बिर्तामोड ९ मा लाखे नांच बिधिवत समापन

 

कार्यक्रममा उपस्थित अतिथी

भाद्र ५, झापा
सुरेश आले "सर्जु"  

बिर्तामोड ,नेवा: देय् दवू बिर्तागोड ९ वडा समितिले लाखे नाच समापन गरेको छ । एक कार्यक्रम बिच ४ गते शनिबार बिर्तामोड ९ लखिबारी श्री भिमसेन मन्दिरमा यस बर्षको लाखे नांचलाई बिधिवत रुपमा समापन गरिएको हो।

 समितिका अध्यक्ष रत्न बहादुर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि  बिर्तामोड ९ वडा अध्यक्ष हरि प्रसाद चौलागाई बिशिष्ट अतिथिहरु नेवा: देय् दवूका प्रदेश १ अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ ,प्रदेश १ सदस्य ओम प्रकाश श्रेष्ठ , नगर अध्यक्ष  छत्र बहादुर श्रेष्ठ , बरिष्ठ उपाध्यक्ष रत्न कुमार श्रेष्ठ ,सचिव जीवन श्रेष्ठ, उपाध्यक्ष मूक्ति श्रेष्ठ समिति सदस्य तेज बहादुर श्रेष्ठ ४ न. अध्यक्ष रुबास श्रेष्ठको उपस्थिती रहेको थियो । साथै जनप्रतिनिधि बिर्तामोड वडा न.९ वडा सदस्य केशव कुमार बुढाथोकी सल्पना राजवंशी सहित राजवंशी बिकाश संस्था वडा न. ९ अध्यक्ष अर्जुन राजवंशी श्री भिमसेन मन्दिर निर्माण जग्गा दाता मदन श्रेष्ठ, किरात याक्थङ्ग चुम्लुङ्ग वडा न. ९ अध्यक्ष प्रेमकला बेघा सञ्चारकर्मी रत्न बहादुर बस्नेत साथै सुरेश आले "सर्जु" लगायतको पनि उपस्थिती रहेको थियो।

मन्तब्य राख्दै वडा अध्यक्ष चौलागाई

नेवा: देय् दवू ९ न.वडा सचिव डम्बर शेष्ठले स्वागत गर्नु भएको कार्यक्रममा स्थानिय जेष्ठ सदस्य ९९ बर्षिय पूर्ण बहादुर श्रेष्ठ  सञ्चारकर्मी रत्न बहादुर बस्नेत सुरेश आले "सर्जु" साथै श्री भिमसेन मन्दिर जग्गा दाता मदन श्रेष्ठलाई क्रमशः सम्मान पत्र नगद ,नगद  र मायोको चिनो सहित सम्मान र २० जना भन्दा बढी लाखे नांचमा सहभागी कलाकारहरुलाई प्रमाण पत्र बितरण र पुरस्कृत गरिएको थियो।

जेष्ठ सदस्य पूर्ण बहादुर श्रेष्ठ सम्मान पश्चात

कार्यकमका प्रमुख अतिथी चौलागाईले श्री भिमसेन मन्दिर लखिबारीलाई भौतिक  निर्माण र  संरक्षण स्वरूप वडाको तर्फबाट प्रकृया पुर्याई सहयोग स्वरूप रु. दुई लाख बजेट दिन सकिने बताउनु भयो । त्यस्तै कार्यक्रममा उपस्थित बक्ताहरुले यस बर्षको  लाखे नांच समापनको शुभकामना मन्तब्य राखेका थिए।

 सचारकर्मी सुरेश आले "सर्जु"

नेवा: देय् दवू बिर्तामोड नगर सल्लाहाकार  यज्ञ राज  श्रेष्ठले  संचालन गर्नु भएको कार्यकमको बिचमा लाखे ठाकठुके र नेवारी नृत्यको प्रश्तुति राखिएको थियो भने अन्त्यमा बिधिवत रुपमा लाखे नांच लाई पर्दशन पश्चात समापन गरिएको हो । लाखे नांच बिर्तामोड ९ मा श्रावण १७ गते नाग पञ्चमीको दिन सोही श्री भिमसेन मन्दिरबाट शुरु गरिएको आयोजक समितिबाट जानकारी गराईएको थियो।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते