एमालेको कारण नाम राख्न ढिलाई-सामाजिक बिकाश मन्त्री राई

 


भदौ ३,झापा
बिर्तामोड । प्रदेस न. १ का सामाजिक विकास मन्त्री राजन राईले नेकपा एमालेका कारण प्रदेसको नामाकरण गर्ने अवसर गुम्दै गएको बताउनु भएको छ । उहाँले एमालेले पहिचानको मुद्दामा ढुल्मुले चरित्र प्रकट गरेको र प्रदेसको नामाकरण गर्न तत्परता नदेखाएको बराउनु भयो । 

नेकपा एकीकृत समाजवादी पार्टी निकट नेपाल किराँत राई संघ र नेपाल लिम्बू संघको केन्द्रीय भेलालाई सम्बोधन गर्दै भन्नुभयो, आदिवासी जनजातिले पुर्वमा धेरै रगत बगाएको र क्रान्तिको नेतृत्व गरेकोले अब समाजवाद प्राप्त गर्न लाग्नु पर्छ ।

उहाँले केपी ओलीले संसद बिगठनदेखि पार्टी फुटाउने खेल खेलेका कारण पार्टीवाट बिद्रोह गर्नु परेको उल्लेख गर्नु भयो । 

ओलीले कम्युनिस्ट पार्टी सक्ने खेल खेलेको उल्लेख गर्दै भन्नुभयो, ओलीले विवेक नगुमाएको भए यो दिन आउने थिएन । 

केन्द्रीय भेलाले नेपाल किराँत राई संघ र नेपाल लिम्बु संघ, नेपाल मेचे संघको केन्द्रीय समिति घोषणा गरिएको थियो । भेलाले किराँत राई संघको अध्यक्षमा केसर चाम्लिङ राई, लिम्बू संघको केन्द्रीय अध्यक्षमा काजीमान पङ्धाक र मेचे संघको अध्यक्षमा भोलानाथ मेचेलाई चयन गरेको छ । 

सो भेलालाई पार्टी केन्द्रीय सदस्य शारदा शर्मा घिमिरे, जनजाति महा संघका महासचिव चन्द्र तामाङ, पार्टी तेह्रथुम जिल्ला कमिटी अध्यक्ष कृष्ण चोङ्वाङ, जनजाति महासघका उप महासचिव बज्रकुमार राई, पार्टी झापा जिल्ला अध्यक्ष वेदराज रेग्मीले मन्तब्य राख्नु भएको पार्टी जिल्ला प्रचार बिभाग प्रमुख तीर्थ सिग्देलले जानकारी गराउनु भयो ।


Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते