बन्द भयो बिर्ता बजारको पुरानो चिया पसल
२० चैत्र,बिर्तामोड
बिर्तामोड नगरपालिका वडा न.-३ बिर्ताबजार दुर्गा मन्दिर छेउको २०३७ सालमा लखन लाल शाहाले सुरु गरेको पुरानो चिया पसल बन्द भएको छ। छोरा क्रमश: मुन्ना शाहा र नाति बिबेक शाहा सम्मले यो ब्यबसायलाई निरन्तरता दिन भ्याए ।
४४ बर्ष सम्म निरन्तर चिया पसल गरेका यो पसल यस ठाँउकै सबै भन्दा पुरानो संरचना हो ।
व्यापारी,राजनीतिक दलका प्रतिनिधि ,विभिन्न व्यावसायिहरुको चिया गफ गर्ने थलोको रुपमा परिचित मुन्ना चिया पसल बिर्ताबजारको एउटा गन्तव्य बनेको थियो । लामो समय यो ठाँउलाइ व्यावसायिक थलो बनाएका मुन्ना शाहाले अहिले यो ठाँउ छाडेका निकटतम परिचित जगनाथ भट्टराईले जानकारी गराए।
Comments
Post a Comment