श्रीकृष्ण जन्माष्टमी मनाईयो

गौरवती सतानुसिंह राजबंशी स्मृति प्रतिष्ठान
सुरेश आले "सर्जु"
भाद्र ३,झापा

 बिर्तामोड श्रीकृष्ण जन्मअष्टमी मनाईयो । ज्ञान भक्ति र कर्मयोगका उन्नायक श्रीकृष्णको जन्म भाद्र शुल्क अस्टमी तिथिमा पर्दछ। यसै अवसरमा श्रीकृष्ण जन्मअष्टमी पर्ब मनाईएको हो। बिहानै देखि बिभिन्न मठ मन्दिरहरुमा कृष्ण  मन्दिर अदि स्थानमा भक्तजनको चहल पहल बढेको छ । यस अवसरमा  बिर्तामोड-३ गौरवती सतानुसिंह राजबंशी स्मृति प्रतिष्ठान सतानुबारी सैनिक मोड, श्रीकृष्ण प्रणामी सत्सङ्ग परिषद गरामनी गोलधाप शाखा  बिर्तामोड-१० सैनिक बजार, मनकामना कृतन मण्डली बिराटपोखर बिर्तामोड ९-१०,बिश्व हिन्दु महासंघ झापाजिल्ला शाखा बिराटपोखर बिर्तामोड-३,नवदुर्गा कृतन मण्डली बिर्तामोड-१० बिराटपोखर द्वारा बिभिन्न कार्यक्रमको आयोजना गरिएको हो।

गौरवती सतानुसिह राजबंशी स्मृत्ति प्रतिष्ठानका कोषाध्यक्ष रण बहादुर राजवशीले प्रतिष्ठान भवनको मन्दिरमा बिजुली बत्तिले झलमल्ल पारि बेलुकी पूजा अर्चना गरि जन्माष्टमी मनाईने भएको हो। प्रतिष्ठानका संस्थापक तथा अजीवन अध्यक्ष गौरवती राजबेशीको निधन भएको बर्षदिन नपुगेकोले अन्य कार्यकम भने  नगरिने जानकारी गराए । श्रीकृष्ण प्रणामी सत्सङ्ग परिषद सैनिक बजारमा बेलुकी ७ देखि १२ बजे सम्म श्री कृष्ण प्रकाट्य उत्सव मनाईने शाखा सदस्य प्रकाश चन्द्र बरालले जनकारी गराए। त्यसैगरि मनकामना कृतन मण्डली र नवदुर्गा कृतन मण्डली बिराटपोखरले अषाढ र श्रावणको लागि रोकिएको सदस्यको घरमा लगाईने भजन कृतन आजै श्रीकृष्ण अष्टमी देखि शुरू गरिएको मनकामना कृतन मण्डली उपाध्यक्ष नबिन सेढाई र  नवदुर्गा कृतन मण्डली सदस्यहरुले जानकारी गराए। 

मनकामना कृतन मण्डली

बिश्व हिन्दु महसंघ जिल्ला शाखा बिराटपोखरमा समेत बिभिन्न भजन कृतन सहित श्री कृष्ण जन्माष्टमी पर्ब मनाईने त्यंहा स्थित पंचमूखी बजरंङ्गबली कृतन मण्डली अध्यक्ष राधिका संग्रौलाले जानकारी गराईन् ।

 श्री कृष्णको जन्म मथुरा स्थित कारागारमा आमा देवकी र बुबा बासुदेवको कोखबाट आठौँ पुत्र रत्नको रुपमा जेलमा भाद्र शुक्ल अष्टमी तिथीमा भएको मानिन्छ ।

श्री मदभागवत गीतामा उनका बिचार र चिन्तन मुखरित छन्। कर्म गर फल प्रति बढी आशक्ति नहोउ भन्ने उनको ज्ञान समग्र मानव जातिको हितमा रहेको पाईन्छ।




Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते