हरितालिका ब्रतमा बिराटपोखरीमा कार्यक्रम हुने

 

धार्मिक तथा एतिहासिक बिराटपोखरी

भदौ १२,आईतबार
सुरेश आले "सर्जु" बिर्तामोड

बिराटपोखर,हरितालिका ब्रतको दिन बिराटपोखरीमा कार्यक्रम हुने भएको छ । बिराट सरोबर बहुउदेश्शीय समितिले कार्यक्रम आयोजना गर्न लागेको हो। यसको तयारी भैरहेको समितिले जानकारी गराएको छ ।

 हिन्दु नारीहरुको महान तीज ब्रतको दिन यही आउदो १४ गते मंगलबार कार्यक्रम आयोजना गर्न लागिएको हो। यसको लागि पोखरीमा रहेको शिव मन्दिर नजिकै मंच बनाईने र मन्दिरमा बिहान ७ बजे देखि १० बजे सम्म ब्रतालु भक्तजनको लागि पूजाको ब्यबस्था मिलाईने छ । साथै त्यसपछि ३ बजे सम्म भने प्रतियोगितात्मक नृत्य प्रतियोगिता सम्मान साथै पुरस्कार बितरण कार्यक्रम गरिने आयोजकले जनाएको हो। प्रतियोगितात्मक नृत्यको लागि बिबाहित र अबिबाहित महिलाहरुको लागि दुई बिघामा उत्कृष्टहरुलाई पुरस्कृत गरिने आयोजकले जानकारी गराएको छ । ब्रतको दिन महिला दिदी बहिनीहरुलाई थप उर्जा र घार्मिक सद्‌भाव प्राप्त होस भनि कार्यक्रम आयोजना गरिएको जनाइएको छ । अतिथिको लागि बिर्तामोड नगर पालिका प्रमूख मेयर  पबित्रा महतरा प्रसाई,उपमेयर नगेन्द्र संग्रौला, बिर्तामोड वडा न.३ वडा अध्यक्ष मदन बुढाथोकी लगायतमा औपचारिक पत्राचार गरि सकिएको समितिका सचिव पूनम प्रसाईले जानकारी गराए।

बिर्तामोड नगरपालिका  बिर्तामोड -३ स्थित घार्मिक तथा एतिहासिक बिराटपोखरीमा बिभिन्न धार्मिक अनुष्ठानहरूमा बिभिन्न कार्यक्रम आयोजना हुने गर्दछ । आउदो कार्यक्रम संचालन भने चर्चित साहित्यकार, संचारकर्मी तथा कार्यक्रम संचालिका लिला अनमोलले गर्ने भएकी छिन् ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते