मृतकका परिवारजनमा २५ हजारको सहयोग

२१ जेठ झापा

बिर्तामोड । झापाको मेचीनगर-६, काँकरभिट्टा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) ले आफ्नो शेयर सदस्यको निधन भएपछि सैनिकबजारको एक परिवारलाई नगद २५ हजार राहत सहयोग गरेको छ। 

सहयोग र समवेदना पत्र लिदै

एनएमसी सहकारी बिर्तामोड-१० सैनिक बजार सेवा केन्द्रका शेयर सदस्य मुक्तिप्रसाद तिवारीको निधन भएपछि सैनिक बजारस्थित स्व.तिवारीको निवासमा पुगेर सहकारीले नगद २५ हजार रुपैयाँ प्रदान गरेको हो। संस्थामा तिवारी परिवारका १० जना शेयर सदस्य रहेको जनाईएको छ । 

एनएमसी सैनिकबजार सेवा केन्द्रका कार्यालयगत उपसमिति संयोजक मनु मुखिया,सदस्य गंगाप्रसाद मैनाली एकाई नं.२ उपसमिति संयोजक रत्नबहादुर बस्नेत,सदस्य सीतादेवी राई,कार्यालय प्रमुख सन्तोष ढुंगाना,कर्मचारी पवन मैनाली,लुवराज प्रसाईं,चन्द्रबहादुर राई लगायतको टोलीले समवेदनापत्र सहित उक्त राहत रकम हस्तान्तरण गरेको बजार प्रतिनिधि निशा लिम्बूले जानकारी  दिइन्। 

 संस्थामा ६ हजार ३ सय रुपैयाँसम्म शेयर रकम मौज्दात भएका सदस्यको  निधन भएमा  संस्थाको नियम अनुसार उक्त रकम प्रदान गरिएको बताईएको छ।  एनएमसीका एक लाख २० हजारभन्दा बढी शेयर सदस्य रहेका छन्। 

 सेवा केन्द्रका कर्जा विभाग प्रमुख पवन मैनालीले सहजीकरण गरेको कार्यक्रममा उपसमिति संयोजक मुखियाले सहकारीले आफ्ना सदस्यको सुखदुःखमा सधैं साथ दिंदै आएको बताईन्।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते