आर्दश लिम्बुको निर्देशनमा तयार हुदैछ एतिहासिक डकुमेन्ट्री चलचित्र कालो मसी

अषाढ ९,झापा सुरेश आले "सर्जु" बिर्तामोड नेपाली चलचित्र निर्माणको क्षेत्रमा गै-ह ब्यबसायिक सिने निर्माताहरुको एउटा समूह छ । जो चलचित्रलाई व्यावसायिक भन्दा बढी सूचनामूलक सन्देश मौलिक कथा बस्तुमा उर्तान चाहान्छन् । यसै भिडमा उदाएका एकजना कुशल चलचित्र निर्माता र निर्देशकमा पर्छन् आर्दश थलुङ्ग लिम्बु । २६ बर्षको कलिलो उमेरमा धेरै सूचना मूलक बृतचित्र ,म्यूजिक भिडियो आदिको निर्माण गरिसकेको उनी बताउछन् । हालसालै जेठ १ गते देखि छायांकन शुरु गरेर पर्दशनको तयारीमा रहेको एतिहासिक डकुमेन्ट्री कालो मसीका निर्देशक समेत आर्दश लिम्बु हुन्। आर्दश लिम्बु बि.स.१८३१ को लालमोहर नुनको कसम खाएर शासन सत्ता जिम्मा अर्कैलाई लगाईए पछि त्यस भेगका समुदायले भोगेका सामन्तीबाद ,धार्मिक हिंसा, कुटनैतिक राजनिती , कालो मसीबाट लेखिएको अक्षरले कसैको भाग्य कोरिएको कसैको थाप्लो पोतिएको कथा पूर्वाञ्चल भेगमा त्यसबेला बसोबास गरेको बासिन्दाको बसोबास गरेको दु:ख सुख कथा कालो मसी डकु डकुमेन्ट्रीमा समेटिएको निर्देशक लिम्बुले जानकारी गराए। सुटिङ्गमा कलाकारहरु झापा र ईलाम को सिमाना रोङ्ग गॉउपालिका वड...