम निरन्तर भइरहेको छ । व्यवसायीको हितका लागि एक वर्षअघि सुरु गरिएको सो कोषमा हालसम्म करिब २५ लाख रुपैयाँ संकलन भएको संघका वरिष्ठ उपाध्यक्ष तथा राहत कोष संयोजक राजकुमार घिमिरे ‘राजु’ले जानकारी दिए । संघको हालको कार्यसमितिले एक करोड रुपैयाँको अक्षयकोष बनाउने लक्ष्यसहित राहत कोषको थालनी गरेको हो । यही क्रममा बुधबार हिमालय भेराइटिजकी सञ्चालक सीता अधिकारी न्यौपानेले आफ्नो जन्मदिनको अवसर पारेर २५ हजार ५ सय रुपैयाँ सहयोग गरेकी छन् । सहयोग रकम संघका संयोजक घिमिरे र महासचिव कुशल खतिवडालाई हस्तान्तरण गर्दै न्यौपानेले व्यवसायी सदस्य राहत कोष व्यवसायीका लागि उपयोगी भएको उल्लेख गरिन् । कार्यक्रममा उपस्थित उनका श्रीमान् लक्ष्मी न्यौपानेले आगामी दिनमा पनि संघलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रकम हस्तान्तरण कार्यक्रममा संघका उपाध्यक्ष जीवन खड्का, सदस्यहरु केदार खनाल, रमेश घिमिरे, सुष्मा उप्रेती, सत्रुघन रौनियार, विपीन वजगाईलगायतको सहभागिता रहेको थियो ।

लेखक संघ झापामा नयाँ सदस्य,कविता प्रतियोगिता हुने

Image
  भदौ १९,बिर्तामोड  नेपाली लेखक संघ झापाले पूर्वाञ्चल दैनिकका सह–सम्पादक सुरेन्द्र भण्डारीसहित चार जनालाई आमन्त्रित सदस्यमा मनोनयन गरेको छ । अध्यक्ष दयानन्द गोश्वामीको अध्यक्षतामा बसेको संघको बैठकले पत्रकार भण्डारीसँगै पत्रकार राजेन्द्र गौतम, जीआर धिताल र नारायण वहादुर बस्नेतलाई आमन्त्रित सदस्यका रूपमा चयन गरेको हो । सचिव समिरवावु कट्टेलका अनुसार सो बैठकले कनकाई नगरपालिका–९ घैलाडुब्बाका श्यामप्रसाद राजवंशीलाई कार्यसमिति सदस्यमा पनि मनोनयन गरेको छ । संघले आगामी भदौ २१ गते शनिबार गौरादह नगरपालिकाको सभाहलमा माध्यमिक विद्यालयस्तरीय कविता वाचन प्रतियोगिता आयोजना गर्ने निर्णयसमेत गरेको छ । गौरादह नगरपालिकाको सहयोगमा हुने कार्यक्रममा पत्रकार वेणुप्रसाद अधिकारीलाई संयोजक तोकिएको छ भने सचिव कट्टेल र नैना दाहाललाई सदस्यको जिम्मेवारी दिइएको छ । त्यस्तै, प्रतियोगिताको निर्णायक मण्डल साहित्यकार केशव आचार्यको संयोजकत्वमा गठन गरिएको छ । निर्णायक मण्डलमा नमूना निरौला र महेन्द्र कोइरालाको समेत समावेशीता रहनेछ ।

बिराटपोखरीमा हरितालिका तीज नृत्य प्रतियोगिता सम्पन्न,विजेतालाई सम्मान

Image
भदौ १०,बिर्तामोड बिर्तामोड-३ स्थित ऐतिहासिक तथा धार्मिक स्थल बिराटपोखरीमा श्री बिराटपोखरी सरोबर बहुउद्देश्यीय विकास समितिको आयोजनामा हरितालिका तीज विशेष नृत्य प्रतियोगिता भव्यतापूर्वक सम्पन्न भएको छ। हरितालिका तीजकै दिन आयोजना गरिएको सो प्रतियोगितामा पन्ध्र वर्ष उमेर समूहसम्मका सत्र जना बालबालिकाको सहभागिता रहेको थियो। प्रतियोगितामा बिर्तामोड–३ की जेनिफर बुढाथोकी प्रथम स्थान हासिल गर्दै रु. पाँचहजार नगदसहित प्रमाणपत्र प्राप्त गरिन्। त्यस्तै बिर्तामोड–३ की रिया प्रसाई द्वितीय हुँदै रु. तीनहजार र प्रमाणपत्र, बिर्तामोड–९ की कृत्तिका पौडेल तृतीय हुँदै रु. दुईहजार र प्रमाणपत्र तथा बिर्तामोड–१० की समृद्धि निरौला सान्त्वना हुँदै रु. एक हजार नगद र प्रमाणपत्र प्राप्त गरिन्। प्रथम पुरस्कार बिर्तामोड–१० निवासी हेनिसा परामर्श सेवाका प्रोपाइटर तथा लक्ष्मी नारायण कीर्तन मण्डलीका सचिव रुद्र चुडालले प्रायोजन गरेका थिए भने द्वितीय पुरस्कार नेपाल चिया प्याकेजिङ्ग कोशी प्रदेश अध्यक्ष बिरन कोइरालाले प्रायोजन गरेका थिए। यसअघि समितिले आयोजना गरेको भिडियो रिल्स प्रतियोगिताका विजेताहरूमध्ये चण्डिका सिटौला सेढ...

नेपालका पाँच सय बढीलाई निःशुल्क कृत्रिम हात–खुट्टा वितरण हुने

Image
झापा, भदौ ८ । मारवाडी युवा मञ्च बिर्तामोड र मारवाडी युवा मञ्च सिलिगुढीको संयुक्त पहलमा नेपालका पाँच सयभन्दा बढी शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क कृत्रिम हात–खुट्टा वितरण गर्न लागिएको छ। नेशनल मारवाडी फाउण्डेशनको सहयोगमा हुने यो वितरण कार्यक्रम आगामी सेप्टेम्बर १४ मा सिलिगुढीमा आयोजना हुने भएको हो। बिर्तामोडमा शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजकहरूले उक्त जानकारी दिएका हुन्। मारवाडी युवा मञ्च बिर्तामोडका पूर्व महासचिव प्रविण अग्रवालका अनुसार विशेष कारणले हात–खुट्टा गुमाएका जो कोही व्यक्तिले यो सेवा निःशुल्क पाउनेछन्। सहभागीहरूलाई भदौ २९ गते बिर्तामोडस्थित अग्रसेन भवनबाट सिलिगुढी पुर्‍याई कृत्रिम हात–खुट्टा लगाइदिएपछि पुनः अग्रसेन भवनमै ल्याइने व्यवस्था गरिएको उनले बताए। यसका लागि यातायातको सुविधा साथै खान र बस्ने सम्पूर्ण व्यवस्थापन मारवाडी युवा मञ्च सिलिगुढीले गर्ने भएको छ। दुई वर्षअघि पनि नेपालबाट सयभन्दा बढी लाभान्वित भएका थिए भने यस वर्ष कम्तीमा पाँच सयलाई सेवा उपलब्ध गराउने लक्ष्य राखिएको अग्रवालले स्पष्ट पारे। पत्रकार सम्मेलनमा मञ्च सिलिगुढीका अध्यक्ष प्रणय गोयल, पूर्...

इटहरीमा सम्पन्न भयो आईआईसी इनोभेक्स ३.०

Image
भदौ ७,ईटहरी  नेपालकै सबैभन्दा ठूलो विद्यार्थी–नेतृत्वको नवप्रवर्तन र उद्यमशीलता महोत्सव ‘आईआईसी इनोभेक्स ३.०’ तीन दिने यात्रापछि इटहरी इन्टरनेशनल कलेजमा सफलतापूर्वक सम्पन्न भएको छ। साउन ४ देखि ६ गतेसम्म चलेको महोत्सवमा देशभरका १६ कलेजका विद्यार्थीले सहभागिता जनाएका थिए। ‘फाइनान्सियल फीट’, ‘लिगल सिम्पोजियम’, ‘मार्केटिङ माभेन’ र ‘सिइओ क्रोनिकल्स’ जस्ता कार्यक्रममार्फत विद्यार्थीहरूले शैक्षिक ज्ञानलाई व्यवहारिक क्षेत्रमा उतार्ने अवसर पाए। निर्णायक र उद्योग विज्ञलाई प्रभावित पार्ने प्रस्तुति गर्दै विराटनगर इन्टरनेशनल कलेज विजेता, एसीई इन्स्टिच्युट अफ म्यानेजमेन्ट पहिलो रनरअप र हेराल्ड कलेज दोस्रो रनरअप बने। महोत्सवमा २०० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो। उद्योग विज्ञ, शिक्षाविद् र मिडियाको उल्लेखनीय चासोले यसलाई राष्ट्रिय स्तरको महत्त्वपूर्ण कार्यक्रममा परिणत गरेको आयोजकले जनाएका छन्। समापन समारोहमा आयोजक टोलीले सहभागी कलेज, मार्गदर्शक र साझेदारलाई धन्यवाद दिँदै आगामी वर्ष ‘आईआईसी इनोभेक्स ४.०’ अझ प्रभावकारी ढंगले आयोजना गर्ने घोषणा गरेको छ।

बिर्तामोडमा एशियन हाइवेबारे सार्वजनिक सुनुवाइ, सरोकारवालाको चासो

Image
  भदौ ७,झापा   बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले निर्माणाधीन एशियन हाइवेबारे विभिन्न प्रश्न तथा चासो व्यक्त गरेका छन्। सुनुवाइमा बोल्ने वक्ताहरूले विशेषगरी बिर्तामोड र चारपानेमा बन्न लागेका ‘ओभरपास’, पार्किङ व्यवस्थापन, पानी निकास, सार्वजनिक शौचालय, खानेपानी, विद्युत तार भूमिगत गर्ने, लागू औषध नियन्त्रण लगायतका विषयमा सरोकारवालाको ध्यानाकर्षण गराए। जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ ले स्थानीयसँग समन्वय नगरी ओभरपास बनाउन लागेको भन्दै चिन्ता व्यक्त गरे। राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले पार्किङ र सिटी–अटो रिक्साका लागि छुट्टै व्यवस्थापन आवश्यक रहेको बताए। त्यस्तै, स्थानीय राजु ओलीले पानी निकासको उचित व्यवस्था गर्नुपर्ने सुझाव राखे भने व्यवसायीहरूले पार्किङ अनिवार्य गर्ने, सार्वजनिक शौचालय र खानेपानीको प्रवन्ध मिलाउनुपर्ने माग गरे। महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बाले घरेलु मदिराको खुलेआम बिक्रीबारे चिन्ता व्यक्त गर्दै नियमनकारी निकायलाई कडाइ गर्न आग्रह गरिन्।...

बिर्तामोड–८ मा नेपाली कांग्रेसको तीज मिलन कार्यक्रम सम्पन्न

Image
बिर्तामोड,भदौ ६ नेपाली कांग्रेस वडा नं.–८ समिति तथा महिला संघको संयुक्त आयोजनामा तीज मिलन कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ। वडाको स्थानीय हर्चनामा सम्पन्न कार्यक्रममा करिब पाँच सय जना महिला दिदीबहिनी तथा आगन्तुकको उत्साहपूर्ण सहभागिता रहेको थियो। कार्यक्रम नेपाली कांग्रेस वडा नं.–८ का सभापति उत्तम कटुवालको सभापतित्वमा तथा नेपाली कांग्रेस झापा जिल्ला कोषाध्यक्ष जलकुमार गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा केन्द्रीय सदस्य उमा शिवाकोटी,क्षेत्रीय सभापति खगेन्द्र मैनाली, महिला संघ झापा सभापति टिका मैनाली सिटौला,नगर सभापति भोजराज सिटौला, वडा नं.–९ का सभापति बासुदेव अधिकारीसहित विभिन्न नेताहरुको उपस्थिति रहेको थियो। नेता तथा अतिथिहरुले नेपाली कांग्रेसका संस्थापक नेता स्व. बिपी कोइरालाको तस्बिरमा माल्यार्पण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए। सम्बोधनका क्रममा वक्ताहरुले तीज पर्वले महिलाबीच आपसी स्नेह र खुशी आदान–प्रदान गर्ने परम्परालाई जीवित राख्ने सन्देश दिएको उल्लेख गर्दै उपस्थित सबैलाई शुभकामना व्यक्त गरे। आयोजक कमिटिका तर्फबाट स्वागत मन्तव्य राख्दै नेपाल किसान संघक...