बिर्तामोड-१० मा निर्मित सैनिक स्तम्भको भब्य उद्घाटन
३ बैशाख,बिर्तामोड
सैनिक स्मृति प्रतिष्ठानले बिर्तामोड-१० सैनिक बजार क्याम्पमा निर्माण गरेको सैनिक स्तम्भ को भव्य उद्घाटन गरिएको छ। निर्माण भएको लामो समयको प्रतिक्षा पछि सैनिक स्तम्भको उद्घाटन गरिएको हो। पार्क सहित सिसाको घेराभित्र रहेको करिव छ फिट अग्लो गोर्खा सैनिकको प्रतिमाको घुम्टो पूर्व उपप्रधान तथा जलश्रोत मन्त्री एबं सांसद राजेन्द्र प्रसाद लिङदेनले उघारेर यस प्रतिमाको उद्घाटन गरिएको हो। स्तम्म छ धूर जग्गामा निर्माण गरिएको छ।
प्रतिष्ठामको अध्यक्ष ज्ञान बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्व उपप्रधान तथा जलश्रोत मन्त्री एवं सांसद राजेन्द्र प्रसाद लिङ्गदेन,बिशिष्ठ अतिथिहरुमा झापा क्षेत्र न.३ ख प्रदेश संसद छबिलाल चुडाल,बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतरा प्रसाई,बिर्तामोड नगरपालिका वडा न.-१० का वडा अध्यक्ष दुर्योधन गुरुङ्ग,१० न. वडाका सदस्य धन कुमारी श्रेष्ठ, सोही वडाका टोल बिकाश समितिका अध्यक्षहरु संसद छबिलाल चुडालका स्वकिय सचिव कृष्ण पोखरेल, महेन्द्र ज्योति मा. बि. का संस्थापक शिक्षक कृष्ण घले,समाजसेवी देबी दंगाल,धनपति बराल लगायतको उपस्थिति रहेको हो।
बिर्तामोड-१० सैनिक क्षेत्रको एतिहासिकता झल्काउने स्तम्भको ०७३ साल देखि स्तम्भ निर्माणको कुरा चलेको हो भने २०७४-१०-२ गते प्रतिष्ठानको पहिलो भेलाले स्थानिय ज्ञान बहादुर गुरुङ्गको संयोजकत्वमा बैठक गरि २०७७-६-११ गते प्रतिष्ठानको बिधिवत दर्ता गरि २०७८-८-२५ गते देखि आर्थिक संकलन गरि स्तम्भको निर्माण कार्यलाई अघि बढाईएको स्तम्भ निर्माणमा स्थानिय सुनिल मुखियाले स्व.आमा सुनिता मुखियाको स्मृतिमा पाँच धूर जमिन सैनिक क्याम्पमा निःशुल्क उपलब्ध गराइएको र पछि उनैबाट थप एक धुर जग्गा थप खरिद गर्ने निर्णय गरि स्तम्भ निर्मित क्षेत्रफल ६ धुर जमिन रहेको प्रतिषठानका सदस्य एवं निर्माणका अवधारणाकार रिमान ध्वज लोक्तामले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै जानकारी दिए। सोही स्तम्भको बैशाख दुई गते आईतबार एक कार्यक्रम बिच उद्घाटन गरिएको हो। सैनिक क्षेत्रमा चाँडै सैनिक प्रबेशद्वार समेत निकट भविष्यमा निर्माण गर्न छलफल भैरहेको समेत लोक्तामले बताए।
बिशिष्ट अतिथि प्रदेश सांसद छबिलाल चुडालले आफ्नो गाँउ घरको परिचय दिने किसिमको एतिहासिक स्तम्भ निर्माण भएकोमा प्रतिष्ठानका समिति तथा सदस्यहरुलाई धन्यबाद ज्ञापन गर्नुका साथै यस्तो स्तम्भले एतिहासिक तथ्य प्रष्ट पार्ने बताए। त्यसै गरि बिर्तामोड नगरपालिकाका मेयर पबित्रा महतरा प्रसाईले बजेटले भ्याए सम्म नगरपालिकाको तर्फ बाट स्तम्भ निर्माणमा सहयोग गरिएको र थप सहयोग सके सम्म गरिने धारणा व्यक्त गर्नु भयो।
प्रमुख अतिथि लिङ्गदेनले यस एतिहासिक स्तम्भ निर्माण गर्न आफूले पाँचलाख रुपैया बजेट बिनियोजन गरिदिएको र निर्माण कार्य सफल गरि उद्घाटन गरिएकोमा खुशी व्यक्त गरे। यो स्तम्भले सैनिक नामाकरण रहनुको कारण समेत एतिहासिकता समेत झल्काउने धारणा उनले राखे।
आर्थिक समिति सहसचिव टेक बहादुर देवानले स्तम्भ निर्माण खर्च उन्नाईस लाख बीसहजार छ सय तीसको आर्थिक प्रतिबेदन प्रश्तुत र स्वागत प्रतिष्ठानका उपाध्यक्ष मनु मुखियाले गरेको कार्यक्रममा स्तम्भ निर्माणमा सहयोगी दाताहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान साथै समितिले प्रकाशन गरेको भूपू सैनिक स्मृति प्रतिष्ठान स्मारिका समेत बिमोचन गरिएको हो भने कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव चाम बहादुर लिम्बुको रहेको हो।
Comments
Post a Comment