बिर्ताबजारमा अटो दुर्घटना एकको मृत्यू,अर्का घाईते

 


 २१ चैत्र,बिर्तामोड

 बिर्तामोडबाट गरामनी तर्फ जाँदै गरेको प्र १–०१–००२ ह ६२१ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा ताप्लेजुङ जिल्लाको पाथीभरा याङवरक–२ बस्ने ३१ बर्षीय सामना लिम्बू र साबिकको । डुम्रिसे–२ बस्ने ३६ बर्षीय भीमबहादुर तामाङ घाइते भएकामा घाईते भिम बहादुर तामाङ्गको भने मृत्यू भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाले जनाएको छ अर्का घाईते लिम्बुको भने गम्भिर अवस्थामा बिर्तामोडको बि एण्ड सि अस्पतालमा उपचार भैरहेको जनाईएको हो। 
दुर्घटना साँझ करिव सवा सात बजे बिर्तामोड नगरपालिका वडा न.-३ बिर्तामोड नगरपालिका कार्यलय नजिकै अगाडी दुर्घटना भएको हो।

अटो प्रहरीको नियन्त्रणमा रहे पनि अटोका चालक भने हाल फरार रहेको जानकारी छ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन