बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

 


१८ जेठ,बिर्तामोड

बिर्तामोड-१०, बिराटपोखरमा गएराति एक गम्भीर चोरीको घटना भएको छ। चोरहरूले स्थानीय धुर्ब प्रसाद शिवाकोटीको घरबाट करिब अठार तोला सुन र नगद तीन लाख रुपैयाँ चोरी गरेको  जानकारी प्राप्त भएको छ।

शिवाकोटीको घर केही दिनदेखि सुनसान थियो। उनी राजाबादी आन्दोलनमा सहभागी हुन जेठ १४ गते काठमाडौं गएका थिए भने उनकी श्रीमती दुई जेठमै अष्ट्रेलिया प्रस्थान गरिसकेकी थिइन्। छिमेकी टिकामाया शिवाकोटीका अनुसार घरमा कोही नभएको र मुख्य ढोका ताल्चा लगाइएको अवस्थामा चोरले पूर्वतर्फको मुख्य ढोका फुटाएर प्रवेश गरेको जनाईएको हो।

प्रहरीका अनुसार चोरी भएको सुन र नगद घरको पहिलो तलामा रहेको दराज फुटाएर निकालिएको हो। बिहान ढोका खुल्ला देखेपछि चोरी भएको आशंका गर्दै छिमेकीले प्रहरी चौकी सैनिक बजारमा खबर गरेका थिए।

घटनास्थलमा सर्वप्रथम प्रहरी चौकी सैनिक बजारका प्रसनि नरोत्तम थापा नेतृत्वको टोली पुगेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट डिएसपी विजय श्रेष्ठ नेतृत्वको टोली आएर घटनास्थलको मुचुल्का तयार पारिएको र थप अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी श्रेष्ठले जानकारी दिए।

शिवाकोटी काठमाडौंमै रहेका कारण उनलाई सम्पर्क गर्दा घरमा अठार तोला सुन र तीन लाख नगद भएको पुष्टि गरेका थिए। उनी जग्गा कारोबारमा समेत संलग्न रहेको र सोमबार बिहान मात्रै काठमाडौंबाट फर्किने बताइएको छ।

प्रहरीले घटनालाई गम्भिरतापूर्वक अनुसन्धान गरिने जनाईएको हो।



Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते