३५ बर्ष देखि निरन्तर चटपटेको ब्यापारमा




सुरेश आले "सर्जु"
पौष ३०,झापा बिर्तामो

बिर्तामोड-५ निबासी कृष्ण राजबंशीले बिर्तामोडमा चटपटेको ब्यापार गरेको ३५ बर्ष भएको बताएका छन्।२०४५ साल देखि हाल सम्म उनले यही व्यापार गरिरहेको बताए ।

आफूले चटपटे ब्यापार शुरु गर्दा बिर्तामोडमा जम्मा दुई जना मात्र चटपटे ब्यापारी रहेको र उक्त समयमा एक रुपैया सोली चटपटे बिक्रि गरेको सुनाए । उ बेला एक रुपैया सोली चटपटे बिक्रि गर्दा पनि दिनको तीन हजार सम्मको ब्यापार हुने गरेको उनले जनाए । तर अहिले जताततै चटपटे ब्यापार छ दिनको पाँच सय रुपैया हुन मुश्किल भएको जनाए । अहिले चटपटेको मूल्य तीस रुपैया सोली बिक्रि भै रहेको छ। पहिले चक्के भ्यानमा चटपटे बिक्रि गर्ने राजबंशी बिर्तामोड नगरपालिकाले सार्बजनिक ठाउँमा ठेला भ्यानबाट ब्यापार गर्न रोक लगाए पछि साईकलमा चटपटे ब्यापार गर्दै छन्। उनको साईकल चटपटे पसलमा गिलो र सुख्खा गरि दुई प्रकारको चटपटे पाईने जानकारी दिए।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन