स्ट्रीट सिङ्गिङ्ग बाध्यता हो - प्रशान्त लिम्बु

 
बिर्तामोडमा गीत गाउँदै प्रशान्त लिम्बु

जेठ २५ झापा

  मेरो नाम प्रशान्त लिम्बु हो । म मेचीनगर नगरपालिका वडा न.११ धाईजन बाँसबारीमा बस्छु।  मेरो परिवारमा १ जना बुबा, श्रीमति, म र सानो छोरा सहित ४ जना छौ । म नेत्रहिन हो । पहिले मेरो आँखा राम्रै थियो पछि बिग्रिएको हो। मैले आई. ए. सम्मको अध्ययन गरेको छु। हाल म झापा जिल्लाको काकरभिट्टा, बिर्तामोड , बिर्ताबजार ,चारआली क्षेत्रमा साउण्ड बक्स को सहायताले ट्रयाकमा गीत गाएर सहयोग जुटाउदै आफ्नो चार जनाको परिवार पालिरहेको छु। सहयोगीको रुपमा  बुबा मसंग हिड्नु हुन्छ। उहाँको उमेर पाको भैसकेको छ । मैले दिनमा ५०० देखि १००० रूपैया सम्म गीत गाएर सहयोग जुटाएको छु । त्यै पैसाले छोरो पढाउने घर खर्च गर्ने र चार जनाको पेट पाल्नु पर्छ खेतीपाती छैन । जम्मा १ कठ्ठा जमिन छ । नेत्रहिन संघ लगायत बिभिन संघ संस्थाले र ब्याक्ती तथा सामाजिक अभियन्ताहरुले समय समयमा जिन्सी लगायत खाद्यान्न सामाग्री सहयोग गर्ने गरेका छन् । म उहाँहरु प्रति आभार प्रकट गर्न चाहन्छु ।
प्रशान्तको एनिमेटेड तस्विर
म पछि नेत्रहिन भएको हुनाले ब्रेल लिपिमा नपढेकोले कोटामा जागिर पाउन सकेको छैन। मागुरमाडी टोल बिकाश संस्थाको साउण्ड सिस्टम २-४ दिनलाई सहयोग मागेर त्यै साउण्ड सिस्टम प्रयोग गरेर संगीत मार्फत सहयोग जुटाउदैछु । मैले यसरी गीत संगीतमा स्ट्रीटमा  गाउन थालेको २०-२५ दिन मात्र भएको छ । संगीतको औपचारिक ज्ञान भने मैले लिएको छैन। एउटा साउण्ड सिस्टम किन्नु पर्ने बाध्यता छ । अहिले प्रयोगमा भएको साउण्ड सिस्टम संस्थाले केही दिनको लागि मात्र दिएको हो। फिर्ता गर्नु पर्छ ।  मेरो आँखा ७३ सालमा बिग्रेको हो। बंगुरपालनमा फर्म भरेर २ वटा बंगुर पाल्न सहयोग जुटेको छ। आफनो गाविस वडाको तर्फबाट हालसम्म कुनै सहयोग छैन । म नेत्रहिन संघको सदस्य पनि हो । नेत्रहिन संघ झापा जिल्ला अध्यक्ष श्रृजना बराल र सचिव भोजराज तामाङ्गलाई हामीले नै भोट दिएर जिताएको हो। संघबट मासिक भत्ता २०००-२१०० रुपैया प्राप्त हुन्छ । झापाकै नेत्रहिन गायक जेठा मूर्मूले टिम बनाएर गीत गाएर हिड्न मलाई आग्रह गरेका थिए तर अहिले त्यता ध्यान दिएको छैन । मैले ट्रयाकमा गाउने सेमी  गीतहरु पिरती गासेको ,उराठै लाग्दो डाँडा पारी बन ,थुन्सेको भारी बिसाउने , मालिङ्गो काटी नि हौ बिनायो बाजा ,हिरा काट्ने हिरैमा राखेर ,ओराली लागेको , चिठी तिमीलाई लेखुँ भन्छु , मन पराउने हजार मेटिन्छर ,लेकु राम्रो बसन्तले , सिंदूर भर्ने एउटा कुरा , आकाशैमा चिल हो की बेसारा लगायतका छन् । पेट पाल्न बाधयताले मैले शहरमा गीत गुन्जाजाउनु परेको हो ।  यो  एउटा कला पनि हो।               
                           प्रस्तुति : सुरेश आले "सर्जु"

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते