राजबंशी परिवारले निर्माण गरिदिएको ब्यासको बिघिवत हस्तान्तरण
सुरेश आले"सर्जु"
बिश्व हिन्दु महासंघ झापा शाखा अध्यक्ष मोहन उप्रेतीको अध्यक्षतामा सम्पन्न ब्यास हस्तान्तरण कार्यक्रममा संघका झापा बरिष्ठ उपाध्यक्ष लक्ष्मी ओली,कोषाध्यक्ष कृष्ण उप्रेती,सदस्य राधिका संग्रौला,पशुपति आचार्य,दिपक संग्रौला,बिराट ज्योर्तिलिङ्ग समाबेशी कृतन मण्डली संघ बिर्तामोड-३ अध्यक्ष मन प्रसाद उप्रेती,बिराट शिब कृतन मण्डली बिर्तामोड-३ अध्यक्ष पुण्य प्रसाई,समाजसेवी भालकोट राजबंशी,गीता राजबंशी, कल्पना राजबंशी,जीवन राजबंशी,रिना राजबंशी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बिश्व हिन्दु महासंघ झापा शाखा अध्यक्ष उप्रेती,कोषाध्यक्ष कृष्ण उप्रेती, सदस्य राधिका संग्रौला,बिराट ज्योर्तिलिङ्ग समाबेशी अध्यक्ष मन प्रसाद उप्रेती लगायतले दाता राजबंशी परिवारको सहयोगको प्रशंसा गरेको र बिश्व हिन्दु महासंघ अध्यक्ष मोहन उप्रेतीलाई दाता परिवारको तर्फबाट ब्यासको फोटो फ्रेम समेत हस्तान्तरण गरिएको संघका झापा सदस्य राधिका संग्रौलाले जानकारी गराईन् ।
सोही कार्यक्रममा बिहान ६ बजे बाट बैदिक पूजा अर्चना र ६ घण्टे अखण्ड किर्तन समेत गरिएको जानकारी पूजारी दय यामनाथ खतिवडा र इश्वरी प्रसाद अर्यालले जानकारी दिए।स्वागत मन्तब्य बिश्व हिन्दु महासंघ झापाका बरिष्ठ उपाध्यक्ष लक्ष्मी ओलीले गरेको कार्यक्रमको संचालन सदस्य मिलन आलेले गरेका थिए भने स्व.आश्मा राजबंशीको निधन गत २०७९ बैशाख २६ गते तीन बर्षको उमेरमा बिराटपोखरीमा डुबेर भएको थियो। ब्यासमा बसेर पुराण लगायतका धार्मिक अनुष्ठान गर्न अब सहज हुने भएको बिश्व हिन्दु महासंघका झापाअध्यक्ष मोहन उप्रेतीले जानकारी गराए भने कार्यक्रम बिश्व हिन्दु महासंघ झापा शाखा बिर्तामोड-३ बिराटपोखरीमा भएको थियो।
Comments
Post a Comment