हस्त बहादुर तामाङ्ग पून: नमो बौद्ध गुम्बा बिर्तामोडको अध्यक्ष
१५ बैशाख,बिर्तामोड
कार्यक्रममा नव गठित कार्य समितिको अन्य प्रथम उपाध्यक्षमा हेमकला भण्डारी तामाङ्ग, दित्तिय उपाध्यक्षमा राम बहादुर योञ्जन, महासचिवमा गणेश तामाङ्ग,सचिवमा टिका राज घिसिङ्ग,कोषाध्यक्षमा बिनिता तामाङ्ग योञ्जन र सदस्यहरुमा धन बहादुर वाईबा, समिक्षा तामाङ्ग,सुनिता तामाङ्ग,स्वेता तामाङ्ग र गजमान तामाङ्ग सर्बसम्मत चयन भएको समेत जनाईएको हो।
उद्घाटन सत्र गुम्बाका रुध्यक्ष हस्त बहादुर तामाङ्गको अध्यक्षतामा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतरा प्रसाई तथा बिशिष्ट अतिथि बिर्तामोड नगरपालिकाका वडा न,-४ का वडा अध्यक्ष राहुल शर्माको आतिथ्यतामा मेयर प्रसाईले दिप प्रज्वलन तथा ब्यानर बाचन गरेर उद्घाटन गरिएको कार्यक्रममा प्रमुख अतिथि,बिशिष्ट अतिथि लगायत अतिथिहरु नेपाल तामाङ्ग घेदुङ्ग संघिय सदस्य पदम बहादुर तामाङ्ग, नमो बौद्ध गुम्बाका सल्लाहाकारहरु गोबिन्द गोङ्गवा, प्रेमराज घिसिङ्ग,माया बल वाइबा, कर्मसिंह तामाङ्ग, गुम्बाका संस्थापक पासाङ्ग योञ्जन नेपाल तामाङ्ग धेढुङ्ग जिल्ला समन्वय समिति फूलमाया तामाङ्ग, गुम्बाका पूर्व कोषाध्यक्ष सुनिता तामाङ्ग, नेपाल तामाङ्ग घेदुङ्ग बिर्तामोड नगर कोषाध्यक्ष समिक्षा तामाङ्ग, नेपाल तामाङ्ग घेदुङ्ग बिर्तामोड नगर अध्यक्ष बिजय तामाङ्ग, नेपाल तामाङ्ग महिला घेदुङ्ग बिर्तामोड नगर अध्यक्ष हेमकला भण्डारी तामाङ्ग, नेपाल तामाङ्ग घेदुङ्ग वडा न-१ बिर्तामोड अधक्ष गजमान पाख्रिन, नेपाल तामाङ्ग घेदुङ्ग बिर्तामोड-१० अध्यक्ष राम बहादुर तामाङ्ग, आदिबासी जनजाति महासंघ बिर्तामोड नगर परिषद सचिव सन्तोष बेघा, पत्रकार सर्जु"संसार" , नेपाल तामाङ्ग घेदुङ्ग जिल्ला समन्वय समिति झापा पूर्व सह सचिव सोम बहादुर योञ्जन, नयो बौद्ध गुम्बा जेष्ठय आजिवन सदस्य रंगलाल तामाङ्ग र कमला तामाङ्ग लगायतलाई मायाको चिनो अध्यक्ष हस्त बहादुर तामाङ्गले प्रदान गरि उक्त कार्यक्रममा सम्मान जनाईएको हो।
अध्यक्ष तामाङ्ग र सचिव गणेश तामाङ्गले प्रश्तुत गरेको बार्षिक तथा आर्थिक प्रतिबेदनमा गुम्बा हलभित्र टायल्सको ब्यबस्था गरि स्टेज छेङ्छुङ निर्माण गरि अमिता बुद्ध लाई प्रतिमा स्थापना गर्न सफल भएको, गुम्बा संग जोडिएको तीनवटा शौचालय र एकवटा बाथरूम निर्माण गर्नसफल भएको, दाता तथा सहयोगीको अभिलेख तुरुस्त राखेको, कागजात संरक्षण राखेको, गुम्बाको भौतिक पूर्णताको लागि बौद्ध धर्म परम्परा अनुसार नमो बौद्ध गुम्बालाई अगाडी बढाइरहेको, बौद्ध दर्शन पबर्षक तथा गुम्बा बिकास समिति श्रीमहल पुल्चोक ललितपुरमा गुम्बा दर्ता सफल भएको जस्ता प्रगति विवरण साथै गुम्बा निर्माण कार्यलाई बौद्ध परम्परा अनुसार पूर्णता दिने, गुम्बाको जग्गाको क्षेत्रफल थप गर्ने, नगर गहनाको रूपमा गुम्बालाई पर्यटकिय क्षेत्रको रूपमा बिकाश गर्ने, गुम्बा संचालनमा नियमित कोष स्थापना गर्ने जस्ता भाबी कार्यक्रम प्रस्तुत गरिएको हो भने आर्थिक बिवरण तर्फ आ. ब.७९/८१; को छ लाख अढ्यालिस हजार नौ सय पैसठ्ठी रुपैया सत्र पैसा बराबरको बिवरण र ८०/८१ को श्रावण एक देखि हाल सम्मको आय दुईलाख पैतिस हजार तीन खर्च र एक लाख उनासी हजार आठ सय सत्ताईस गरि बचत अढ्यालिस हजार चारसय सैतिस र भौतिक पूर्वाधार तथा शहरी बिकाश मन्त्रालय कोशी प्रदेश बिराटनगर अन्तर्गत विनियोजित रकम रु. तीस लाख रुपैया शहरी बिकाश इलामबाट सम्झौता गरि गुम्बा निर्माण तथा थप भैरहेकोले हिसाब मिलान गर्न बाकी प्रश्तुत गरिएको हो।
गुम्बाको उपाध्यक्ष हेमकला भण्डारी तामाङ्गले स्वागत गरेको कार्यक्रममा तामाङ्ग धेदुङ्ग लगायत बिभिन्न संघका व्याक्तित्व हरुको उपस्थित रहेको कार्यक्रममा प्रमुख अतिथि महतरा, वडा अध्यक्ष शर्मा, सल्लाहाकार गोबिन्द गोङ्गवा लगायतले साधारण सभा तथा चौथो अधिबेशन सफलताको शुभकामना व्यक्त गर्नुका साथै नवनिर्बाचित अध्यक्ष हस्त बहादुर तामाङ्गले गुम्बा बिकाशमा आफ्नो टिम सक्रिय रहने प्रतिबद्धत व्यक्त गरे साथै अतिथिहरुले गुम्बाको नव निर्मित तलाको निरिक्षण समेत गरेकाे कार्यक्रमको संचालन सचिव गणेश तामाङ्गको रहेको हो।
Comments
Post a Comment