बिर्तामोड-१० का एक युवकको संखुवासभामा शंकाशपद मृत्यू


मृतक कृष्णको फाईल तस्बिर
 
३ बैशाख,बिर्तामोड
बिर्तामोड -१० का एक युवकको संखुवासभामा शंकाशपद मृत्यु भएको छ। बिर्तामोड-१० सैनिक क्याम्प निबासी बयालिस बर्षिय कृष्ण शिवाकोटीको शंकासपद मृत्यू भएको जनाईएको हो। मृतक शिवाकोटी संखुवासभामा निर्मित अरुण तेश्रो हाईड्रो पावरमा टिपर चालकको रूपमा कार्यरत रहेको र उनको शंकाशपद मृत्यु भएको उनका दाजु ओम शिवाकोटीले जानकारी दिए।
हाइड्रो पावरमा कार्यरत मृतक कृष्णका साथीले होली पछाडी कष्णको घरमा उनी हराएको र त्यता घरमा आईपुगेको छ कि छैन भनि फोन मार्फत जानकारी गराएको बताइएको छ भने घटना पहाडी होलीको दिन चैत्र एघार गते भएको समेत जनाईएको हो। उक्त दिन कम्पनी छुट्टी भएकोले रमाईलो गर्न भनी साथी भाईसंग संखुवा सभाको नुम गाउँ मकालु गाबिस वडा न.५ दलित भन्ने बजारमा कृष्ण गएका र सोही दिन देखि कृष्ण बेपता भएका हुन् पछि खोजीको क्रममा लगभग  सत्र अठार दिन पछि उनको शव नुम गाँउ मकालु खोल्सामा भेटिएर उन्नतिस चैत्रमा घरपरिवार उक्त स्थानमा गई शव पहिचान सनाखत र पोष्ट मार्टम गरि सदगति समेत गरिएको समेत मृतकका दाजु ओम शिवाकोटीले बताए। मृतकका एक श्रीमति एक करिव बारह तेरह बर्षका छोरी र एक करिव आठ बर्षका छोरा छन् ।
मृतकका परिवारले हराएको खबर पाए पछि लगत्तै इप्रका अनारमनीमा आफन्त हराएको निबेदन दिएका र  शंकाशपद मृत्यू भएकोले सिन्धुपाल्चोक प्रहरीले अनुसन्धान समेत जारी राखेको दाजु ओम शिवाकोटीले बताए। 
के कारणले,किन,कसरी मृत्यू भयो भन्ने बारेमा प्रहरीले अनुबन्धान गरिरहेको समेत उनका दाजुले बताए।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते