नेकपा एस विर्तामोडबाट नगर प्रमुखलाई ज्ञापन पत्र

जेठ १८ झापा

 बिर्तामोड बासीको समस्या सामाधान गर्न नवनिर्वाचित बिर्तामोड नगर प्रमुख पबित्रा महतरा प्रसाईलाई आज नेकपा एकिकृत समाजबादी  विर्तामोड नगर कमिटिको तर्फबाट बधाई तथा शुभकामना सुझाब सहितको ज्ञापनपत्र बुभाईएको छ। नेकपा एकिकृत समाजबादी बिर्तामोड नगर कमिटि झापाका तर्फ बाट अध्यक्ष श्री प्रसाद सिटौला र सचिब कृष्ण बिष्ट सहितको हस्ताक्षर सहितको ज्ञापन पत्र आज नगर प्रमुख लाई नगर पालिका कार्य कक्षमा बुझाईएको हो। बिर्तामोड नगर इन्चार्ज श्री प्रसाद सिटौला प्रचार विभाग प्रमुख तिर्थ सिग्देल लगायतले सो ज्ञापन पत्र बुझाएको नेकपा एस प्रचार बिभाग प्रमुख तिर्थ सिग्देलले जानकारी गराउनु भयो।

ज्ञापन पत्र बुझाउदै नेकपा एस बिर्तामोड

बुझाईएको ज्ञापनपत्र (पूर्ण पाठ)

 बिर्तामोड नगर पालिकामा नयाँ नेतृत्वको रुपमा निर्वाचित भएर आउनुभएका तपाईँ लगायत जनप्रतिनिधिहरुमा हार्दिक बधाई तथा शुभ कामना व्यक्त गर्दै नगरका समस्या समाधान गर्न यहाँहरु दत्तचित्त भएर लाग्नुहुने कुरामा आशाबादी छौं । समुन्नत, सभ्य र समृद्ध नगर निर्माण गर्न सकारात्मक भूमिका निर्वाह गर्न सक्नुहोस् भन्ने शुभेच्छा पनि प्रकट गर्दछौं । तसर्थ यसै नयाँ परिवेशमा हाम्रो पार्टीको तर्फवाट बिर्तामोडमा देखा परेका निम्न समस्या समाधान गर्न आग्रह गर्दे यो ज्ञापन पत्र पेश गरेका छौं । 

१) बिर्तामोड नगरपालिका फोहोर मैलाको ब्यवस्थापनजस्तो बिषयलाई निजी क्षेत्रलाई सुम्पिएर आफ्नो दायित्वबाट पन्छिएको ठहर गर्दै हालको ब्यवस्था खारेज गरेर नगरपालिकाकै संयन्त्रद्धारा फोहोर मैलाको ब्यवस्थापन गर्ने ब्यवस्था गरियोस् । साथै जनतालाई करमाथि कर थोपर्ने गरी फोहोर मैला उठाउने नाममा लिइने शुल्क तत्काल हटाइयोस् । 

२) बिर्तामोडको सडक बिभागमा रहेको सरकारी जग्गामा सार्वजनिक शौचालय बनाउन सर्वपक्षिय छलफलको प्रारम्भ गरि तत्काल निर्माण कार्य थालनी गरियोस् । 

३) कृषि, पशुपालक किसानलाई मल, बिऊ समयमै उपलब्ध हुने वातावरण मिलाइयोस् । कृषि बिमा, पशु बिमाजस्ता सहुलियत उपलब्ध गराउन तत्काल पहल थालियोस् । कृषि औजार र अन्य उपकरण प्रदान गरियोस् । 

४) बिर्तामोडको नगर अस्पतालको निर्माण कार्यमा भइरहेको ढिलासुस्ती हटाएर निर्माण कार्यलाई तीब्रता दिइयोस् र सो अस्पताललाई बिमाको केन्द्र बनाउन पहल थालियोस् । 

५) सुकुम्बासी, भूमिहिन, घरबारबिहीनहरुको तथ्यांक लिएर भूमी आयोगसँगको समन्वयमा तत्कालै धनीपूर्जा बितरण गर्न पहल गरियोस् । हाल भूमी आयोगमा पुर्याउनुपर्ने त्यस्ता फाइलहरु नगरपालिकामै थन्किएको भन्ने सूचना आएकोमा त्यसो भएको भए ती फाइल तत्काल आयोगमा पठाएर चाँडै सुकुम्बासीहरुलाई नगरबासी बनाउने अभियानको थालनी गरियोस् । 

६) नगरपालिका जनप्रतिनिधीबिहीन भएको र मुलुक निर्बाचनमा होमिएको समयमा गरिएको निजी क्षेत्रका स्कुलहरुको मनपरी र हचुवा तरिकाले गरिएको शुल्क बृद्धि फिर्ता लिने ब्यवस्था होस् । र, त्यसरी गरिएको निर्णय सार्वजनिक गर्दै पुनः सर्बदलीय, सर्वपक्षीय र अभिभावकहरुको बैठकद्धारा बैज्ञानिक तरिकाले शुल्क समायोजन गर्ने निर्णय गरियोस् । 

ज्ञापन पत्र

७) नगरका बिभिन्न क्षेत्रमा खानेपानी, बिजुलीको अझै पनि अभाव छ । त्यसका लागि यथोचित बजेटको ब्यवस्था गरियोस् । 

अध्यक्ष  : श्रीप्रसाद सिटौला                                     सचिवः कृष्ण बिष्ट

नेकपा एकीकृत समाजवादी

बिर्तामोड नगर कमिटी, झापा

०७९।०२। १८

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते