बिर्तामोड उद्योग वाणिज्य संघको राहत कोषमा सहयोग जारी

 


 भदौ १९,बिर्तामोड 
 बिर्तामोड उद्योग वाणिज्य संघद्वारा स्थापना गरिएको व्यवसायी सदस्य राहत कोषमा सहयोग जुट्ने क्रम निरन्तर भइरहेको छ । व्यवसायीको हितका लागि एक वर्षअघि सुरु गरिएको सो कोषमा हालसम्म करिब २५ लाख रुपैयाँ संकलन भएको संघका वरिष्ठ उपाध्यक्ष तथा राहत कोष संयोजक राजकुमार घिमिरे ‘राजु’ले जानकारी दिए ।

संघको हालको कार्यसमितिले एक करोड रुपैयाँको अक्षयकोष बनाउने लक्ष्यसहित राहत कोषको थालनी गरेको हो । यही क्रममा बुधबार हिमालय भेराइटिजकी सञ्चालक सीता अधिकारी न्यौपानेले आफ्नो जन्मदिनको अवसर पारेर २५ हजार ५ सय रुपैयाँ सहयोग गरेकी छन् ।

सहयोग रकम संघका संयोजक घिमिरे र महासचिव कुशल खतिवडालाई हस्तान्तरण गर्दै न्यौपानेले व्यवसायी सदस्य राहत कोष व्यवसायीका लागि उपयोगी भएको उल्लेख गरिन् । कार्यक्रममा उपस्थित उनका श्रीमान् लक्ष्मी न्यौपानेले आगामी दिनमा पनि संघलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रकम हस्तान्तरण कार्यक्रममा संघका उपाध्यक्ष जीवन खड्का, सदस्यहरु केदार खनाल, रमेश घिमिरे, सुष्मा उप्रेती, सत्रुघन रौनियार, विपीन वजगाईलगायतको सहभागिता रहेको थियो ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला