बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८० सम्पूर्ण तयारी पूरा

 


१९ चैत्र,बिर्तामोड

झापाको  बिर्तामोडमा हुन गैरहेको बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८० को सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक संस्था गोर्खा फाउण्डेसन नेपालका अध्यक्ष बिर बहादुर दर्नालले आज पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी गराउनु भएको हो। आगामी चैत्र २१ गते झापाको बिर्तामोड स्थित आर्दश ब्याङ्गकेट हलमा उक्त कार्यक्रमको आयोजना गरिने भएको हो।

नेपाल एकिकरण गर्ने राजा पृथ्वीनारायण शाहका पालाका आर्थिक सल्लाहाकार र सहयोगीको रुपमा परिचित एतिहासिक व्यक्तित्व बिशे नगर्चीको नाममा स्थापित सम्मानबाट यो वर्ष नेपाली चलचित्र निर्देशक तुलसी घिमिरे,नेपाली चलचित्रका महानायक  राजेश हमाल,पूर्व प्रमुख जिल्ला अधिकारी सीता परियार,अर्न्टाटिका महादेश पुग्ने पहिलो नेपाली भूवन सिंह विश्वकर्मा र सहकारीकर्मी महेन्द्र कुमार गिरी सम्मानित हुनु हुने भएको र सम्मानित व्यक्तित्वहरुलाई रु. एकाउन्न हजार नगद र कदर पत्र प्रदान गरिने साथै प्रमुख अतिथ्यता  राष्ट्रिय सभा सांसद गोपाल कुमार बस्नेतको रहने  उक्त दिनको कार्यक्रम संचालन चर्चित उद्घघोषकदृय लीला अनमोल र राजेश घतानीको रहने समेत आयोजक संस्था गोर्खा फाउन्डेसन नेपालका अध्यक्ष दर्नालले जानकारी गराए।

आयोजक संस्थाका अध्यक्ष बीर बहादुर दर्नालको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा सम्मान छनौट समितिका संयोजक हस्त परियार, सदस्यहरु,हर्क लुवागुन,महेन्द्र दास,सुबास जीखत्री र रोशन नेपाली,रेगन प्रसाई सहित साहित्य चौतरीका अध्यक्ष देबी भक्त श्रेष्ठ लगायतको उपस्थिती रहेको हो भने कार्यक्रमको संचालन नरेश खातीको रहेको हो।

Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति