१ बैशाख,बिर्तामोड मंगोल नेशनल अर्गनाईजेशनको पन्ध्रौं झापा जिल्ला अधिबेशनबाट सत्ताइस जनाको नयाँ झापा जिल्ला कार्य समिति चयन भएको छ। त्यसै गरि तीन जना सल्लाहाकार समिति समेत चयन गरिएको हो। निर्बाचन सभा सदस्य संझना राईले निर्बाचित पदाधिकारीहरुको नामावली बाचन गरेर सुनाउनु भएको हो भने निर्बाचित पदाधिकारीहरुलाई अर्गनाइजेशनका प्रेसिडेन्ट बुद्धलाल मेचेले प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। अधिबेशन बिर्तामोड-१० स्थित सैनिक बजार महेन्द्र ज्योति माबिको खेल मैदानमा सम्पन्न भएको हो। निर्बाचित झापा जिल्ला अध्यक्षमा सागर दर्जी,सचिबमा सिनारा मेचे,कोषाध्यक्षमा नर बहादुर राई,सह सचिवमा बुद्धहाङ फुरुम्बो,प्रचार प्रसार सचिवमा बिजयहाङ लिम्बू,सदस्यहरुमा भरत राई,भानु घिमाल,बुद्ध केदेम,छबिन्द्र स्याङबो,चन्द्रहाङ लिमखिम,डिल्ली योङहाङ,प्रेम बहादुर लिम्बु,राम बि.क. सुभाष लिम्बु,गुञ्ज राना मगर,शैलेन्द्र लिम्बु,चन्द्रा लिम्बु,इक्साहाङ लिम्बू,दिपेश राई,बाल कुमार राई,इन्द्र कुमार सुहाङ,मोहन सिंह लिम्बू,हिजन राई,अम्विका बहादुर तामाङ्ग बोम्जन, धनसरी राई,सम्झना राई,मञ्जु तामाङ्ग र सल्लाहकारहरुमा बानि...