यस कारण रोकियो बिराटपोखरीमा चुनाब
![]() |
इन्द्र प्रसाद प्रसाई |
![]() |
आकाश उप्रेती |
![]() |
इन्द्र नारायण पसाई |
आगामी कार्यकालको लागि अध्यक्षमा निर्बतमान अध्यक्ष इन्द्र प्रसाद प्रसाई,आकाश उप्रेती,इन्द्र नारायण प्रसाई उपाध्यक्षमा निर्बतमान उपाध्यक्ष मन प्रसाद उप्रेती,मिना पाठक सचिवमा निर्बतमान सचिव पूनम प्रसाई,दिपेश प्रसाई,जगनाथ भट्टराई कोषाध्यक्षमा हेम चन्द्र अधिकारी,दिनेश मैनाली र सह सचिवमा नैना थापा,अर्जुन उप्रेतीको उम्मेद्वारी मनोनयन दर्ता रहेको निर्बाचन मण्डलीले जानकारी गराएको थियो।
आकांक्षी मुख्य पाँच पदका उम्मेद्वारहरुले आ-आफनो मौखिक एजेण्डा अगाडी सारेका थिए। निर्बतमान अध्यक्ष प्रसाईले आफ्नो कार्यकालमा बिराटपोखरीको यथेष्ट बिकास गरेको र आगामी दिनहरुमा पनि सोही लक्ष्यका साथ अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका थिए भने अध्यक्षका अर्का उम्मेद्वार आकाश उप्रेतीले आफू अध्यक्षमा निर्बाचित भए बिराटपोखरीलाई राष्ट्रिय पर्यटकिय स्थल बनाउने अवधारणा अगाडी सारेका थिए । उपाध्यक्ष र सचिव पदका महिला उम्मेद्वारहरु मिना पाठक र नैन कला थापाले सामाजिक कार्यमा महिलाहरुको सहभागिता हुनु पर्छ भनेर उम्मेद्वारी दर्ता गराएको बिचार राखेका थिए । निर्बतमान सचिव पूनम प्रसाईले बिराटपोखरीको बिकाशकै लागि आफ्नो उम्मेद्वारी सचिव पदमा रहेको जानकारी गराए । भने सचिव पदका उम्मेद्वार जगनाथ भट्टराईले अध्यक्ष पदका आकांक्षी आकाश उप्रेतीको प्यानलबाट सचिवमा उम्मेद्वारी दिएको जानकारी दिए। निर्बतमान उपाध्यक्ष मन प्रसाद उप्रेतीले बिराटपोखरीको दिगो बिकाशको लागि उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी रहेको जानकारी गराएका थिए।
बिराट बहुउदेश्यीय (सरोबर) बिकाश समिति बिर्तामोड-३ मा रहेको एतिहासिक,धार्मिक तथा प्राचिन बिराटपोखरीको संरक्षण,सम्बर्द्धन गर्न २०७१ सालमा गठित समिति हो । तर अघिबेशन पूर्ब बन्द सत्रको समयमा ७९ जना थप सदस्यको सदस्यता रसिद,उम्मेद्वारी बैधानिकता आदि बिषयमा प्रश्न उठेको कारण र बिधान सम्मत सदस्यता पुष्टि गर्न निबर्तमान कार्य समितिलाई कारण देखाउदै यथास्थितीमा निर्बाचन गराई नयाँ कार्य समिति तयारमा बाधा उत्पन्न भएको भन्दै निर्बतमान समितिलाई बिधान सम्मत प्रकृयागत ढंग बाट नयाँ कार्य समिति चयन गर्न सुझाब राख्दै आज शुक्रबार बिहान निर्बाचन मण्डलले राजिनामा दिए पछि यस निर्बाचन मण्डलबाट हुने निर्बाचन स्थगित भएको गठित निर्बाचन समितिका संयोजक धुर्ब प्रसाद शिवाकोटीले शुक्रबार जानकारी गराउनु भएको थियो। तस्बिर:१ बाहेक अन्य फाईल फोटो ।
Comments
Post a Comment