श्रावणको महिना र निराकार परमात्मा शिव

 

निराकार परमात्मा शिव

श्रावण १८,झापा 
सुरेश आले "सर्जु"

 बिर्तामोड,श्रावण महिनाको यस पावन पर्बमा हामीले यो जान्न जरूरी छ कि शिव को हुन् र परमात्मा शिवलाई आफ्नो जीवनमा कसरी आत्मासात गर्ने । यसको लागि परमात्माको सत्य ज्ञानको आवश्यकता पर्छ । हामी जब परमात्माको कुरा गर्छौ तब शंकरजीको एक प्रतिमा अगाडी आउँछ। अधिकतम मानिसहरु शिवजी र शंकरजी लाई एकै स्वरूपमा बर्णन गर्छन् तर त्यसो होइन शिवको अर्थ कल्याणकारी र शंकरजीको अर्थ बिनाशकारीसंङ्ग जोडिएको छ । त्यसैले दुबैको अर्थ एक हुन सक्दैन।

परमात्मा शिव निराकार ज्योति स्वरूप हो। र उनैको प्रतिक शिवलिंग हो। जब की शकरजी एक साक्षत देवता हुन् । जब हामी शिवको मन्दिरमा जान्छौ शिवलिंगमा बेलपत्र,धतुरा,ओक चढाउछौ । भनिन्छ पमात्माको तीन स्वरूप छन् । ब्रम्हाबाट नयाँ श्रृष्टी बिष्णुद्वारा पालन तथा शंकरद्वारा पुरानो श्रृष्टी बिनाश । यो तीन कर्तब्य परमात्माको हो।

मन्दिर अथवा फोटोको स्वरूपको प्रतिमाको आधारमा हामी परमात्मालाई समझने गर्छौ । साथसाथै परमात्माको स्वरूप निराकार पनि हो । प्रतिमा र तस्बिरको भावमा परमात्मा पहिचान माध्यम हो । तर परमात्माको बास्तबिक रूप पहिचान गरि बास्तबिक स्वरूप के के हो त्यो पहिचान गर्न जरूरी छ ।

अब हामी परमात्माका बारेमा जानौ । मार्ग तय गरौं । परमात्मा प्रति प्यार दर्शाऔं । हामी परमात्माका सत्य निराकार दिब्य ज्योतिबिन्दु स्वरूप जानौं आफ्नो अंतरात्मा  उनीसंग जोडौं। ध्यानको माध्यमबाट हामी आफनो जीवनको अनुभव बुझौं । परमात्मा ज्ञान राजयोग ध्यानबाट जीवन समाज प्रकृति तथा बिश्वलाई सुखमय बनाऔं तब हामो पबित्र श्रावण महिना अझ  पबित्र बन्छ।


Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते