बिराटपोखरीलाई तीनै तहको सहयोग आवश्यक:सांसद कार्की
समितिका अध्यक्ष इन्द्र प्रसाईको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अतिथि कार्की,बिशिष्ट अतिथिहरु बिर्तामोड-३ वडा अध्यक्ष मदन बुढाथोकी,नेकपा माओबादी बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बा,राप्रपा बिर्तामोड नगर अध्यक्ष रन्जु प्याकुरेल,मनकामना काली मन्दिर बिर्तामोड-१०अध्यक्ष धुर्ब प्रसाद शिवाकोटी,ने.का.झापा जिल्ला सदस्य सन्तोष उप्रेती लगायतको उपस्थिती रहेको थियो ।
अध्यक्ष प्रसाईले बार्षिक प्रगति बिबरण प्रश्तुत गर्नु भएको कार्यक्रममा बिशिष्ट अतिथिहरु मदन बुढाथोकी,मोहन सुब्बा,रन्जु प्याकुरेल,धुर्ब प्रसाद शिवाकोटीले शुभकामना मन्तव्य साथै बिराटपोखरीको बिकासमा सबै क्षेत्रमा समन्वय गर्ने प्रतिबद्धता गर्न सकिने धारणा राख्नु भएको हो।
समितिका उपाध्यक्ष मोहन प्रसाद उप्रेतीले स्वागत मन्तव्य राखेकाे कार्यक्रमको संचालन सदस्य केशव प्रसाईले गरेका थिए भने नव गठित कार्यसमितिको निर्बाचन आगामी माघ १४ गते शनिबारलाई तय गरिएको निर्बाचन समितिका संयोजक धुर्ब प्रसाद शिवाकोटीले जानकारी गराउनु भयो।
Comments
Post a Comment