हिजो पोखरामा भएको जहाज दुर्घटनामा अपूरणीय क्षति भएका मृतजनको शोकमा आज साँझ बिर्तामोड मूक्ति चोकमा दिप प्रज्वलन गरिएको छ । तस्बिर: सुरेश आले"सर्जु" झापा
२० मंसिर,झापा नेशनल प्राइभेट एण्ड बोर्डिङ्ग स्कूल एसोसिएसन (एन प्याबसन)द्वारा आयोजना गरिएको जिल्ला स्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ आज बिर्तामोड–१० सैनिक बजारस्थित महेन्द्र ज्योति मा.वि.को खेल मैदानमा भव्य रूपमा उद्घाटन भएको छ। उद्घाटन समारोहमा एमिटि र कानगोई स्कूलका टिमबीचको फुटबल खेलले माहोल झनै उत्साहित बनेको थियो। विभिन्न विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता,प्रतिभा र उत्साहपूर्ण प्रस्तुतीले खेलमैदान रौनकयुक्त बनेको थियो। उद्घाटन कार्यक्रम एन प्याबसन झापा जिल्ला अध्यक्ष तथा सिर्द्धार्थ शिक्षा सदन बिर्तामोड–१० सैनिक बजारका प्रिन्सिपल धर्मराज माझीको अध्यक्षतामा सम्पन्न भएको हो। प्रमुख अतिथि एन प्याबसन केन्द्रिय वरिष्ठ उपाध्यक्ष बृजेन्द्र मिश्रले पानसमा दियो प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका थिए। कार्यक्रममा बिशिष्ट तथा विशेष अतिथिको रूपमा बिर्तामोड–१० का वडा अध्यक्ष दुर्योधन गुरुङ्ग,नेशनल प्याबसन कोशी प्रदेश अध्यक्ष कमल खनाल, केन्द्रिय सदस्य नारायण ढकाल, एन प्याबसन प्र.स. दिपक न्यौपाने,मिडल प्वाइन्ट स्कूलका भाइस प्रिन्सिपल अभिनाथ राजबंशी,कानगोई बोर्डिङ्ग स...
फागुन ९,बिर्तामोड मनकामना काली मन्दिर तथा सत्संग भवन समिति बिर्तामोड–१०, बिराटपोखरको अध्यक्षमा आगामी २ वर्षे कार्यकालका लागि हरिप्रसाद सिटौला चयन भएका छन्। आज सम्पन्न छैठौं वार्षिक उत्सव तथा दोस्रो अधिवेशनबाट सिटौलाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको जनाइएको छ। समितिको उपाध्यक्षमा प्रकाश सिटौला,सचिवमा रामप्रसाद खनाल,सहसचिवमा सुरेश थापा आले मगर, कोषाध्यक्षमा सुनिता निरौला चयन भएका छन्। सदस्यहरूमा टेकेन्द्र थापा,रघुनाथ पाठक,यामनाथ सेढाई,अर्जुन तामाङ,गोमा संग्रौला र सन्तोष उप्रेती चयन गरिएको बताईएको छ। यसअघि उद्घाटन सत्रमा प्रमुख अतिथि बिर्तामोड–१० का वडा अध्यक्ष दुर्योधन गुरुङले पानसमा दीप प्रज्वलन तथा ब्यानर वाचन गरी कार्यक्रम उद्घाटन गरेका थिए। कार्यक्रममा बिराटपोखर टोल विकास संस्था बिर्तामोड–१० का अध्यक्ष कृष्णा कुमारी प्रसाई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। त्यसैगरी कोषाध्यक्ष सुनिता निरौलाले आयव्यय सार्वजनिक गरेकी थिइन् भने सचिव सुरेश थापा आले मगरले स्वागत मन्तव्य राखेका थिए। प्रमुख अतिथि गुरुङले बिर्तामोड–१० का २७ वटा टोल विकास संस्थामध्ये बिराटपोख...
२८ असार,झापा अधिकार प्राप्तिको लागि हाम्रो संगठित आवाज भन्ने मूल नारासहित आदिवासी जनजाति नेत्रहीन संघ झापाको आयोजनामा आज बिर्तामोडस्थित उद्योग वाणिज्य संघको सभा हलमा एकदिवसीय सञ्चारकर्मी साक्षात्कार अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। संघका अध्यक्ष भोजकुमार तामाङको अध्यक्षता, वरिष्ठ गीतकार शिवशंकर थापाको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रम राष्ट्रिय गान र शहिदहरु प्रति एक मिनेट मौन धारण गरि प्रारम्भ गरिएको थियो। कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि थापाले ब्यानर वाचन गर्दै गर्नुभएको थियो। कार्यक्रममा संघका सल्लाहकार प्राज्ञ सुमित्रा बाङ्देल चेलीले संघको संक्षिप्त परिचय प्रस्तुत गर्दै वि.सं. २०६७ सालमा स्थापना भएको संघले आदिवासी जनजाति समुदायका जेहेन्दार नेत्रहीन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको, साथै आफ्नै भवन निर्माणको पहलसमेत अगाडि बढाइरहेको जानकारी दिनुभयो। संघका सल्लाहकार तथा आदिवासी अभियन्ता कृष्णकुमार थेबेले संघले नौलो प्रयासका रूपमा सञ्चारकर्मीसँग साक्षात्कार कार्यक्रम आयोज...
Comments
Post a Comment