बिर्तामोड-९ मा पुग्यो खाने पानीको धारा

 



९ बैशाख,बिर्तामोड

बिर्तामोड-९ मा पहिलो पल्ट खानेपानीको धारा स्थानियको घरमा पुगेको छ। बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई संस्थानको धाराको पानी स्थानिय वडा बासीको घरमा पुगेको हो। बिर्तामोड-९ अन्तर्गत नारायण कृष्ण टोल,सतालसिंहबारी टोल र खामतेलबारी टोलका दुर्गा ढकाल,श्री प्रसाद पाठक,लय प्रसाद रिजाल,अनिरुद्र रिजाल, दुर्गा देबी चिमरिया,सालुक सिंह राजबंशी,चेत कुमार शिवाकोटी,दुर्गा आर्चाय,यामनाथ रिजाल लगायत स्थानिय नौ परिवारजनको घरमा आज नयाँ धारा जडान गर्ने गरि बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई संस्थानका प्रमुख अतिथि अध्यक्ष मेघराज बास्तोलाले दुर्गा ढकालको घरमा जडान गरिएको धाराको पानी संचालन गरि उद्घाटन गरे।

स्थानिय बासुदेब अधिकारी,श्री प्रसाद पाठक
लगायतले अर्सानिकयुक्त पानी पिउन बाध्य बिर्तामोड-९ का  वडा बासीले अब आर्सेनिकबाट मूक्त शुद्ध पानी पिउन पाउने बताए। पूरै वडामा खानेपानी क्रमशःबिस्तार गर्दै लैजाने पनि अधिकारी र पाठकद्धयले जानकारी गराए। अधिकारी र पाठकद्धय लगायतकै पहलमा विर्तामोड-९ मा पहिलो पटक खाने पानीको धारा पुगेको जनाईएको हो।

बिर्तामोड-९ का वडा अध्यक्ष हरि चौंलागाईको अध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रममा स्वागत स्थानिय टिकाराम रिजाल र संचालन बासुदेब अधिकारीको रहेको हो भने कार्यक्रममा प्रमुख अतिथि लगायत बिर्तामोड खानेपानीका सचिव पारस सिटौला लगायतले शुभकामना मन्तब्य राखेका हुन्।

Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति