सैनिकको भरोसा रूप नारायण सरको निधन


भाद्र ४, झापा

बिर्तामोड,महेन्द्र ज्योति  मा. बि. पूर्व शिक्षक रुपनारायण मुखियाको निधन भएको छ। आज बिहान ५ बजे निधन भएको हो।

२००९ साल ८ महिना १ गते जन्मिएका मुखिया महेन्द्र ज्योति मा. बि. बिर्तामोड १० सैनिक बजारका पूर्व शिक्षक., सिर्दाथ शिक्षा सदन ईगंलिस स्कूलका  प्रिन्सिपल , सैनिक बजार ब्यवस्थापन समिति पूर्व अध्यक्ष  , सैनिक स्मारक सचिव  ,सैनिक सेवा समाज सचिव  ,जनजाति महासंघ सह सचिव  , सुनुवार सेवा समाज सचिव साथै  बिभिन्न सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो ।

उनका नाती असिम मुखिया र भाउजु मनु  मुखियाका अनुसार बिहान ३:३० बजे बाथरूम गएका बेला अस्वस्थ भएका थिए त्यस पश्चात बिर्ता सिटि  हस्पिटल ४:५० बजे पुरयाईएकोमा चिकित्सकले परिक्षण पश्चात ५: ००  बजे निधन भएको पुष्टी गरेको जनाएका छन्।

उनका ४ छोरीहरु स्व. निलु मुखिया , मेनुका ,अनु र दिपा रहेका छन् भने श्रीमति अमृत मुखियाको पहिल्यै निधन भैसकेको छ।  बिर्तामोड १० सैनिक बजार निबासी मुखियाको छोरीहरु बाहिर रहेका आएपछि आजै दाहसंस्कार गरिने जनाईएको छ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति