समाचारको बिषयमा वडा अध्यक्षले पत्रकारलाई धम्काए



प्रशारित समाचार

जेठ २४ झापा

बिर्तामोड-९ का वडाध्यक्ष हरि चौलागाईले पत्रकार रत्नबहादुर बस्नेतलाई धम्क्याएका छन्। 

जेठ २१ गते पूर्वाञ्चल दैनिकमा प्रकाशित समाचारको विषयमा 'त्यस्तो किन लेखेको तुरुन्त हटाउ नत्र कारवाही गर्छु'  भन्दै उनले धम्क्याएका हुन्। 

पूर्वाञ्चलमा प्रकाशित समाचारमा  वडाध्यक्ष नआएको भन्दै पीडितले गरेको गुनासो लेखिएको थियो। त्यसलाई किन लेखेको भन्दै अमर्यादित शब्द बोल्दै धम्कीपूर्ण भाषा उनले बोलेका छन्। 

विद्यालय भवनको एक तलामाथिबाट लडेर घाइते विराट आविमा पीडितले बोलाएपछि पत्रकार पुगेको र त्यस क्रममा पीडित अभिभावकले वडाध्यक्ष बोलाए पनि नआएको गुनासो गरेपछि सो गुनासो लेखिएको थियो। तिमी पत्रकारै हैन, तिम्रा कुराको अर्थै छैन। जस्ता कुरा गर्दै धम्क्याएका छन्। 

उनले सम्पूर्ण काम आफूले गरेको, कसले गरेको भन्दै अमर्यादित शब्द प्रयोग गरेर धम्क्याएका छन्। जब कि पीडित राजबंशी परिवार र बिर्तामोड- ९ का वडाध्यक्ष चौलागाई एउट‌ै टोलका बासिन्दा हुन्। उनी नआएको भन्दै पटक पटक पिडित परिवारले गुनासो गरेका थिए। बिद्यालयमा भएको त्यस दिनको छलफलमा समेत वडा अध्यक्षको उपस्थिति थिएन । उपचारका क्रममा सँगै रहेकी उनकी सानीआमा तारा राजबंशीले र उनका परिवारले सम्पूर्ण विवरण बताएकी थिइन्। एकसाता भईसक्दा पनि उनीहरुसँग भेट नहुनु र उनीहरुको भनाई उदृत गर्दै नआएको भनी लेख्दा के आपत्ति हुन्छ ? पीडितले फोन गरेर बोलाएपछि २० गते शुक्रबार पत्रकार  सुरेश आलेसँगै अवस्थमा बुझ्न र छलफलमा सहभागी हुन पिडित परिवारले पत्रकारहरुलाई विराट आविमा डाकिएको थियो। त्यही दिन पूर्वाञ्चलकर्मी बस्नेत त्यहां पुगी समाचार संकलन गरेका थिए। र समाचार प्रकाशित भए पछी वडा अध्यक्षले धम्काएको जनाएका छन् ।

   

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते