झापाका केशव मैनालीले बायोग्यास निर्माण र बातावरण संरक्षणमा गरे गाउँबासी लाई सहयोग
![]() |
केशव मैनाली |
सुरेश आले "सर्जु" बिर्तामोड
अहिले पनि झापा जिल्लामा बायोग्यासको क्रेज उत्तिकै छ । यो क्रेज ग्रामिण ईलाकामा मात्र नरहेर शहरी क्षेत्रमा समेत फैलिएको पाईन्छ। बिगत ३६ बर्ष देखि बायोग्यास निर्माणको क्षेत्रमा बिर्तामोड १० धनबीर बाडी टोलका केशव मैनाली यसै बायोग्यास संग सम्बन्धित रहेर बायोग्यास निर्माण कार्यमा तल्लिन छन्। उनी बायोग्यास प्रर्बद्धन गर्ने बिर्तामोडका एक कम्पनीका सुपरभाईजर हुन् । तथापि आफै बायोग्यास निर्माण कार्यमा मजदुर भएर खट्ने गर्छन् । यस क्षेत्रमा नयाँ बायोग्यास प्लान्ट निर्माण गर्नु परे र बनेका पुराना प्लान्ट मर्मत गर्नु पर्दा केशवलाई सम्झने गरिन्छ। बि.स. २०४३ सालबाट उनले बायोग्यास प्लान्ट निर्माण क्षेत्रमा हात हालेका हुन् । आज आएर उनको यो कामको चर्चा यस क्षेत्रमा निकै चर्चित बन्ने गरेको पाईन्छ ।
![]() |
३० बर्ष पहिलेको आफूले बनाएको प्लान्टमा केशव |
२०४३ सालको कुरा कक्षा ९ मा महेन्द्र रत्न मा.बि. अनारमनीमा पढ्दै गर्दा गाउँकै छिमेकी पूण्य प्रसाद उप्रेतीले आफ्नो घरमा बायोग्यास प्लान्ट निर्माण गर्दा केशवले त्यसमा काम गर्ने अठोट र संकल्प गरे । उनलाई काम हेर्दा रमाईलो लाग्यो । त्यस पछि उनको छिनो र मारतोलको कथा त्यही बाट शुरु हुन्छ। त्यस प्लान्ट निर्माणमा केशवले हेल्परको रुपमा काम गरेका थिए। १९ बर्षको कलिलो उमेरमा गरेको त्यो संकल्प आज ४५ बर्ष पुग्दा करिब ४५०० वटा जति बायोग्यास प्लान्ट निर्माण गरि गाउँकै तस्बिर बदल्न केशवको संकल्प सक्षम बनेको छ। बिर्तामोड ९ र १० वरपर उनको यस क्षेत्र गाउँमा प्राय: घरैपिच्छे बायोग्यास प्लान्टहरु निर्माण भएकाछन् र अहिले पनि निर्माणको क्रम उत्तिकै तिब्र छ ।
![]() |
केशव बायोग्यास बाट चुल्हो बाल्दै |
तालिम पछि अझ सशक्त : केशवले बायोग्यास सम्बम्न्धि तालिम लिएका छन्। पुण्य प्रसाद उप्रेतीको बायोग्यास प्लान्ट निर्माणकै क्रममा कृषि यन्त्र कम्पनीका शाखा अधिकृत उदय नारायण बराल मार्फत पृथ्वीनगरका बाघबिरे लिम्बु र केशवले बुटवलमा गएर बायोग्यास निर्माणको तालिम लिएका हुन्। त्यसपछि सिनियर प्राबिधिक गंगा राजबंशीसंग मिलेर शुरुमा काम शुरु गरेको बताए ।
गाउँमा मात्र होइन शहरमा बायोग्यास : केशवले ग्रामिण क्षेत्रमा मात्र बायोग्यासमा काम गरेनन् शहरी क्षेत्रको समेत निर्माणमा उनको अनुभव छ । बिर्तामोडको बि एण्ड सि हस्पिटल को १०० घनमिटरको बायोग्यास प्लान्ट निर्माण उनकै कम्पनीले गरेको हो। बिर्ता सिटि हस्पिटल ५० घनमिटर र चारआली आर्मी क्याम्पको कुरा सुनाए। शहरका घरमा समेत मिनि बायोग्यास प्लान्ट जडान गरेको समेत उनको अनुभव छ । आफनै हातले शहरमा समेत बायोग्यास निर्माणमा उनको संलग्नता रहेको पाईन्छ।
अनुदान कहाँबट लिने,कस्ताले पाउँछन् : केशव भन्छन् ६ घनमिटरको बायोग्यास प्लान्ट निर्माण गर्न कुल खर्च ६५,००० हुन्छ कम्पनी मार्फत अनुदान २०,००० ,नगरपालिका अनुदान १५,००० , श्रमआफैले गरे १५,००० बचत आफ्नो खर्च १५,००० मात्र हुन्छ । तर नगरको अनुदान आर्थिक अवस्था कमजोर भएका ब्याक्ति र ग्रामिण ईलाकामा लागु छ ।
हुदैछ बातावरण सफाईको प्रयास : बायोग्यास बिभिन्न श्रोत बाट निस्कने मिथेन ग्यासको स्वरूप हो यसलाई जलाएर नष्ट गर्नाले बायुमण्डल प्रदुषित हुन पाउदैन । सारा बिश्वले मिथेन ग्यास लाई हानिकारक ग्यासको रूपमा लिएको सन्दर्भमा बायोग्यास निर्माणले मिथेन ग्यास जलाएर नष्ट गर्न जीवनभर मद्धत मिल्नेछ।
जाने श्री खण्ड नजाने खुर्पाको बिंड : गाउँमा
बायोग्यास प्लान्ट राखेका धेरैले केशवले सरहानिय र प्रशंशनिय कार्य गरेको बताएका छन्। बिर्तामोड ९ बद्रीबाडी टोलका चन्द्र प्रसाईले भर्खरै केशव मार्फत आफनो घरमा बायोग्यास प्लान्ट निर्माण गरेका छन्। लगभग झापा जिल्ला पूरै पहाड मधेस नेपाल अधिराज्य पूर्ब भेकमा बायोग्यासको मान्छे भनेर केशव लाई प्राय: चित्रे गरेको केशवको दाबी छ। आफूलाई चिन्ने जान्नेलाई केशवले बायोग्यास सम्बन्धि राम्रो सल्लाह दिदै आएका पनि छन्।
इण्डियन हुदै कोरियन जमाना : बायोग्यास प्लान्टको इतिहास हेर्दा टिनको बायोग्यास मोडल इन्डियन मोडल पहिले प्रचलनमा थियो। त्यसपछि चाइनिज सिमेन्ट गिटी र बालुवा सहितको मोडल भित्रियो । केशवले यही मोडलमा हाल ३६ बर्ष काम गर्दैछन् । अहिले बेलुन बायोग्यास प्लान्ट कोरियन प्रबिधिको परिक्षणमा रहेको छ । तथापि केशव जुनसुकै प्रबिधिमा पनि काम गर्न हिम्मत गर्ने बताउँछन्। आफूले अझैपनि यस क्षेत्रमा लागि परेर काम गर्ने सोंच राखेको उनले बताएका छन्। उनको लागि यो ३६ बर्षको मात्र बायोग्यासको क्षेत्रमा काफी भने होइन् रे केशवले भनेकाछन्। हाल कार्यरत केशवको कम्पनी लोक कल्याण बायोग्यास कम्पनी बिर्तामोड र महा प्रबन्धक सन्तोष उप्रेती रहेका छन् ।
Comments
Post a Comment