आर्दश लिम्बुको निर्देशनमा तयार हुदैछ एतिहासिक डकुमेन्ट्री चलचित्र कालो मसी

अषाढ ९,झापा

सुरेश आले "सर्जु" बिर्तामोड

  नेपाली चलचित्र निर्माणको क्षेत्रमा गै-ह ब्यबसायिक  सिने  निर्माताहरुको एउटा समूह छ । जो चलचित्रलाई व्यावसायिक भन्दा बढी सूचनामूलक सन्देश मौलिक कथा बस्तुमा उर्तान चाहान्छन् । यसै भिडमा उदाएका एकजना कुशल चलचित्र निर्माता र निर्देशकमा पर्छन् आर्दश थलुङ्ग लिम्बु । २६ बर्षको कलिलो उमेरमा धेरै सूचना मूलक बृतचित्र ,म्यूजिक भिडियो आदिको निर्माण गरिसकेको उनी बताउछन् । हालसालै जेठ १ गते देखि छायांकन शुरु गरेर पर्दशनको तयारीमा रहेको एतिहासिक डकुमेन्ट्री कालो मसीका निर्देशक समेत आर्दश लिम्बु हुन्।

आर्दश लिम्बु

बि.स.१८३१ को लालमोहर नुनको कसम खाएर शासन सत्ता जिम्मा अर्कैलाई लगाईए पछि त्यस भेगका समुदायले भोगेका सामन्तीबाद ,धार्मिक हिंसा, कुटनैतिक राजनिती , कालो मसीबाट लेखिएको अक्षरले कसैको भाग्य कोरिएको कसैको थाप्लो पोतिएको कथा  पूर्वाञ्चल भेगमा त्यसबेला बसोबास गरेको  बासिन्दाको बसोबास गरेको दु:ख सुख कथा कालो मसी डकु डकुमेन्ट्रीमा समेटिएको निर्देशक लिम्बुले जानकारी गराए।

सुटिङ्गमा कलाकारहरु

झापा र ईलाम को सिमाना रोङ्ग गॉउपालिका वडा नम्बर ६ जिर्मले देउराली खालिपे बस्ती क्षेत्रमा मूल रुपमा कालो मसीलाई छायांकन गरिएको यस डकुमेन्ट्रीका चरित्र नायक फूङ्गनाम लिम्बुको भनाई छ । उनले चलचित्रमा कान्तिकारी समाज सुधारक  यूवाको भूमिकामा अभिनय गरेको र त्यस समयको तथ्यगत बिषय बस्तुको पात्रमा आफूलाई अभिनय गर्न लगाईएको स्विकारे । आफूले न्याय संगत ढंगले कालो मसीमा मौलिकताको आधारमा अभिनय गरेको बताए । त्यस भेगका स्थानिय लगायत बिशेष गरि लेप्चा समुदायले डकुमेन्ट्री छायांकनको क्रममा आफुहरु प्रति गरेको माया र सहयोग जीवन भर भूल्न सकिदन समेत भने । फुङ्गनामले यस अघि पनि आर्दश लिम्बुद्वारा निर्देशित १२-१४ वटा सर्ट मूभीमा आफ्नो अभिनय रहेको बताएका छन् ।

सन् १९३० को दशकमा भारतमा ब्याप्त बालबिबाह सम्बधि कथामा तयार भएको "वाटर" डकुमेन्ट्री ओस्कार अवार्डमा नोमिनेशनमा परेको प्रख्यात दिया मेहताको डकुमेन्ट्री चलचित्र हो । कबि तथा गीतकार श्रवण मुकारुङ्गले निर्माण गरेको नेपाली कथानक चलचित्र अनागरिक जनजातिको पृष्टभूमिमा निर्माण भएको लोकप्रिय चलचित्र हो । यि दुबै चलचित्र को ब्यबसायिक निर्माता  होइनन् भने तथापि उनीहरु सूचनामूलक चलचित्र निर्माणमा उ बेला चर्चित रहे । आर्दश लिम्बु त्यै दर्जाका सूचनामूलक चलचित्र निर्माण गर्न चाहान्छन् र गर्दैछन् । लगभग कालो मसी डकुमेन्ट्रीलाई त्यै दर्जाको डकुमेन्ट्री सम्झिदिए पुग्छ भन्छन् । कुनै एउटा काल्पनिक नदी फालु खोलाबाट कालो मसीको कथा शुरु भएर त्यै खोलाको सेरोफेरोमा कथा अन्त्य हुन्छ । उनको भनाई छ । त्यसको लागि ईलाम र झापाको सिमाना जिर्मलेलाई रोजिएको हो उनी भन्छन् ।

डकुमेन्ट्रीको पोष्टर

कालो मसी डकुमेन्ट्री १ घण्टा ३० मिनेट समयावधिको रहेको छ । डकुमेन्ट्री  त्रिएक म्यूजिक प्रा.लि. मेचीनगर ९ धुलाबारी झापाको ब्यानरमा निर्माण भएको र पात्रहरु मुख्य भूमिकामा धन बहादुर पन्धाक, जिमि हाङ्ग राई नायिका सबिना बस्नेत (पूर्व मिस झापा) बर्षा  शाह चरित्र अभिनेता आर्दश थलुङ्ग लिम्बु , सुब्रत चौलागाई , राज निरौला  फूङ्गनाम लिम्बू लगायत रहेका छन् भने डकुमेन्ट्रीमा राई र लिम्बुको मौलिकता झल्कने एउटा पाँच मिनेट लामो गीत रहेको गीतमा गायिका सजिना राई र नितेश गहतराजको आवाज छ । गीतको रचना संगीत तथा चलचित्रको कथा पटकथा आर्दश लिम्बू संगीत एरेन्ज अशोक थापा गीत रेर्कडिङ्ग स्टुडियो काव्य रेर्कडिङ्ग स्टुडियो दमक छायांकन  नबिन धिमाल, अबिशन सावाँ,नृत्य निर्देशक राज शेर्मा  रहेको निर्माण पक्षले जनाएको छ । कालो मसी डकुमेन्ट्री छायांकन सकिएर सम्पादन सकेर आउने आगामी महिना दिनमा नाटकघर हुदै बिभिन्न  फेस्टिबल र सिनेमा घरमा पर्दशन गरिने समेत निर्माण पक्षले जानकारी गराएको छ । निर्देशक लिम्बूले यसभन्दा अधि पनि विभिन्न लघु चलचित्र बृतचित्र , म्यूजिक भिडियो निर्माण गरि सकेकाछन् । अब उनको कुशलता भने कालो मसी डकुमेन्ट्री हेरिसके पछि थप पत्ता लाग्ने नै हुन्छ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते