बिराट आधारभूत विद्यालय भवनबाट लडेर छात्र घाईते

 सुरेश आले "सर्जु" बिर्तामोड

 जेठ १९ झापा

बिराट आधारभूत बिद्यालय  बिर्तामोड १० बिराटपोखरको भवनबाट लडेर एक छात्र घाईते भएका छन् । जेठ १३ गते शुक्रबार उनी बिद्यालय को १ तल्ला भवनको झयाल बाट लडेका हुन् । दिउसो टिफिन टाईममा १ बजे उनी लडेर घाईते भएका थिए। हाल उनको विर्तामोड मनमोहन सामुदायिक अस्पतालमा उपचार पश्चात घर ल्याईएको छ ।

घाईतेलाई ड्रेसिङ्गमा लैजान तयार गरिदै

बिर्तामोड ९ कोलाटोलीका सोही बिद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्र प्रदिप राजबंशीको लडेर दुबै खुट्टा  गोली गाँठा माथि र देब्रे हात भाचिएको उनका हजुर आमा सेर्ना राजबंशीले बताईन् । सो बिद्यालयका प्रधानअध्यापक बद्री बास्कोटाले यो भबितब्य हो लडेर दुबै खुट्टा र हात भाच्चिएको हो । साथै उपचार गर्न मनमोहन अस्पताल  बिर्तामोडमा लगेको र रु.१ लाख ६० हजार उपचार खर्च मध्ये बिद्यालयले रु ६७ हजार खर्च गरि थप बिल भुक्तान बिर्तामोड नगरपालिकाले तिर्ने गरि हाल अप्रेसन साथै ४ दिन अस्पताल राखी डिस्चार्ज गरि घरमा पुरयाई अभिभावकको जिम्मा लगाईएको जानकारी गराए। यस्ता घटना हुन नदिन बिद्यालय परिवार र कर्मचारी सचेत रहनुपर्ने सो बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण बिमलीको भनाई रहेको छ ।

घाईते प्रदिप राजवंशी
घाईते छात्रको परिवारले ढिलो गरि उपचारमा लगेको दिउसो १ बजे घाईते भएको र ३ बजे मात्र उपचारमा लगेको उपचारमा लैजान आलटाल गरेको बताएका छन् साथै अब ड्रेसिङ्गमा लाग्ने खर्च थप स्टिल खोल्दा लाग्ने खर्च पूर्ण ब्यबस्था गरिदिनु पर्ने उनीहरुले बताए। परिवारको तर्फबाट आफ्नो रु. ३०००० खर्च भैसकेको त्यो कसले दिने भन्ने गुनासो गरेकाछन् र बिद्यालयमा बिघार्थीहरुको ख्याल गर्नु पर्ने भने ।

यस बिषयमा बिर्तामोड ९ न.वडा अध्यक्ष हरि चौलागाई संग केही जानकारी लिन खोज्दा फोन उठेन् । सामान्य मजदुरी गरिखाने राजबंशी परिवारमा यो दुर्घटना पछि थप जटिलता थपिएको छ । ३-३ दिनम ड्रेसिङ गर्नु पर्ने चिकित्सकले भनेका छन् । थप उपचार  खर्चको लागि बिद्यालय प्रशासन र बडा अध्यक्ष हरि चौलागाईलाई जानकारी गराउने पारिवारजनले जानकारी गराएका छन् भने बिद्यालय परिवारले सम्पूर्ण खर्च ब्यहोर्ने आश्वासन दिदै आएको छ।

बिद्यालयको नवनिर्मित भवनको झ्यालमा ग्रिल नलगाईएको पनि घाईते  बिर्धाथी प्रदिपले बताए ।





.

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते