मन्दिरमा घण्टी झुण्ड्याउने समाजसेवी सूर्यनारायण
![]() |
गौरवती सतानुसिंह राजबंशी स्मृति प्रतिष्ठान हनुमान मन्दिरमा सूर्यनारायण राजवंशी |
सुरेश आले "सर्जु" झापा
![]() |
प्रतिष्ठानको शिव मन्दिरमा आफूले प्रदान गरेको घण्टी संग सूर्य नारायण |
बिर्तामोड-३ सतानुबारी सैनिकमोड निवासी सूर्य नारायण राजबंशी त्यत्ति ठूला दानवीर होइन भन्छन् । समाजलाई सानो सहयोग गर्ने इच्छा मुताबिक मन्दिर समितिको अनुरोध र आग्रहलाई स्विकार्दै र कतिपय मन्दिरमा आफैले पनि प्रस्ताव गरेर उनले आफू बसोबास गरेको स्थान वरपरका मन्दिरहरुमा ०६४ सालदेखि निजी लगानीमा घण्टी झुण्ड्याउने कार्यमा अग्रसर छन् । बि.स.०६४ सालमा सतानुबारी सैनिकमोडको बिर्तामोड -३ गौरवती सतानुसिंह राजबंशी स्मृति प्रतिष्ठान भित्रको हनुमान, राधाकृष्ण, शिव मन्दिर प्रत्येकमा १-१ वटा घण्टी राखिदिएका थिए। त्यो उनको मन्दिरमा घण्टी राखिदिने पहिलो प्रयास हो। त्यस पश्चात क्रमश: उनले बिश्व हिन्दु महासंघ बिराटपोखरी बिर्तामोड-३ को बिराटपोखरी स्थित ज्योर्तिलिङ्ग पाञ्चायन पंचमूखी शिव मन्दिरमा, देवी पाञ्चायन काली मन्दिर बिर्तामोड-९ नरियाबारीमा, ग्रामकाली मन्दिर बिर्तामोड-३ आफन्तटोलमा घण्टी राखिदिएका हुन्। सानो ठूलो आफ्नो प्रयासले मन्दिरहरूमा घण्टी झुण्ड्याईदिने उनको यो ईच्छा बढ्दै जादैछ । अन्य मन्दिरहरुमा यस्तो प्रस्ताव आईरहेको पनि उनी सुनाउछन् र आफू सो कार्यमा तत्पर रहेको बताए।
![]() |
विराटपोखरी स्थित पंचमुखी ज्योर्तिलिङ्ग . मन्दिरमा सूर्य नारायणद्वारा प्रदान गरिएको घण्टी |
बिश्व हिन्दु महासंघ झापा शाखा बिराटपोखरीका अध्यक्ष मोहन उप्रेतीले सूर्यनारायणको सहयोगको प्रशंशा गरेकाछन् र सम्मान स्वरूप उनलाई सार्बजानिक कार्यक्रम गरिएको समयमा दोसल्ला ओढाएर सम्मान गरिएको पनि बताए। त्यसै गरि देवी पाञ्चायन मन्दिर र ग्रामकाली मन्दिरको तर्फबाट पनि सूर्यनारायण राजबंशीलाई समाजसेवीको रुपमा सम्मान गरिएको देवी पाञ्चायन मन्दिर समितिका उपाध्यक्ष रबिन बुढाथोकीले र ग्रामकाली मन्दिर समितिका उपाध्यक्ष त्रिलोचन आचार्यले जानकारी दिए। त्यति मात्र होइन उनले अन्य धार्मिक कार्यमा समेत सहयोग गर्ने गरेका छन् । त्यसै गरि गौरवती सतानुसिंह राजवंशी स्मृति प्रतिष्ठानका कोषाध्यक्ष रण बहादुर राजबंशीले पनि उहाँले देखाउनु भएको सामाजिक सद्भावको प्रशंसा गरेका छन् ।
![]() |
नरियाबरी स्थित पाञ्चायन देबी मन्दिरमा सूर्यनारायण राजबंशीले प्रदान गरेको घण्टी |
६५ वर्षका सूर्यनारायण श्रीमति उमा राजबंशी सहित बिर्तामोड-३ सतानुबारी सैनिकमोड सैनिक बजार जाने सडक खण्डमा सामान्य चिया नाश्ताको होटल संचालन गरि बसोबास गर्दैछन्।
Comments
Post a Comment