मंगोल नेशनल अर्गनाईजेशनको सत्ताईस नयाँ समिति चयन
१ बैशाख,बिर्तामोड
निर्बाचित झापा जिल्ला अध्यक्षमा सागर दर्जी,सचिबमा सिनारा मेचे,कोषाध्यक्षमा नर बहादुर राई,सह सचिवमा बुद्धहाङ फुरुम्बो,प्रचार प्रसार सचिवमा बिजयहाङ लिम्बू,सदस्यहरुमा भरत राई,भानु घिमाल,बुद्ध केदेम,छबिन्द्र स्याङबो,चन्द्रहाङ लिमखिम,डिल्ली योङहाङ,प्रेम बहादुर लिम्बु,राम बि.क. सुभाष लिम्बु,गुञ्ज राना मगर,शैलेन्द्र लिम्बु,चन्द्रा लिम्बु,इक्साहाङ लिम्बू,दिपेश राई,बाल कुमार राई,इन्द्र कुमार सुहाङ,मोहन सिंह लिम्बू,हिजन राई,अम्विका बहादुर तामाङ्ग बोम्जन, धनसरी राई,सम्झना राई,मञ्जु तामाङ्ग र सल्लाहकारहरुमा बानिरा मेचे,बीरबल योङहाङ्ग र सिद्धि कुमारी राई चयन भएको जनाईएको हो।
मंगोल नेशनल अर्गनाईजेशनको झापा जिल्ला अध्यक्ष बानिरा मेचेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मंगोल नेशनल अर्गनाईजेशनका प्रेसिडेन्ट बुद्धलाल मेचे,पन्ध्रौं अधिबेशन मूल प्रचार प्रसार सचिव भानु घिमाल,केन्द्रिय सचिव मणि बहादुर लिम्बु,केन्द्रिय सचिव सन्तोष तामाङ्ग,केन्द्रिय सदस्य याम श्रेष्ठ,सकुन्तला श्रेष्ठ,प्रबिना थापा मगर,मोरङ्ग जिल्ला सभा अध्यक्ष धनराज लिम्बु,कोशी प्रान्तिय सभा अध्यक्ष सागर राई,गण्डकी प्रान्तिय सभा सचिव नबिन घले लगायतको उपस्थिति रहेको हो।
कार्यक्रम शुरू हुनु अघि प्ले कार्ड सहित मंगोल नेशनल अर्गनाईजेशनको बिभिन्न नारा सहितको रर्यालीले सैनिक बजार परिक्रमा गरेको कार्यक्रमको स्वागत पन्ध्रौं मूल आयोजक प्रचार प्रसार सचिव भानु धिमाल र संचालन सचिव सागर दर्जीले गरेका हुन्। बक्ताहरुले नव निर्बाचित पदधिकारीहरुलाई कार्य सफलताको शुभकामना व्यक्त गरेको कार्यक्रममा बिभिन्न कलाकारहरुले गायन तथा नृत्य समेत प्रश्तुत गरेका हुन् भने कार्यक्रमलाई पन्ध्रौं एतिहासिक अधिबेशन नामाकरण गरिएको जनाईएको हो।
Comments
Post a Comment