Posts

Showing posts from August, 2022

बिराटपोखरीमा पूजाका साथ नृत्य प्रतियोगिता

Image
नृत्यमा बिजेता टिम सहित भदौ १४, झापा बिर्तामोड  बिर्तामोड,बिराट सरोबर बहुउदेश्यीय बिकास समितिले पूजा साथै नृत्य प्रतियोगिता आयोजना गरेको छ । हरितालिका ब्रतको दिन आज  बिर्तामोड-३ स्थित एतिहासिक तथा धार्मिक बिराटपोखरीमा कार्यक्रम आयोजना गरिएको हो। त्यस स्थानमा धार्मिक पर्वमा बिभिन्न कार्यक्रम हुदै आएको छ । समितिका अध्यक्ष इन्द्र प्रसाईको अध्यक्षतामा सम्पन्न आजको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिका मेयर पबित्रा महतरा प्रसाई  बिर्तामोड-१० वडा अध्यक्ष दुर्योधन गुरुङ्ग, रासस झापा प्रमुख देबेन्द्र प्रसाई, बिराटपोखर महिला समूह अध्यक्ष कृष्णा प्रसाई, नव दुर्गा कृतन मण्डली  बिर्तामोड-१० उपाध्यक्ष कबिता गौतम, मनकामना कृतन मण्डली-९ अध्यक्ष नैनकला थापा,सिद्धिबिनायक कृतन मण्डली-१० उपाध्यक्ष गीता भण्डारी, उॅ कार कृतन मण्डली-३ उपाध्यक्ष त्रिलोचन आर्चाय, शिव कृतन मण्डली उपाध्यक्ष युवराज न्यौपाने, गायत्री कृतन मण्डली अध्यक्ष डिकराज धउराली ,बिराट सामाजिक यूथ क्लब अध्यक्ष, संचारकर्मी तिलक योञ्जन, तुलसी निरौला लगायतको उपस्थिति रहेको थियो । प्रमूख अतिथिले  कार्यक्रमको ब...

हरितालिका ब्रतमा बिराटपोखरीमा कार्यक्रम हुने

Image
  धार्मिक तथा एतिहासिक बिराटपोखरी भदौ १२,आईतबार सुरेश आले "सर्जु" बिर्तामोड बिराटपोखर,हरितालिका ब्रतको दिन बिराटपोखरीमा कार्यक्रम हुने भएको छ । बिराट सरोबर बहुउदेश्शीय समितिले कार्यक्रम आयोजना गर्न लागेको हो। यसको तयारी भैरहेको समितिले जानकारी गराएको छ ।  हिन्दु नारीहरुको महान तीज ब्रतको दिन यही आउदो १४ गते मंगलबार कार्यक्रम आयोजना गर्न लागिएको हो। यसको लागि पोखरीमा रहेको शिव मन्दिर नजिकै मंच बनाईने र मन्दिरमा बिहान ७ बजे देखि १० बजे सम्म ब्रतालु भक्तजनको लागि पूजाको ब्यबस्था मिलाईने छ । साथै त्यसपछि ३ बजे सम्म भने प्रतियोगितात्मक नृत्य प्रतियोगिता सम्मान साथै पुरस्कार बितरण कार्यक्रम गरिने आयोजकले जनाएको हो। प्रतियोगितात्मक नृत्यको लागि बिबाहित र अबिबाहित महिलाहरुको लागि दुई बिघामा उत्कृष्टहरुलाई पुरस्कृत गरिने आयोजकले जानकारी गराएको छ । ब्रतको दिन महिला दिदी बहिनीहरुलाई थप उर्जा र घार्मिक सद्‌भाव प्राप्त होस भनि कार्यक्रम आयोजना गरिएको जनाइएको छ । अतिथिको लागि बिर्तामोड नगर पालिका प्रमूख मेयर  पबित्रा महतरा प्रसाई,उपमेयर नगेन्द्र संग्रौला, बिर्तामोड वडा न.३ वडा अध्यक्ष ...

मन्दिरमा घण्टी झुण्ड्याउने समाजसेवी सूर्यनारायण

Image
गौरवती सतानुसिंह राजबंशी स्मृति प्रतिष्ठान हनुमान मन्दिरमा सूर्यनारायण राजवंशी सुरेश आले "सर्जु" झापा  भाद्र,१०   बिर्तामोड, दुई वटा घन्टी किनेर राखेको छु। कति बेला कुन मन्दिरबाट घण्टी राखीदिने अनुरोध आउँछ थाहा हुदैन । त्यो बेला किन्न जान भ्याइदैन ल्याएर घरमै राखेको छु । सूर्य नारायण राजवंशीले भेटमा भनेका कुरा हुन् यी। स्थानियले मन्दिरमा केही सहयोग गरिदिने आग्रह गर्दा उनले भने घण्टी राखीदिने प्रतिबद्धता ब्यक्त गर्छन्। स्थानिय मन्दिरहरूमा घण्टी झूण्ड्याई दिदा सूर्यनारायणको खुशीको सिमा रहदैन । हुन पनि हो हाम्रो समाजमा मन्दिर एउटाले निर्माण गर्छ त्यसपछि अन्य थप सहयोगहरु क्रमश:अरुहरुलेनै गरिदिने प्रचलन छ। यसै क्रमलाई निरन्तरता दिदै आएको सूर्यनारायनले ब्यक्त गरे।  प्रतिष्ठानको शिव मन्दिरमा आफूले प्रदान गरेको घण्टी संग सूर्य नारायण बिर्तामोड-३ सतानुबारी सैनिकमोड निवासी सूर्य नारायण राजबंशी त्यत्ति ठूला दानवीर होइन भन्छन् । समाजलाई सानो सहयोग गर्ने इच्छा मुताबिक मन्दिर समितिको अनुरोध र आग्रहलाई  स्विकार्दै र कतिपय मन्दिरमा आफैले पनि प्रस्ताव गरेर उनले आफू बसोबास गरेको स्थान...

बिर्तामोड ९ मा लाखे नांच बिधिवत समापन

Image
  कार्यक्रममा उपस्थित अतिथी भाद्र ५, झापा सुरेश आले "सर्जु"   बिर्तामोड ,नेवा: देय् दवू बिर्तागोड ९ वडा समितिले लाखे नाच समापन गरेको छ । एक कार्यक्रम बिच ४ गते शनिबार बिर्तामोड ९ लखिबारी श्री भिमसेन मन्दिरमा यस बर्षको लाखे नांचलाई बिधिवत रुपमा समापन गरिएको हो।  समितिका अध्यक्ष रत्न बहादुर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि  बिर्तामोड ९ वडा अध्यक्ष हरि प्रसाद चौलागाई बिशिष्ट अतिथिहरु नेवा: देय् दवूका प्रदेश १ अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ ,प्रदेश १ सदस्य ओम प्रकाश श्रेष्ठ , नगर अध्यक्ष  छत्र बहादुर श्रेष्ठ , बरिष्ठ उपाध्यक्ष रत्न कुमार श्रेष्ठ ,सचिव जीवन श्रेष्ठ, उपाध्यक्ष मूक्ति श्रेष्ठ समिति सदस्य तेज बहादुर श्रेष्ठ ४ न. अध्यक्ष रुबास श्रेष्ठको उपस्थिती रहेको थियो । साथै जनप्रतिनिधि बिर्तामोड वडा न.९ वडा सदस्य केशव कुमार बुढाथोकी सल्पना राजवंशी सहित राजवंशी बिकाश संस्था वडा न. ९ अध्यक्ष अर्जुन राजवंशी श्री भिमसेन मन्दिर निर्माण जग्गा दाता मदन श्रेष्ठ, किरात याक्थङ्ग चुम्लुङ्ग वडा न. ९ अध्यक्ष प्रेमकला बेघा सञ्चारकर्मी रत्न बहादुर बस्नेत सा...

सैनिकको भरोसा रूप नारायण सरको निधन

Image
भाद्र ४, झापा बिर्तामोड,महेन्द्र ज्योति  मा. बि. पूर्व शिक्षक रुपनारायण मुखियाको निधन भएको छ। आज बिहान ५ बजे निधन भएको हो। २००९ साल ८ महिना १ गते जन्मिएका मुखिया महेन्द्र ज्योति मा. बि. बिर्तामोड १० सैनिक बजारका पूर्व शिक्षक., सिर्दाथ शिक्षा सदन ईगंलिस स्कूलका  प्रिन्सिपल , सैनिक बजार ब्यवस्थापन समिति पूर्व अध्यक्ष  , सैनिक स्मारक सचिव  ,सैनिक सेवा समाज सचिव  ,जनजाति महासंघ सह सचिव  , सुनुवार सेवा समाज सचिव साथै  बिभिन्न सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो । उनका नाती असिम मुखिया र भाउजु मनु  मुखियाका अनुसार बिहान ३:३० बजे बाथरूम गएका बेला अस्वस्थ भएका थिए त्यस पश्चात बिर्ता सिटि  हस्पिटल ४:५० बजे पुरयाईएकोमा चिकित्सकले परिक्षण पश्चात ५: ००  बजे निधन भएको पुष्टी गरेको जनाएका छन्। उनका ४ छोरीहरु स्व. निलु मुखिया , मेनुका ,अनु र दिपा रहेका छन् भने श्रीमति अमृत मुखियाको पहिल्यै निधन भैसकेको छ।  बिर्तामोड १० सैनिक बजार निबासी मुखियाको छोरीहरु बाहिर रहेका आएपछि आजै दाहसंस्कार गरिने जनाईएको छ।

श्रीकृष्ण जन्माष्टमी मनाईयो

Image
गौरवती सतानुसिंह राजबंशी स्मृति प्रतिष्ठान सुरेश आले "सर्जु" भाद्र ३,झापा  बिर्तामोड  श्रीकृष्ण जन्मअष्टमी मनाईयो । ज्ञान भक्ति र कर्मयोगका उन्नायक श्रीकृष्णको जन्म भाद्र शुल्क अस्टमी तिथिमा पर्दछ। यसै अवसरमा श्रीकृष्ण जन्मअष्टमी पर्ब मनाईएको हो। बिहानै देखि बिभिन्न मठ मन्दिरहरुमा कृष्ण  मन्दिर अदि स्थानमा भक्तजनको चहल पहल बढेको छ । यस अवसरमा  बिर्तामोड-३ गौरवती सतानुसिंह राजबंशी स्मृति प्रतिष्ठान सतानुबारी सैनिक मोड, श्रीकृष्ण प्रणामी सत्सङ्ग परिषद गरामनी गोलधाप शाखा  बिर्तामोड-१० सैनिक बजार, मनकामना कृतन मण्डली बिराटपोखर बिर्तामोड ९-१०,बिश्व हिन्दु महासंघ झापाजिल्ला शाखा बिराटपोखर बिर्तामोड-३,नवदुर्गा कृतन मण्डली बिर्तामोड-१० बिराटपोखर द्वारा बिभिन्न कार्यक्रमको आयोजना गरिएको हो। गौरवती सतानुसिह राजबंशी स्मृत्ति प्रतिष्ठानका कोषाध्यक्ष रण बहादुर राजवशीले प्रतिष्ठान भवनको मन्दिरमा बिजुली बत्तिले झलमल्ल पारि बेलुकी पूजा अर्चना गरि जन्माष्टमी मनाईने भएको हो। प्रतिष्ठानका संस्थापक तथा अजीवन अध्यक्ष गौरवती राजबेशीको निधन भएको बर्षदिन नपुगेकोले अन्य कार्यक...

एमालेको कारण नाम राख्न ढिलाई-सामाजिक बिकाश मन्त्री राई

Image
  भदौ ३,झापा बिर्तामोड । प्रदेस न. १ का सामाजिक विकास मन्त्री राजन राईले नेकपा एमालेका कारण प्रदेसको नामाकरण गर्ने अवसर गुम्दै गएको बताउनु भएको छ । उहाँले एमालेले पहिचानको मुद्दामा ढुल्मुले चरित्र प्रकट गरेको र प्रदेसको नामाकरण गर्न तत्परता नदेखाएको बराउनु भयो ।  नेकपा एकीकृत समाजवादी पार्टी निकट नेपाल किराँत राई संघ र नेपाल लिम्बू संघको केन्द्रीय भेलालाई सम्बोधन गर्दै भन्नुभयो, आदिवासी जनजातिले पुर्वमा धेरै रगत बगाएको र क्रान्तिको नेतृत्व गरेकोले अब समाजवाद प्राप्त गर्न लाग्नु पर्छ । उहाँले केपी ओलीले संसद बिगठनदेखि पार्टी फुटाउने खेल खेलेका कारण पार्टीवाट बिद्रोह गर्नु परेको उल्लेख गर्नु भयो ।  ओलीले कम्युनिस्ट पार्टी सक्ने खेल खेलेको उल्लेख गर्दै भन्नुभयो, ओलीले विवेक नगुमाएको भए यो दिन आउने थिएन ।  केन्द्रीय भेलाले नेपाल किराँत राई संघ र नेपाल लिम्बु संघ, नेपाल मेचे संघको केन्द्रीय समिति घोषणा गरिएको थियो । भेलाले किराँत राई संघको अध्यक्षमा केसर चाम्लिङ राई, लिम्बू संघको केन्द्रीय अध्यक्षमा काजीमान पङ्धाक र मेचे संघको अध्यक्षमा भोलानाथ मेचेलाई चयन गरेको छ । ...

फोनिज बाट तीन जना पत्रकार पुरस्कृत हुने

Image
बिर्तामोड,२४ साउन  । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) झापा शाखाले स्थापना गरेको डिकमान सुनुवार बिरही स्मृती बर्ष उत्कृस्ट पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार भीमा शिवाकोटीलाई प्रदान गर्ने भएको छ । पुर्व अध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा गठन भएको पांच सदस्यीय पुरस्कार छनौट समितिको निर्णय अनुसार शाखाका अध्यक्ष भूमिका लिम्बु फियाकको अध्यक्षतामा आज सम्पन्न बैठकले उक्त पुरस्कारबाट शिवाकोटीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । बिगत २०५९ सालदेखि कंचनजंघा एफएममा कार्यरत शिवाकोटी नेपाल पत्रकार महासंघ झापाको पुर्व उपाध्यक्ष तथा नारी सञ्चार गृह झापाको अध्यक्ष समेत हुन् । आगामी साउन २७ गते महासंघको २३ औं स्थापना दिवसको सन्दर्भमा प्रदान गरिने उक्त पुरस्कारको राशी नगद २५ हजार रुपैंया सहित ताम्रपत्र रहेको छ । त्यसैगरी उदयीमान पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय एपिवान टेलिभिजनका झापा सम्बाददाता बिष्णु श्रेष्ठ र रेडियो झापाकी कार्यक्रम प्रस्तोता गंगा माया बेघा लिम्बूलाई पुरस्कृत गर्ने निर्णय गरेको छ . उक्त पुरस्कारको राशी जनही पांच हजार सहित प्रसंशा पत्र रहेको छ । २०६६ सालमा स्थापना भ...

रहेनन् बिराटपोखरका सामाजिक ब्याक्तित्व चुडाल

Image
  श्रावण ,२३ झापा बिर्तामोड,बिराटपोखरका सामाजिक ब्यातित्व भिष्म चुडालको निधन भएको छ । गए राती ८:३० बजे काठमाण्डौमा निधन भएको हो। उहाँको आजै बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ । बिर्तामोड १० बिराटपोखरमा बस्दै आएका चुडाल एक सामाजिक ब्याक्तित्वको रुपमा परिचित थिए। यहाँका बासिन्दाले सफल सामाजिक ब्यात्तित्वको रुपमा लिएका थिए। २०१७ सालमा जन्मिएका चुडाल  काठमाडौंमा  रहदै हिमालयन बैंक, रेडियो नेपाल ,बिभिन्न बित्तिय संस्था साथै नेपाली कांग्रेससंग आवद्ध रहनु भएको उहाँको निजि निबास बिराटपोखरमा रहेको साना किसान लघुबित्तका मेनेजर बिरेन्द्र बहादुर शाहीले जानकारी गराए । श्रावण ६ गते बिहान काठमाण्डौमा बैंकमा गएको बेला अकस्मात लडेर टाउकोमा चोट र अचेत भएका थिए। त्यसपछि लगातार नर्भिक हस्पिटलमा भेन्टिलेटरमा उहाँको उपचार भैरहेको चुडालका भाई हरि चुडालले केही दिन अघि जानकारी  गराएका थिए। चुडाल झापाबाट केहीदिन अघि काठमाण्डौं गएका हुन् । चुडालका १ श्रीमति अनिता दुई छोरा अनिश, मनिष ,१ बुहारी प्राथना रहेका छन् । उहाँको अन्त्येष्टि काठमाण्डौमा गरिए पनि अन्य कर्म...

बिर्तामोडको फोहोर नउठेकोमा बिर्तामोडमा गुनासो

Image
  सुरेश आले "सर्जु" श्रावण १९,झापा बिर्तामोड शनिश्चरेरोडमा थुप्रिएको फोहोर बिर्तामोड,बिर्तामोडको फोहोर नउठ्नाले बिर्तामोड दुर्गन्धित बनेको छ। केही दिनदेखि  बिर्तामोडको फोहोर नउठेको हो। बिर्तामोड बजार चोक र गल्लीमा थुप्रिएको फोहोरले दुर्गन्धित बनेको बिर्तामोडबासीको गुनासो बढेको र हिडडुल गर्न र हैजा फैलन सक्ने भन्दै उनीहरुले मासिक रुपमा रु २०० प्रति घर फोहोर उठाउनेलाई पैसा तिरेको पनि बताएका छन् । श्रावण १ गते देखि नै फोहोर उठाउने काम बन्द भएको पनि उनीहरूले बताए । फोहोर संकलन गर्न  साईरन बजाउदै हिड्ने ट्याक्टर समेत यतिखेर नगरपालिकाको यन्त्र भण्डारण स्थलमा ट्रलीमा फोहोर सहित थन्किएको छ । बिर्तामोड बजार लगायत आसपासका क्षैत्रमा समेत फोहोर उठेको छैन। बिर्तामोडको फोहोर उठाउने कार्य निराकार सरसफाईले गर्दै आएको थियो। थन्किएको फोहोर उठाउने ट्याक्टर उता बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा बिर्तामोड वडा न.१ का वडा अध्यक्ष अग्नि प्रसाद पाण्डेले पुरानो फोहोर ब्यवस्थपन स्थलको संझौता सकिएको र नयाँ ठाउँको खोजी भैरहेको र अब केही दिनपछि ब्यबस्थित गर्ने नगरको योजन रहेको बताएका छन्।  ...

श्रावणको महिना र निराकार परमात्मा शिव

Image
  निराकार परमात्मा शिव श्रावण १८,झापा  सुरेश आले "सर्जु"  बिर्तामोड,श्रा वण महिनाको यस पावन पर्बमा हामीले यो जान्न जरूरी छ कि शिव को हुन् र परमात्मा शिवलाई आफ्नो जीवनमा कसरी आत्मासात गर्ने । यसको लागि परमात्माको सत्य ज्ञानको आवश्यकता पर्छ । हामी जब परमात्माको कुरा गर्छौ तब शंकरजीको एक प्रतिमा अगाडी आउँछ। अधिकतम मानिसहरु शिवजी र शंकरजी लाई एकै स्वरूपमा बर्णन गर्छन् तर त्यसो होइन शिवको अर्थ कल्याणकारी र शंकरजीको अर्थ बिनाशकारीसंङ्ग जोडिएको छ । त्यसैले दुबैको अर्थ एक हुन सक्दैन। परमात्मा शिव निराकार ज्योति स्वरूप हो। र उनैको प्रतिक शिवलिंग हो। जब की शकरजी एक साक्षत देवता हुन् । जब हामी शिवको मन्दिरमा जान्छौ शिवलिंगमा बेलपत्र,धतुरा,ओक चढाउछौ । भनिन्छ पमात्माको तीन स्वरूप छन् । ब्रम्हाबाट नयाँ श्रृष्टी बिष्णुद्वारा पालन तथा शंकरद्वारा पुरानो श्रृष्टी बिनाश । यो तीन कर्तब्य परमात्माको हो। मन्दिर अथवा फोटोको स्वरूपको प्रतिमाको आधारमा हामी परमात्मालाई समझने गर्छौ । साथसाथै परमात्माको स्वरूप निराकार पनि हो । प्रतिमा र तस्बिरको भावमा परमात्मा पहिचान माध्यम हो । तर परमात्माको ब...