बिपन्न नेत्रहिन सदस्यलाई झूल बितरण
झापा नेत्रहिन संघको आयोजनामा सहयोगी संस्थाद्वारा बिपन्न नेत्रहिन सदस्यहरुलाई झूल लगायतका सामाग्री बितरण गरिएको छ। सोही अवसरमा संघले प्रदान गर्ने दुई महिने संगीत प्रशिक्षणको समेत उद्घाटन गरिएको हो।
रोटरी क्ल्ब अफ बिर्तामोड मिडटाउनले बिपन्न नेत्रहिन सदस्यहरुलाई साठी थान झूल उपलब्ध गराएको कल्बका अध्यक्ष सिदार्थ नबिन उप्रेतीले बताए त्यसै गरि लायन्स क्ल्ब इन्टरनेशनलका सदस्य मनिषा थपलियाको जन्मोत्सवको अवसर पारेर उहाँको तर्फबाट शैक्षिक सामाग्री साथै बिर्तामोड वडा न.-३ ले सहायक सामाग्री प्रदान गरेको हो। कार्यक्रममा बुद्धशान्ति झापा निबासी भद्रिका पौड्यालले नेत्रहिन संघलाई सहयोग स्वरूप नगद दशहजार एकसय त्यस्तै प्रियंका शर्माले पाँच हजार नगद संघका अध्यक्ष होमनाथ राजबंशीलाई हस्तान्तरण गरे।
झापा बिर्तामोड-३ बिर्ता बजार स्थित अध्यक्ष होमनाथ राजबंशीको अध्यक्षतामा संघको कार्यलयमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, महासचिव कुशल खतिवडा, लायन्स क्लबका संगीता रौनियार, रोटरी क्लबका सिर्द्धाथ नबिन, सुरज रौनियार, सत्यनारायण शर्मा लगायतको उपस्थिती रहेको हो। कार्यक्रममा संघका जेष्ठ सदस्य भिम कुमारी श्रेष्ठलाई नगद पच्चिस सय र दोसल्ला ओढाएर सम्मान समेत जनाईएको हो।
संघका सचिव दिल राजबंशीले संचालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष उत्तम खतिवडाको रहेको हो भने औचित्य माथि प्रकाश संघका सल्लाहाकार दोर्णचार्य निरौलाले गरे। दुई महिने संगीत प्रशिक्षण बिर्तामोड नगरपालिकाको सहयोगमा प्रशिक्षक चन्द्र भट्टराईले दिलाउने कार्यक्रममा जानकारी गराईएको र सोही कार्यक्रममा नयाँ वर्ष २०८१ को स्वागत समेत जनाईएको हो।
Comments
Post a Comment