Posts

Showing posts from January, 2023

बिराटपोखरीको शनिबारको निर्बाचन स्थगित

Image
  १३ माघ,झापा सुरेश आले "सर्जु" बिर्तामोड,बिराट बहुउदेश्यीय (सरोबर) बिकाश समितिको शनिबार हुने भनिएको निर्बाचन स्थगित भएको छ। बिर्तामोड-३ बिराटपोखरीमा भोली १४ गते शनिबार नयाँ कार्य समिति चयनको लागि निर्बाचनको कार्य तालिका तय गरिएकाे थियो । धुर्ब प्रसाद शिवाकोटी संयोजक रहेको पाँच सदस्यीय निर्बाचन कमिटिको आज बिहान बसेको बैठकले यथा स्थितीमा निर्बाचन गराउन नसक्ने कारण खुलाई राजिनामा दिए पछि निर्बाचन स्थगित भएको उहाँले जनाउनु भएको छ । निर्बाचन मण्डलले तत्कालीन कार्य समितिले सदस्य बिबरण सम्बन्धि आवश्यक कागज पत्र उपलब्ध गराउन नसकेको र बर्तमान अध्यक्ष इन्द्र प्रसाई, सचिब पूनम प्रसाई र हेम अधिकारीले हालै बनेकाे नयाँ सदस्यले बिधान सम्मत दुई बर्ष उम्मेदवारी दिन नपाउने निबेदन पेश गरेकोले पनि निर्बाचन सम्बन्धि बाधा उत्पन्न भएको जानकारी निर्बाचन संयोजक घुर्ब प्रसाद शिवाकोटीले जानकारी दिनु भयो। निर्बाचन मण्डलका अर्का सदस्य सन्तोष उप्रेतीले भने तत्कालिन इन्द्र प्रसाईको कार्य समिति माथि प्रश्न चिन्ह उठाई नोट अफ डिसेन्ट जाहेर गरेका छन्।समितिको नयाँ कार्य समिति चयनको लागि छैठौं अधिवेशनले गत शनिब...

यस कारण रोकियो बिराटपोखरीमा चुनाब

Image
 इन्द्र प्रसाद प्रसाई सुरेश आले"सर्जु" १३ माघ,झापा  बिर्तामोड,बिराट बहुउद्धेश्‍यीय (सरोबर) बिकास समितिको आगामी २ बर्षे कार्यकारी पदको लागि हुने निर्बाचनमा २०५ जना सदस्यले मतदान गर्ने भएका थिए । कुल सदस्य संख्या १२६ रहेकोमा गत ७ गते शनिबार ७९ जना सदस्य थप भई कूल सदस्य संख्या २०५ भएको निर्बाचन मण्डली संयोजक धुर्ब प्रसाद शिवाकोटीले जानकारी गराएका थिए।आगामी १४ गते शनिबार पाँच प्रमुख अध्यक्ष,उपाध्यक्ष,सचिव, सहसचिव,कोषाध्यक्ष र १० जना कार्यकारी सदस्यको निमिक्त निर्बाचन हुने भएको थियाे। थप ४ कार्यकारी सदस्य भने मनोनित बाट लिईने निर्बाचन मण्डलका अर्का सदस्य कृष्ण बिमलीले जानकारी दिएका थिए। आगामी २ बर्षे कार्यकालको लागि जम्मा १९ सदस्यीय कार्य समिति चयन हुन लागेकाे जानकारी दिइएको थियो। बिधानमा समितिको ४ बर्षे कार्यकाल तोकिए पनि अब संसोधन गरेर २ बर्षे कार्यकाल बनाउने प्रस्ताव साधारण सभाले पारित गरेको पनि जनाईयो।  आकाश उप्रेती गत ७ गते शनिबार तत्कालिन इन्द्र प्रसाद प्रसाई अध्यक्ष रहेको कार्य समितिले बार्षिक साधारण सभा तथा छैठौं अधिवेशन आब्हान गरेको थियो । सोही दिन आगामी कार्यकालको ला...

राजबंशी परिवारले निर्माण गरिदिएको ब्यासको बिघिवत हस्तान्तरण

Image
सुरेश आले"सर्जु" ९ माघ झापा,बिर्तामोड बिर्तामोड-३ सैनिकमोड सतानुबारी टोल बिकाश संस्थाका भालकोट राजबंशी परिवारले बिश्व हिन्दु महासंघ झापा शाखा बिर्तामोड-३ बिराटपोखरीमा निर्माण गरिदिएको ब्यासको आज एक कार्यक्रम बिच बिधिवत रुपमा हस्तान्तरण गरिएको छ। ब्यास बिश्व हिन्दु महासंघ झापा शाखालाई हस्तान्तरण गरिएको हो। राजबंशी परिवारले नातिनी आश्मा राजबंशीको स्मृतिमा ब्यास निर्माण गरिदिएका हुन् । बिश्व हिन्दु महासंघ झापा शाखा अध्यक्ष मोहन उप्रेतीको अध्यक्षतामा सम्पन्न ब्यास हस्तान्तरण कार्यक्रममा संघका झापा बरिष्ठ उपाध्यक्ष लक्ष्मी ओली,कोषाध्यक्ष कृष्ण उप्रेती,सदस्य राधिका संग्रौला,पशुपति आचार्य,दिपक संग्रौला,बिराट ज्योर्तिलिङ्ग समाबेशी कृतन मण्डली संघ बिर्तामोड-३ अध्यक्ष मन प्रसाद उप्रेती,बिराट शिब कृतन मण्डली बिर्तामोड-३ अध्यक्ष पुण्य प्रसाई,समाजसेवी भालकोट राजबंशी,गीता राजबंशी, कल्पना राजबंशी,जीवन राजबंशी,रिना राजबंशी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बिश्व हिन्दु महासंघ झापा शाखा अध्यक्ष उप्रेती,कोषाध्यक्ष कृष्ण उप्रेती, सदस्य राधिका संग्रौला,बिराट ज्योर्तिलिङ्ग समाबेशी अध्यक्ष ...

बिराटपोखरीलाई तीनै तहको सहयोग आवश्यक:सांसद कार्की

Image
७ माघ,झापा बिर्तामोड, बिराटपोखरीको बिकाश र सम्बर्द्धन गर्न स्थानिय प्रदेश र केन्द्र तीनै तहको सहयोग आवश्य भएको प्रदेश संसद एक राज कार्कीले बताउनु भयो। यति भए बिर्तामोड नगर भित्रका एतिहासिक पोखरीहरू पर्यटकिय गन्तव्य बन्न सक्ने उहाँको धारणा थियो । आज झापा बिर्तामोड -३  बिराटपोखरी (सरोबर बहुउदेश्यीय) बिकास  समितिको साधारण सभा तथा छैटौ अधिबेशनमा उहाँले उक्त धारणा राख्नु भएको हो।  समितिका अध्यक्ष इन्द्र प्रसाईको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अतिथि कार्की,बिशिष्ट अतिथिहरु बिर्तामोड-३ वडा अध्यक्ष मदन बुढाथोकी,नेकपा माओबादी बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बा,राप्रपा बिर्तामोड नगर अध्यक्ष रन्जु प्याकुरेल,मनकामना काली मन्दिर बिर्तामोड-१०अध्यक्ष धुर्ब प्रसाद शिवाकोटी,ने.का.झापा जिल्ला सदस्य सन्तोष उप्रेती लगायतको उपस्थिती रहेको थियो । अध्यक्ष प्रसाईले बार्षिक प्रगति बिबरण प्रश्तुत गर्नु भएको कार्यक्रममा बिशिष्ट अतिथिहरु मदन बुढाथोकी,मोहन सुब्बा,रन्जु प्याकुरेल,धुर्ब प्रसाद शिवाकोटीले शुभकामना मन्तव्य साथै बिराटपोखरीको बिकासमा सबै क्षेत्रमा समन्वय गर्ने प्रतिबद्धता गर्न सकिने धार...

हार्दिक श्रद्धाञ्जली:बिर्तामोडबाट

Image
२ माघ झापा,बिर्तामोड हिजो पोखरामा भएको जहाज दुर्घटनामा अपूरणीय क्षति भएका मृतजनको शोकमा आज साँझ बिर्तामोड मूक्ति चोकमा दिप प्रज्वलन गरिएको छ । तस्बिर: सुरेश आले"सर्जु"  झापा

३५ बर्ष देखि निरन्तर चटपटेको ब्यापारमा

Image
सुरेश आले "सर्जु" पौष ३०,झापा बिर्तामो ड बिर्तामोड-५ निबासी कृष्ण राजबंशीले बिर्तामोडमा चटपटेको ब्यापार गरेको ३५ बर्ष भएको बताएका छन्।२०४५ साल देखि हाल सम्म उनले यही व्यापार गरिरहेको बताए । आफूले चटपटे ब्यापार शुरु गर्दा बिर्तामोडमा जम्मा दुई जना मात्र चटपटे ब्यापारी रहेको र उक्त समयमा एक रुपैया सोली चटपटे बिक्रि गरेको सुनाए । उ बेला एक रुपैया सोली चटपटे बिक्रि गर्दा पनि दिनको तीन हजार सम्मको ब्यापार हुने गरेको उनले जनाए । तर अहिले जताततै चटपटे ब्यापार छ दिनको पाँच सय रुपैया हुन मुश्किल भएको जनाए । अहिले चटपटेको मूल्य तीस रुपैया सोली बिक्रि भै रहेको छ। पहिले चक्के भ्यानमा चटपटे बिक्रि गर्ने राजबंशी बिर्तामोड नगरपालिकाले सार्बजनिक ठाउँमा ठेला भ्यानबाट ब्यापार गर्न रोक लगाए पछि साईकलमा चटपटे ब्यापार गर्दै छन्। उनको साईकल चटपटे पसलमा गिलो र सुख्खा गरि दुई प्रकारको चटपटे पाईने जानकारी दिए।

१६ बर्ष सेनाको जागिर पछी पूर्ख्यौली पेशा संरक्षण

Image
सुरेश आले "सर्जु" १ फागुन,झापा बिर्तामोड । १६-१६ बर्ष सम्म अर्कै पेशा अंगालेर पूनःपूर्ख्यौली पेशा सम्हाल्नु चानचुने कुरा होइन् । रहरले पूर्ख्यौली पेशा सम्हालने र बाध्यताले भन्ने दुई प्रकारको सामाजिक प्रचलन रहेको छ। हाल पुर्ख्यौली पेशाहरु संकटमा पर्दै गएको पाईन्छ । ति मध्ये माटाको भाँडा बनाउने,लुगा सिलाउने,जुत्ता बनाउने,आरन कमाउने,बाजा बजाउने लगायतका जातिगत पेशाहरु समाजमा संकटमा देखिएको बिष्लेशण हुने गरेको हो। यि पेशाहरुलाई संकटमा पर्न नदिन कतै ब्यात्तिगत प्रयास र कतै सामूहिक प्रयासहरु भैरहेकाछ्न् । तथापि ति प्रयासहरु फलदायी भने भएको पाईदैन।  यस्तै ब्याक्तिगत प्रयासमा आफ्नो जातिगत पूर्ख्यौली पेशा संरक्षण गर्न झापा बिर्तामोड-३ बिर्ताबजार खुकुरीचोकका रन कुमार गहतराज लागि परेको छन्। उनले आफ्नो पूर्ख्यौली पेशालाई यत्तिकै खेर जान नदिन २०७० सालदेखि सोही ठाउँमा आरन ब्यबसाय संचालन गरेका हुन् । बिगतका १६ बर्ष भने गहतराजले नेपाली सेनाको जागिरे भएर बिताए । पूर्ख्योली घर तेरहथुम बताउनु हुने रन कुमारको बाल्यकाल भने बुबाहरुसंग सोही ठाँउमा आरनमा बितेको स्मरण गर्छन्  । बुबाले आरनमा काम गर्दा ...

झापाको बिर्तामोडमा दुई दिवशीय पत्रकार प्रशिक्षण

Image
प्रशिक्षण कार्यमा ब्यस्त सुरेश आले "सर्जु" पौष २४,झापा यातायात ब्यवस्था बिभाग तथा सञ्चार मन्त्रालय प्रदेश न.१ बिराटनगरको आयोजना र नेपाल पत्रकार महासंघ झापा शाखाको सहकार्यमा दुई दिवशीय पत्रकारिता अन्तरक्रयात्मक प्रशिक्षण सम्पन्न भएको छ। कार्यक्रम पौष २३ र २४ गते झापाको बिर्तामोड होटल हेवनमा भएको हो। कार्यक्रमको समापन सत्र २४ गते भएको हो। झापा अध्यक्ष गिरी मन्तब्य दिदै उद्घाटन सत्रको पहिलो दिन २३ गते नेपाल पत्रकार महासंघ झापा शाखा पूर्व अध्यक्ष भिम नेम्बाङ्गको प्रमुख आतिथ्य   तथा यातायात ब्यवस्था तथा सञ्चार मन्त्रालय प्रदेश न.१ महाशाखा प्रमुख गौतम राज अमात्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एक राज गिरी,प्रमूख प्रशिक्षक प्रदेश न.१ सञ्चार अधिकृत गणेश बहादुर कार्की, नेपाल पत्रकार प्रदेश सदस्य लिला राज झापाली,मनकुमार शर्मा,सुरेन्द्र भण्डारी,राजु पाठक,चिरन्जीवी घिमिरे, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ झापा संस्थापक दिपिन राई फोनिज झापा अध्यक्ष भूमिका सुब्बा लगायतको  उपस्थिति रहेको थियो। सहभागी अतिथिहरु कार्यक्रममा प्रमुख अतिथि भिम नेम्वाङ्गले प...

महेन्द्र ज्योति मा.बि.५६ औं बार्षिक उत्सव सम्पन्न

Image
सुरेश आले "सर्जु"   पौष २२,झापा महेन्द्र ज्योति मा.बि. बिर्तामोड-१० सैनिक बजारको ५६ औ बार्षिक उत्सव तथा अभिभावक दिवश सम्पन्न भएको छ। साताब्यापी कार्यक्रम साथ आज कार्यक्रम सम्पन्न भएको हो। बिद्यालय ब्याबस्थपन अध्यक्ष राम दर्शन गुरङ्गको सभापतित्व र प्रमुख अतिथि बिर्तामोड नगर शिक्षा अधिकृत केशर खवासको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिशिष्ट अतिथि बिर्तामोड नगरपालिका वडा न. १० अध्यक्ष दुर्योधन गुरुङ्ग,१० वडा सदस्य धन कुमारी श्रेष्ठ,१० वडा सदस्य पृथ्वी बस्नेत,पूर्व प्र. अ. मखन गुरुङ्ग, चमरधाप प्रा. बि. बिर्तामोड-१० बि. ब्या.अध्यक्ष रिमान ध्वज लोक्ताम,बिद्यालय शांति धन अक्षय कोष दाता किरण सुब्ब, बिष्णु भगवती र्बोडिङ्ग बिर्तामोड-१० का संचालक पूण्य प्रसाद उप्रेती, निर्बतमान-१० न.बिर्तामोड वडा सदस्य गिता घिमिरे,पूर्व शिक्षकहरु,पूर्व शिक्षिकाहरु शिक्षक अभिभावक संघ पूर्व सहित हालका पदाधिकारीहरु, समाजसेवीहरु लगायतको उपस्थित रहेकाे थियो ।  प्रमूख अतिथि खवासले पानसमा दिप प्रज्वलन गरेर उदघाटन गरिएको कार्यक्रममा बिर्तामोड छ्ठ सेवा समाजले ४३ जना बिद्यार्थीहरुलाई स्...

राजबंशी परिवारबाट ब्यासको निर्माण

Image
   सुरेश आले "सर्जु"  १९ पौष,झापा बिर्तामोड-३ बिश्व हिन्दु महासंघ झापा शाखा परिसर बिराटपोखरीमा राजबंशी परिवारको सहयोगमा ब्यास निर्माण भएको छ। बिर्तामोड-३ सैनिकमोड सतानुबारी टोल निबासी भालकोट राजवंशी परिवारले ब्यास निर्माण गरिदिएका हुन्। आफ्ना नातिनी आश्मा राजबंशीको स्मृतिमा राजबंशी परिवारले ब्यास निर्माण गरिदिएको बिश्व हिन्दु महासंघ झापा शाखाका अध्यक्ष मोहन उप्रेतीले जानकारी गराए। करिब ८ फूट लम्बाई र ४ फूट चौडाई भएको पक्की ढलान गरेर ब्यास निर्माण गरिएको हो। साथमा २२ फूट अग्लो त्रिशुल समेत सोही स्थानमा रहेको पंचमुखी ज्योर्तिलिङ्ग बजरङ्गबली मन्दिरमा राजबंशी परिवारकै पहलमा राखिएको समेत उप्रेतीले जानकारी दिए। आगामी एक कार्यक्रम बिच ब्यासको औपचारिक हस्तान्तरण गरिने राजवंशी परिवारले जानकारी गराएको त्यहाँ स्थित मन्दिरका पूजारी याम खतिवडाले जानकारी गराए । स्व. आश्मा राजबंशीको गत बैशाख २६ गते तीन बर्षको अल्पायुमै बिराटपोखरीमा डुबेर निधन भएको थियो ।