बन्द भयो बिर्ता बजारको पुरानो चिया पसल

 


२० चैत्र,बिर्तामोड

बिर्तामोड नगरपालिका वडा न.-३ बिर्ताबजार दुर्गा मन्दिर छेउको २०३७ सालमा  लखन लाल शाहाले सुरु गरेको पुरानो चिया पसल बन्द भएको छ। छोरा क्रमश: मुन्ना शाहा र नाति बिबेक शाहा सम्मले यो  ब्यबसायलाई निरन्तरता दिन भ्याए । 

४४ बर्ष सम्म निरन्तर चिया पसल गरेका यो पसल यस ठाँउकै सबै भन्दा पुरानो संरचना हो ।

व्यापारी,राजनीतिक दलका प्रतिनिधि ,विभिन्न व्यावसायिहरुको चिया गफ गर्ने थलोको रुपमा परिचित मुन्ना चिया पसल बिर्ताबजारको एउटा गन्तव्य बनेको थियो । लामो समय यो ठाँउलाइ व्यावसायिक थलो बनाएका मुन्ना शाहाले अहिले यो ठाँउ छाडेका निकटतम परिचित जगनाथ भट्टराईले जानकारी गराए।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन