झापा : घन्सीको उपयोगले बढाउन खोज्दै किसान धान उत्पादन




जेठ ३० झापा
सुरेश आले "सर्जु" 

झापा बिर्तामोड १० बिराटपोखरका केही स्थानमा धान खेती गर्नु अगाडी लगाईएको घन्सीको बाली तस्बीरमा। अब यसलाई यतिकै हिलो पानीमा जोतेर यस माथि धान रोपिन्छ । घन्सीलाई धान रोप्नु भन्दा १-२ महिना अगाडी नै बारीमा छर्ने र हुर्काउने चलन छ। प्राङ्गारिक मलको राम्रो श्रोतको रूपमा र माटोको उर्बरा शत्ति बढाउन यसको प्रयोग कृषिमा गरिएको हो । १०० रुपिया प्रत्ति के.जी.यसको  बिउ किनेको कृषकह्ररु बताउछन् । आफैले पनि घन्सीको बिउ उत्पादन गर्न सकिन्छ। पातलो र बाक्लो छराईको आधारमा  प्रति कठ्ठा १ देखि डेढ किलो बिउ छर्न सकिने हुन्छ । ३ महिना सम्मको बोट जोतेर उपयोग गर्न सकिने उनीहरूले बताए । धान रोपि सके पछि यो हिलो र माटोमा गल्दै जादा धानको बोटलाई आवश्यक पर्ने नाइट्रोजन फस्फोरस पोटास र खनिज तत्व प्राप्त हुने हुदाँ माटोको अवस्था सुर्धान साथै धानको उत्पादनबढाउन यसको प्रयोग लाभदायक हुने बिज्ञहरुले बताएका छन्। स्‍थानिय बोलीचाली भाषामा यसलाई डेंचा पनि भनिने गर्छ। घन्सी छरिसके पछि त्यस ठाँउमा बाली लगाउन नसकिने हुँदा किसानहरुले यसलाई ग्रामिण कृषिमा कमै मात्रामा लगाउछन्। यो हरित मल खादले माटोमा भएको अम्लियपन र क्षारिय पनको समस्या सामाधान गर्न सहयोग गर्ने गर्छ। यसलाई कुनै पनि बाली लगाउन अगाडी लगाईने गरिन्छ। (फोटो फिचर)

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते