अर्जुनधारा १ क्षेत्रमा हात्तिको आतंक

रत्न बहादुर बस्नेत

जेठ २० झापा

 झापाको बिशेषगरि उत्तरपूर्वी क्षेत्रमा बढ्दै गएको हात्ती आतंक केही दिनयता अर्नुनधारा क्षेत्रमा देखिंदै गएको छ । अर्जुनधारा - १ मा हात्तीले बालीनाली खानुको साथै उपद्रो गरेर क्षति पुर्याउन थालेपछि यहाँ हात्तीको आतंक बढेको हो। 

क्षति गरेको निर्माणाधिन खानेपानी ट्यांकी

अर्जुनधारा - १ सातकटेरीका खड्ग फागोको केरा खेतीमा हात्ती पसेर क्षति पुर्याएको छ। उनले १२ कट्ठामा लगाएको केराबारीमा हात्तीले खाएर र लडाएर नोक्सान गरेको फागोकी पत्नी हरिमाया फागोले बताईन् । 'रातको समयमा ९ वटा हात्तीको हुल बारीमा पसेर घरि सहित केराको बोट लडाएर, खाएर र सुपारीको बोटसमेत भाचेर सखापै पारेको छ'- हरिमायाले भनिन्- 'यसअघि पनि हात्तीले सानो तिनो क्षति पुर्याउने गरेको भए पनि त्यसको जानकारी नगराएको तर यसपटक निकै ठूलो नोक्शानी पुर्याएकोले स्थानीय सरकारलाई जानकारी गराएका छौं' उनले भनिन् ।

क्षत्ति गरिएको केराको बोट

एकसाता अघिदेखि बच्चासहित करीब एक दर्जन हात्तीको हुल यस सामुदायिक वन क्षेत्रमा बसेको र रातको समयमा आसपासको गाउँबस्ती पसेर अन्नबाली र बगैंचाका फलफूल खाएर र भाँचेर नोक्सान गर्ने गरेको हलुवागढ वन उपभोक्ता समूहका सदस्य श्याम जबेगूले बताए। उनले चौरासेका कृषक लोकनाथ श्रेष्ठको १० कट्ठा, सिस्ने भूलभूलका विष्णु ढकालको १ बिगाह क्षेत्रको मकैबाली पूर्णरुपले क्षति पुर्याएको बताए। आफ्नो पाकेको मकै भाँचेर र खुदेर सखाप पारेको सातकटेरीका किसान मदन सापकोटाले बताए। एकातिर बाँदरको हैरानी छ अर्कोतिर हात्तीको त्रास बढेर राती सुत्न गाह्रो भएको छ- स्थानीय धनकुमारी राईले बताईन्। त्यसैगरी हलुवागढ पर्यापर्यटन क्षेत्रमा निर्माणाधीन खानेपानी ट्याङ्कीमा समेत हातिले क्षति पुर्याएको छ। 
क्षति भएको केरा खेती

 बर्ने , बुधबारे हुँदै यसक्षेत्रका सामुदायिक वनमा हात्ती पस्ने र बस्ने गरेको हो। बेलुकी भएपछि स्थानीय जम्माजम्मी भएर हल्ला गरेर हात्ती धपाउने गरेका छन्। हात्तीको बिगबिगी बढिरहे पनि सुरक्षाका लागि प्रशासनले केही नगरिएको स्थानीयबासीको गुनासो छ। बन कार्यलयबाट सुरक्षाकर्मीको टोली एकपटक गाउँमा आएको सामाजिक अगुवा डेगेन्द्र आचार्यले जानकारी गराए ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते