सार्बजानिक शौचालय : शिखर साकोसबाट बिर्तामोड


शौचालयको बोर्ड

जेठ २४ झापा 
सुरेश आले "सर्जु"

बिर्तामोडलाई निजी क्षेत्रबाट सार्बजानिक शौचालय सहितको  बिर्तामोड बनाउने अभियान शुरु भएको छ। यसको लागि झापा  बिर्तामोड शहरको दक्षिण भद्रपुर बसस्टेन्ड छेउमा मुख्य कार्यलय रहेको शिखर साकोसले  आफनो कार्यलय भवनको निजी शौचालय सार्बजानिक शौचालयको लागि खुल्ला गरेको हो । आफनो कार्यलय भवनको तल्लो तलामा रहेको एउटा निजी शौचालयलाई सार्बजानिक रुपमा प्रयोग गर्न दिइने शिखर साकोसका अध्यक्ष दिपेन्द्र राउतले बताउनु भयो। बिर्तामोड भद्रपुर रोडको भद्रपुर बस स्टेन्ड सधैं मिडभाड रहने क्षेत्र हो। त्यहाँ सार्बजानिक शौचालयको अभाव छ यस समयमा शिखर साकोसले गरेको कार्य उदहारणिय रहेको कर्णाली  साकोस बिर्ता बजारका बजार प्रतिनिधी युवराज पराजुलीले बताए ।

सार्बजानिक शौचालयको लागि मर्मत 

बिर्तामोडमा मात्र होइन देशभरका शहरहरुमा सार्बजानिक शौचालयको अभाव छ यस्तो परिस्थितीमा शिखर साकोस परिवारले सामाजिक उत्तरदायित्व बहन गर्न यो कार्य गरिएको अध्यक्ष  राउतले जानकारी गराएका छन् । काठमाण्डौका नवनिर्वाचित मेयर बालेन्द्र शाहबाट प्रभावित भएर त  होईन भन्ने प्रश्नको जिज्ञाशामा केही कुरा प्रभावित भएर होला तर सम्पूर्ण उहांबाट प्रभावित होइन थोरै सामाजिक उत्तरदायित्व र सेवाको भावना हो । हामी उहाँको फोटै टासेर चाही कार्य शुरु गर्दैनौ । सेवा भावना भएको पनि उनले जनाए। यस कार्यको लागि बिर्तामोड भद्रपूर बस स्टेन्ड नजिकै पश्चिम पट्टी निशुल्क सार्बजानिक शौचालय लेखिएको बोर्ड सबैले देख्ने गरि राखिनेछ सम्पूर्ण सर्बसाधारणले शौचालय प्रयोग गरे बापत नि:शुल्क सेवा लिन सक्नेछन् तर सरसफाई गरे नगरेको बारे निगरानी गरिनेछ । शौचालय प्रयोग गर्दा सरसफाई बारे भने सबैले ध्यान पुर्‍याउन जरूरी छ उहाँले भन्नुभयो। बिर्तामोड बाणिज्य संघका कोषाध्यक्ष समेत रहेका राउतले बाणिज्य संघ र स्थानिय सरकार संग मिलेर  बिर्तामोडमा अन्यत्र समेत सार्बजानिक शौचालय निर्माण गर्न पहल गरिने पनि जानकारी गराएका छन् ।

भद्रपुररोड स्थित शिखर साकोसको भवन

२०७९ को स्थानिय निर्वाचन पछि निर्वाचित जनप्रतिनिधीहरुले देशको बिभिन्न शहरमा सार्बजानिक शौचालयको बिषयलाई टड्कारो रुपले खुलेरै निर्माण गरिनुपर्ने धारणा अगाडी सारेका छन् ।  बिर्तामोड सिटी सेन्टर मार्केटका संचालक समेत रहेका राउतले  बिर्तामोडको  पूर्वी  क्षेत्रमा रहेको सिटी सेन्टरमा समेत यो प्रकारको सार्बजानिक शौचालय केही दिनमै खुल्ला गरिने तयारी रहेको समेत जनाकारी  गराएका छन्।।

अध्यक्ष दिपेन्द्र संचारकर्मीहरुसंग कुरा गर्देै

शिखर साकोसले घोषणा गरेको सार्बजानिक शौचालय हाल मर्मत भैरहेको र अब १/२ दिनमै संचालन गरिने जनाईएको छ । सहकारी संस्थाले यस्तो कार्य गरेको यो प्रथम पटक बिर्तामोडमा शिखर साकोकले  हो उहाँले भन्नु भयो । बिर्तामोडकै पश्चिम बस स्टेण्डमा सि पी होटलले र बिर्तामोडकै अन्य ठाउँमा धेरै ब्यापारिक फर्म र होटल रेष्टुरेन्ट लगायतले समेत सार्बजानिक शौचालय सर्बसाधारणलाई खुल्ला गरेको छ । काठमाण्डौ महानगरको जेठ २ गते बसेको बैठकले निजी शौचालयलाई सार्बजानिक शौचालयमा  प्रयोग गर्न दिने निजी कम्पनीलाई आव्हान गरेको थियो। साथै महानगरले सार्बजानिक शौचालय संचालन तथा जानकारी बारेमा आफ्नो मोबाईल एप मार्फत प्रष्ट पार्ने जनाएको छ  । बिर्तामोडमा सार्बजानिक शौचालय सम्बन्धि बहस धेरै अघि देखि  तातिदै सेलाउदै आएको छ तर निर्माण भने हुन सकेको छैन । शिखर साकोस २०६७ सालमा दर्ता भएको बिर्तामोडको एक सहकारी संस्था रहेको छ ।


Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते