श्रावणको महिना र निराकार परमात्मा शिव

 

निराकार परमात्मा शिव

श्रावण १८,झापा 
सुरेश आले "सर्जु"

 बिर्तामोड,श्रावण महिनाको यस पावन पर्बमा हामीले यो जान्न जरूरी छ कि शिव को हुन् र परमात्मा शिवलाई आफ्नो जीवनमा कसरी आत्मासात गर्ने । यसको लागि परमात्माको सत्य ज्ञानको आवश्यकता पर्छ । हामी जब परमात्माको कुरा गर्छौ तब शंकरजीको एक प्रतिमा अगाडी आउँछ। अधिकतम मानिसहरु शिवजी र शंकरजी लाई एकै स्वरूपमा बर्णन गर्छन् तर त्यसो होइन शिवको अर्थ कल्याणकारी र शंकरजीको अर्थ बिनाशकारीसंङ्ग जोडिएको छ । त्यसैले दुबैको अर्थ एक हुन सक्दैन।

परमात्मा शिव निराकार ज्योति स्वरूप हो। र उनैको प्रतिक शिवलिंग हो। जब की शकरजी एक साक्षत देवता हुन् । जब हामी शिवको मन्दिरमा जान्छौ शिवलिंगमा बेलपत्र,धतुरा,ओक चढाउछौ । भनिन्छ पमात्माको तीन स्वरूप छन् । ब्रम्हाबाट नयाँ श्रृष्टी बिष्णुद्वारा पालन तथा शंकरद्वारा पुरानो श्रृष्टी बिनाश । यो तीन कर्तब्य परमात्माको हो।

मन्दिर अथवा फोटोको स्वरूपको प्रतिमाको आधारमा हामी परमात्मालाई समझने गर्छौ । साथसाथै परमात्माको स्वरूप निराकार पनि हो । प्रतिमा र तस्बिरको भावमा परमात्मा पहिचान माध्यम हो । तर परमात्माको बास्तबिक रूप पहिचान गरि बास्तबिक स्वरूप के के हो त्यो पहिचान गर्न जरूरी छ ।

अब हामी परमात्माका बारेमा जानौ । मार्ग तय गरौं । परमात्मा प्रति प्यार दर्शाऔं । हामी परमात्माका सत्य निराकार दिब्य ज्योतिबिन्दु स्वरूप जानौं आफ्नो अंतरात्मा  उनीसंग जोडौं। ध्यानको माध्यमबाट हामी आफनो जीवनको अनुभव बुझौं । परमात्मा ज्ञान राजयोग ध्यानबाट जीवन समाज प्रकृति तथा बिश्वलाई सुखमय बनाऔं तब हामो पबित्र श्रावण महिना अझ  पबित्र बन्छ।


Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन