रहेनन् बिराटपोखरका सामाजिक ब्याक्तित्व चुडाल

 

श्रावण ,२३ झापा

बिर्तामोड,बिराटपोखरका सामाजिक ब्यातित्व भिष्म चुडालको निधन भएको छ । गए राती ८:३० बजे काठमाण्डौमा निधन भएको हो। उहाँको आजै बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

बिर्तामोड १० बिराटपोखरमा बस्दै आएका चुडाल एक सामाजिक ब्याक्तित्वको रुपमा परिचित थिए। यहाँका बासिन्दाले सफल सामाजिक ब्यात्तित्वको रुपमा लिएका थिए।

२०१७ सालमा जन्मिएका चुडाल  काठमाडौंमा रहदै हिमालयन बैंक, रेडियो नेपाल ,बिभिन्न बित्तिय संस्था साथै नेपाली कांग्रेससंग आवद्ध रहनु भएको उहाँको निजि निबास बिराटपोखरमा रहेको साना किसान लघुबित्तका मेनेजर बिरेन्द्र बहादुर शाहीले जानकारी गराए ।

श्रावण ६ गते बिहान काठमाण्डौमा बैंकमा गएको बेला अकस्मात लडेर टाउकोमा चोट र अचेत भएका थिए। त्यसपछि लगातार नर्भिक हस्पिटलमा भेन्टिलेटरमा उहाँको उपचार भैरहेको चुडालका भाई हरि चुडालले केही दिन अघि जानकारी  गराएका थिए। चुडाल झापाबाट केहीदिन अघि काठमाण्डौं गएका हुन् ।

चुडालका १ श्रीमति अनिता दुई छोरा अनिश, मनिष ,१ बुहारी प्राथना रहेका छन् । उहाँको अन्त्येष्टि काठमाण्डौमा गरिए पनि अन्य कर्म भने झापा बिराटपोखरमा गरिने जनाईएको छ ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते