राजबंशी परिवारबाट ब्यासको निर्माण
सुरेश आले "सर्जु"
१९ पौष,झापा
बिर्तामोड-३ बिश्व हिन्दु महासंघ झापा शाखा परिसर बिराटपोखरीमा राजबंशी परिवारको सहयोगमा ब्यास निर्माण भएको छ। बिर्तामोड-३ सैनिकमोड सतानुबारी टोल निबासी भालकोट राजवंशी परिवारले ब्यास निर्माण गरिदिएका हुन्। आफ्ना नातिनी आश्मा राजबंशीको स्मृतिमा राजबंशी परिवारले ब्यास निर्माण गरिदिएको बिश्व हिन्दु महासंघ झापा शाखाका अध्यक्ष मोहन उप्रेतीले जानकारी गराए।
करिब ८ फूट लम्बाई र ४ फूट चौडाई भएको पक्की ढलान गरेर ब्यास निर्माण गरिएको हो। साथमा २२ फूट अग्लो त्रिशुल
समेत सोही स्थानमा रहेको पंचमुखी ज्योर्तिलिङ्ग बजरङ्गबली मन्दिरमा राजबंशी परिवारकै पहलमा राखिएको समेत उप्रेतीले जानकारी दिए।
आगामी एक कार्यक्रम बिच ब्यासको औपचारिक हस्तान्तरण गरिने राजवंशी परिवारले जानकारी गराएको त्यहाँ स्थित मन्दिरका पूजारी याम खतिवडाले जानकारी गराए । स्व. आश्मा राजबंशीको गत बैशाख २६ गते तीन बर्षको अल्पायुमै बिराटपोखरीमा डुबेर निधन भएको थियो ।
Comments
Post a Comment