बिर्ताबजारमा अटो दुर्घटना एकको मृत्यू,अर्का घाईते
२१ चैत्र,बिर्तामोड
बिर्तामोडबाट गरामनी तर्फ जाँदै गरेको प्र १–०१–००२ ह ६२१ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा ताप्लेजुङ जिल्लाको पाथीभरा याङवरक–२ बस्ने ३१ बर्षीय सामना लिम्बू र साबिकको । डुम्रिसे–२ बस्ने ३६ बर्षीय भीमबहादुर तामाङ घाइते भएकामा घाईते भिम बहादुर तामाङ्गको भने मृत्यू भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाले जनाएको छ अर्का घाईते लिम्बुको भने गम्भिर अवस्थामा बिर्तामोडको बि एण्ड सि अस्पतालमा उपचार भैरहेको जनाईएको हो।
दुर्घटना साँझ करिव सवा सात बजे बिर्तामोड नगरपालिका वडा न.-३ बिर्तामोड नगरपालिका कार्यलय नजिकै अगाडी दुर्घटना भएको हो।
अटो प्रहरीको नियन्त्रणमा रहे पनि अटोका चालक भने हाल फरार रहेको जानकारी छ।
Comments
Post a Comment