झापाको बिर्तामोडमा दुई दिवशीय पत्रकार प्रशिक्षण


प्रशिक्षण कार्यमा ब्यस्त

सुरेश आले "सर्जु"
पौष २४,झापा

यातायात ब्यवस्था बिभाग तथा सञ्चार मन्त्रालय प्रदेश न.१ बिराटनगरको आयोजना र नेपाल पत्रकार महासंघ झापा शाखाको सहकार्यमा दुई दिवशीय पत्रकारिता अन्तरक्रयात्मक प्रशिक्षण सम्पन्न भएको छ। कार्यक्रम पौष २३ र २४ गते झापाको बिर्तामोड होटल हेवनमा भएको हो। कार्यक्रमको समापन सत्र २४ गते भएको हो।
झापा अध्यक्ष गिरी मन्तब्य दिदै

उद्घाटन सत्रको पहिलो दिन २३ गते नेपाल पत्रकार महासंघ झापा शाखा पूर्व अध्यक्ष भिम नेम्बाङ्गको प्रमुख आतिथ्य   तथा यातायात ब्यवस्था तथा सञ्चार मन्त्रालय प्रदेश न.१ महाशाखा प्रमुख गौतम राज अमात्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एक राज गिरी,प्रमूख प्रशिक्षक प्रदेश न.१ सञ्चार अधिकृत गणेश बहादुर कार्की, नेपाल पत्रकार प्रदेश सदस्य लिला राज झापाली,मनकुमार शर्मा,सुरेन्द्र भण्डारी,राजु पाठक,चिरन्जीवी घिमिरे, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ झापा संस्थापक दिपिन राई फोनिज झापा अध्यक्ष भूमिका सुब्बा लगायतको  उपस्थिति रहेको थियो।
सहभागी अतिथिहरु

कार्यक्रममा प्रमुख अतिथि भिम नेम्वाङ्गले प्रशिक्षणले पत्रकारको क्षमता बृद्धि गर्ने र यस्ता प्रशिक्षण समय समयमा गरिनु पर्ने धारणा राख्नु भयो। अध्यक्ष गिरीले प्रदेश सरकारले यो प्रशिक्षणको अवसरले पत्रकारको क्षमता अभिवृद्धि हुने धारणा सहित आउदो दिनमा अझ स्तरिय प्रशिक्षण र लेखन बृत्तिको कार्यक्रम अगाडी सार्ने धारणा प्रश्तुत गर्नु भयो। महाशाखा प्रमुख अमात्यले कार्यक्रममा  उपस्थितलाई शुभकामना मन्तब्य राख्नु भएको थियो ।

सामूहिक तस्बिर खिचाउदै सहभागी र अतिथि

उद्घघाटन सत्रमा प्रमुख अतिथि नेम्बाङ्गलाई नेपाल पत्रकार महासंघ झापा शाखाको तर्फ बाट मायाको चिनो प्रदान गरिएको हो। प्रमुख अतिथि नेम्बाङ्गले प्रोजेकटरको स्विच अन गरिएर उदघाटन गरिएकाे प्रशिक्षणको सहजकर्तामा सूर्योदय टेलिभिजन झापाका प्रमूख सम्पादक उमाकान्त खनाल,नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष केशव भट्टराई, सचिव डिकेश लामाले गर्नु भएको थियो भने मूख्य प्रशिक्षकमा मन्त्रालय अधिकृत गणेश कार्कीले प्रशिक्षण दिनु भएको हो। उदघाटन सत्रमा स्वागत मन्तव्य झापा महासंघ अध्यक्ष गिरीले गर्नु भएको थियो भने संचालन सह सचिव अर्जुन राजबंशीले गरेका थिए। प्रशिक्षणमा ४० जना झापाका  बिभिन्न बर्ग जातिका पत्रकारले  प्रशिक्षण लिएको पत्रकार महासंघ झापा उपाध्यक्ष केशव मट्टराईले जानकारी दिनु भयो।

समापन सत्रमा प्रशिक्षार्थीका तर्फबाट रिमा टुडु,बिनिता न्यौपाने र सागर दर्जीले यो प्रशिक्षणले आफना  क्षमता बिकाशमा योगदान राखेको घारणा प्रश्तुत गरेका थिए। समापन मन्तब्यमा प्रदेश न. १ पत्रकार महासंघ समिति सदस्य सुरेन्द्र भण्डारीले प्रदेश १ मा १६०० बढी सकृय पत्रकार प्रदेश १ मा छौ। प्रदेश १ को पहलमा भएको प्रशिक्षण र प्रदेश १ यातायात तथा सञ्चार मन्त्रालयलाई धन्यबाद दिनु भयो। झापा शाखा अध्यक्ष एकराज गिरीले ब्यबसायिक  पत्रकारिता तर्फ प्रत्येक पत्रकारले क्षमता बिस्तार गर्नु पर्ने साथै प्रदेश सरकारले गरेको सहयोगको प्रशंसा गर्नु भयो। समापन सत्रमा मन्त्रालय कर्मचारी सुरेन्द्र ओली साथै कल्पना बस्नेतको समेत उपस्थिती रहेको थियो भने समापन कार्यक्रमको संचालन महासंघ झापा सदस्य चिरन घिमिरेले गरेका थिए ।


Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला