बिर्तामोडको फोहोर नउठेकोमा बिर्तामोडमा गुनासो

 

सुरेश आले "सर्जु"
श्रावण १९,झापा

बिर्तामोड शनिश्चरेरोडमा थुप्रिएको फोहोर

बिर्तामोड,बिर्तामोडको फोहोर नउठ्नाले बिर्तामोड दुर्गन्धित बनेको छ। केही दिनदेखि  बिर्तामोडको फोहोर नउठेको हो।

बिर्तामोड बजार चोक र गल्लीमा थुप्रिएको फोहोरले दुर्गन्धित बनेको बिर्तामोडबासीको गुनासो बढेको र हिडडुल गर्न र हैजा फैलन सक्ने भन्दै उनीहरुले मासिक रुपमा रु २०० प्रति घर फोहोर उठाउनेलाई पैसा तिरेको पनि बताएका छन् । श्रावण १ गते देखि नै फोहोर उठाउने काम बन्द भएको पनि उनीहरूले बताए । फोहोर संकलन गर्न  साईरन बजाउदै हिड्ने ट्याक्टर समेत यतिखेर नगरपालिकाको यन्त्र भण्डारण स्थलमा ट्रलीमा फोहोर सहित थन्किएको छ । बिर्तामोड बजार लगायत आसपासका क्षैत्रमा समेत फोहोर उठेको छैन। बिर्तामोडको फोहोर उठाउने कार्य निराकार सरसफाईले गर्दै आएको थियो।

थन्किएको फोहोर उठाउने ट्याक्टर

उता बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा बिर्तामोड वडा न.१ का वडा अध्यक्ष अग्नि प्रसाद पाण्डेले पुरानो फोहोर ब्यवस्थपन स्थलको संझौता सकिएको र नयाँ ठाउँको खोजी भैरहेको र अब केही दिनपछि ब्यबस्थित गर्ने नगरको योजन रहेको बताएका छन्।  बिर्तामोड नगर उपप्रमुख तथा फोहोर ब्यवस्थापन कार्यदल संयोजक नगेन्द्र संग्रौलले समेत  बिभिन्न संचार माध्यमलाई यही कुरा भनिरहेका छन् ।

संझौता सकिनु अघि नै फोहोर ब्यबस्थापनको पहल गरिनु पर्थ्यो भन्दै बिर्तामोडबासीले नगर जनप्रतिनिधिहरुको आलोचना समेत गरेका छन्। नगरपालिका भने अझै फोहोर ब्यबस्थापन स्थलको खोजीमा लागेको छ ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन