बिराटपोखरीको शनिबारको निर्बाचन स्थगित

 


१३ माघ,झापा
सुरेश आले "सर्जु"

बिर्तामोड,बिराट बहुउदेश्यीय (सरोबर) बिकाश समितिको शनिबार हुने भनिएको निर्बाचन स्थगित भएको छ। बिर्तामोड-३ बिराटपोखरीमा भोली १४ गते शनिबार नयाँ कार्य समिति चयनको लागि निर्बाचनको कार्य तालिका तय गरिएकाे थियो । धुर्ब प्रसाद शिवाकोटी संयोजक रहेको पाँच सदस्यीय निर्बाचन कमिटिको आज बिहान बसेको बैठकले यथा स्थितीमा निर्बाचन गराउन नसक्ने कारण खुलाई राजिनामा दिए पछि निर्बाचन स्थगित भएको उहाँले जनाउनु भएको छ ।

निर्बाचन मण्डलले तत्कालीन कार्य समितिले सदस्य बिबरण सम्बन्धि आवश्यक कागज पत्र उपलब्ध गराउन नसकेको र बर्तमान अध्यक्ष इन्द्र प्रसाई, सचिब पूनम प्रसाई र हेम अधिकारीले हालै बनेकाे नयाँ सदस्यले बिधान सम्मत दुई बर्ष उम्मेदवारी दिन नपाउने निबेदन पेश गरेकोले पनि निर्बाचन सम्बन्धि बाधा उत्पन्न भएको जानकारी निर्बाचन संयोजक घुर्ब प्रसाद शिवाकोटीले जानकारी दिनु भयो।

निर्बाचन मण्डलका अर्का सदस्य सन्तोष उप्रेतीले भने तत्कालिन इन्द्र प्रसाईको कार्य समिति माथि प्रश्न चिन्ह उठाई नोट अफ डिसेन्ट जाहेर गरेका छन्।समितिको नयाँ कार्य समिति चयनको लागि छैठौं अधिवेशनले गत शनिबार संयोजक घुर्ब प्रसाद शिवाकोटी,सदस्य कृष्ण बिमली,प्रशुराम कडरिया, टेकेन्द्र थापा र सन्तोष उप्रेती सदस्य रहेको पाँच सदस्यीय निर्वाचन कमिटि गठन गरि १४ गते शनिबार हुने निर्बाचन मिति तय गरेको थियो ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते