बिराटपोखरीमा पूजाका साथ नृत्य प्रतियोगिता

नृत्यमा बिजेता टिम सहित

भदौ १४, झापा
बिर्तामोड

 बिर्तामोड,बिराट सरोबर बहुउदेश्यीय बिकास समितिले पूजा साथै नृत्य प्रतियोगिता आयोजना गरेको छ । हरितालिका ब्रतको दिन आज  बिर्तामोड-३ स्थित एतिहासिक तथा धार्मिक बिराटपोखरीमा कार्यक्रम आयोजना गरिएको हो। त्यस स्थानमा धार्मिक पर्वमा बिभिन्न कार्यक्रम हुदै आएको छ ।

समितिका अध्यक्ष इन्द्र प्रसाईको अध्यक्षतामा सम्पन्न आजको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिका मेयर पबित्रा महतरा प्रसाई  बिर्तामोड-१० वडा अध्यक्ष दुर्योधन गुरुङ्ग, रासस झापा प्रमुख देबेन्द्र प्रसाई, बिराटपोखर महिला समूह अध्यक्ष कृष्णा प्रसाई, नव दुर्गा कृतन मण्डली  बिर्तामोड-१० उपाध्यक्ष कबिता गौतम, मनकामना कृतन मण्डली-९ अध्यक्ष नैनकला थापा,सिद्धिबिनायक कृतन मण्डली-१० उपाध्यक्ष गीता भण्डारी, उॅ कार कृतन मण्डली-३ उपाध्यक्ष त्रिलोचन आर्चाय, शिव कृतन मण्डली उपाध्यक्ष युवराज न्यौपाने, गायत्री कृतन मण्डली अध्यक्ष डिकराज धउराली ,बिराट सामाजिक यूथ क्लब अध्यक्ष, संचारकर्मी तिलक योञ्जन, तुलसी निरौला लगायतको उपस्थिति रहेको थियो ।

प्रमूख अतिथिले  कार्यक्रमको ब्यानर बाचन गरेर उद्घाटन गरिएको कार्यकममा प्रमुख अतिथि, वडा अध्यक्ष गुरुङ्ग लगायतले हरितालिका ब्रतको शुभकामना साथै आयोजक समितिलाई धन्यबाद  मन्तब्य ब्यक्त गर्नु भएको थियो। अध्यक्ष प्रसाईले यस्ता खाले कार्यकमले तीजको महत्व थप बढ्ने धारणा राख्नु भएको थियो । स्वागत मन्तब्य भने समितिका उपाध्यक्ष मन प्रसाद उप्रेतीले गरेका थिए ।

बिराटपोखरी स्थित शिव मन्दिरमा भएको सामूहिक पूजा पश्चात सोही कार्यक्रममा  नृत्य प्रतियोगितामा बिबाहित तर्फ भावना गजमेर,श्रृजना कडरिया संग्रौला, रन्जु सिटौला, अनुजा ओली र  अबिबाहित तर्फ दृष्टि मित्तल, तृषला खतिवडा, मनिषा क्षेत्री , निलिना श्रेष्ठ क्रमश प्रथम,दित्तिय, तृतिय र सान्तवना घोषणा भएका थिए। बिजयी नृत्यमा सहमागीहरुलाई अध्यक्ष प्रसाई, रासस झापा प्रमुख प्रसाई र निर्णायक मण्डलीले संयुक्त रुपमा प्रमाणपत्र,मायाको चिनो र नगद प्रदान  गर्नु भएको हो। प्रतियोगितामा २१ जना प्रतिष्पर्धीले भाग लिएको जनाईएको छ। कार्यक्रमको निर्णायकमा नृत्य प्रशिक्षकहरु निशा लिम्बू,नरेन तामाङ्ग,संजय श्रेष्ठ र युवराज लिम्बु रहेका थिए । औपचारिक कार्यक्रमको संचालन लिला अनमोलले संचालन गरेकी थिइन् भने नृत्य प्रतियोगिताको कार्यक्रमको संचालन भने भावना अधिकारी र लिला अनमोलद्वयले  संयुक्त रुपमा गर्नु भएकाे थियो।


Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला