लेखक संघ झापामा नयाँ सदस्य,कविता प्रतियोगिता हुने
भदौ १९,बिर्तामोड
नेपाली लेखक संघ झापाले पूर्वाञ्चल दैनिकका सह–सम्पादक सुरेन्द्र भण्डारीसहित चार जनालाई आमन्त्रित सदस्यमा मनोनयन गरेको छ । अध्यक्ष दयानन्द गोश्वामीको अध्यक्षतामा बसेको संघको बैठकले पत्रकार भण्डारीसँगै पत्रकार राजेन्द्र गौतम, जीआर धिताल र नारायण वहादुर बस्नेतलाई आमन्त्रित सदस्यका रूपमा चयन गरेको हो ।
सचिव समिरवावु कट्टेलका अनुसार सो बैठकले कनकाई नगरपालिका–९ घैलाडुब्बाका श्यामप्रसाद राजवंशीलाई कार्यसमिति सदस्यमा पनि मनोनयन गरेको छ ।
संघले आगामी भदौ २१ गते शनिबार गौरादह नगरपालिकाको सभाहलमा माध्यमिक विद्यालयस्तरीय कविता वाचन प्रतियोगिता आयोजना गर्ने निर्णयसमेत गरेको छ । गौरादह नगरपालिकाको सहयोगमा हुने कार्यक्रममा पत्रकार वेणुप्रसाद अधिकारीलाई संयोजक तोकिएको छ भने सचिव कट्टेल र नैना दाहाललाई सदस्यको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, प्रतियोगिताको निर्णायक मण्डल साहित्यकार केशव आचार्यको संयोजकत्वमा गठन गरिएको छ । निर्णायक मण्डलमा नमूना निरौला र महेन्द्र कोइरालाको समेत समावेशीता रहनेछ ।
Comments
Post a Comment