१६ बर्ष सेनाको जागिर पछी पूर्ख्यौली पेशा संरक्षण
सुरेश आले "सर्जु"
१ फागुन,झापा
बिर्तामोड । १६-१६ बर्ष सम्म अर्कै पेशा अंगालेर पूनःपूर्ख्यौली पेशा सम्हाल्नु चानचुने कुरा होइन् । रहरले पूर्ख्यौली पेशा सम्हालने र बाध्यताले भन्ने दुई प्रकारको सामाजिक प्रचलन रहेको छ। हाल पुर्ख्यौली पेशाहरु संकटमा पर्दै गएको पाईन्छ । ति मध्ये माटाको भाँडा बनाउने,लुगा सिलाउने,जुत्ता बनाउने,आरन कमाउने,बाजा बजाउने लगायतका जातिगत पेशाहरु समाजमा संकटमा देखिएको बिष्लेशण हुने गरेको हो। यि पेशाहरुलाई संकटमा पर्न नदिन कतै ब्यात्तिगत प्रयास र कतै सामूहिक प्रयासहरु भैरहेकाछ्न् । तथापि ति प्रयासहरु फलदायी भने भएको पाईदैन।
यस्तै ब्याक्तिगत प्रयासमा आफ्नो जातिगत पूर्ख्यौली पेशा संरक्षण गर्न झापा बिर्तामोड-३ बिर्ताबजार खुकुरीचोकका रन कुमार गहतराज लागि परेको छन्। उनले आफ्नो पूर्ख्यौली पेशालाई यत्तिकै खेर जान नदिन २०७० सालदेखि सोही ठाउँमा आरन ब्यबसाय संचालन गरेका हुन् । बिगतका १६ बर्ष भने गहतराजले नेपाली सेनाको जागिरे भएर बिताए ।
पूर्ख्योली घर तेरहथुम बताउनु हुने रन कुमारको बाल्यकाल भने बुबाहरुसंग सोही ठाँउमा आरनमा बितेको स्मरण गर्छन् । बुबाले आरनमा काम गर्दा आफू पनि सो समयमा आरनमा सहयोगीको रुपमा काम गरेकाे उनलाई थाहा छ । त्यस पश्चात
स्कूल पढ्दै गर्दा उनले बुबाको सहयोगीको रूपमा काम गर्दा आरनको काममा धेर थोर ज्ञान हासिल गरेका थिए । जे होस् धेर थोर उनले आरनको काम बाल्यकालमा सिके।
खुकुरी,हँसिया,दाउ,बन्चरो र अन्य फलामे सामाग्री बनाउन उनी त्यै बेला निर्पूण भैसकेक्रो सुनाए । तर आठ कक्षा पढे पछि २०४७ सालतिर नेपाली सेनाको जागिरे हुने रहरले उनलाई तान्यो र २१ बर्षको उमेरमा २०४७ सालमा नेपाली सेना श्री जङ्ग गणबाट तेरहथुमबाट नेपाली सेनामा भर्ना भएको बताउँछन्। त्यसपछि भने उनले १६ बर्ष नेपाली सेनामा सैनिक भएर जीवन यापन गरे।
सेनामै रहदा २०६० सालमा बिर्तामोड-३ बिर्ता बजार पश्चिम उनले १ कठ्ठा जमिन किने,पबित्रा बि.क.संग बिबाह गरे । छोरो कुमार गहतराज जन्मिए र सोही स्थानमा बसोबास गर्न थाले । २०६३ सालमा नेपाली सेनाकाे जागिरबाट अवकाश लिए पछि बैदेशिक रोजगारीको क्रममा इराक गए। इराक एक बर्ष बसे पछि त्यहाँबाट फर्किए पछि भने यै ठाउँमा २०७० सालमा पूर्ख्यौली पेशा संरक्षण गर्ने उद्वेश्यले आरन ब्यबसाय संचालन गरे ।
उनको आरनमा बिशेष गरेर खुकुरी बनाईने हुनाले स्थानियले उनको घर अगाडीको चोकको नाम खुकुरी चोक नाम राखि दिए । यही नामले अहिले यो ठाउँलई खुकुरी चोकको नामले चिनिन्छ । उनको आरनमा बिशेषत: नयाँ खुकुरी निर्माण,दाउ,खुर्पा,चिया बगानका उपयोगी हथियार निर्माण लगायत पुराना फलामे सामाग्री मर्मत हुने गरेको गहतराजले जानकारी दिए। त्यत्तिले मात्र उनको चित्त बुझेन आरनमा निर्माण भएका खुकुरीको ब्यापार पर्बद्धन गर्ने उदेश्यले न्यू खुकुरी उद्योगको नाममा उनले बिर्तामोड-३ सतानुबारी सैनिकमोड चोकमा २०७० सालमा खुकुरीको सानो शोरूम समेत संचालन गरे।
उनकाे शोरूममा बिभिन्न प्रकारको खुकुरी लगायतका सामाग्री किन्न पाईन्छ । हाल समेत उनको शो रुम संचालनमा छ । आरनको काममा भने आफूले मात्र नभ्याएर छोरो र एक जना सहयोगी समेत भएर काम गर्ने गरेको बताउँछन् ।
यहाँ ठूलो कुरा आरनको ब्यबसाय संचालन गर्न भने होइन । १६ बर्ष नेपाली सेनामा जागिर खान पनि होइन् । खुकुरीको शोरूम संचालन गर्न पनि होइन् । पूर्ख्यौली पेशा संरक्षण गर्न थियो । यै भएर मैले नेपाली सेनाको जागिरबाट अवकाश पछि यो ब्यबसाय रोजेको हुँ गहतराज भन्छन् । यसले गर्दा पुर्ख्यौली पेशा संरक्षण साथै नेपाली उत्पादित खुकुरीले समेत बिश्वमा परिचित हुने मौका पाउँछ उनले भने । गहतराजका छोरा कुमारले समेत अहिले यहि पेशालाई निरन्तरता दिईरहेका छन्।
Comments
Post a Comment